
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गर्नुभयो । उहाँले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।…
१२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा । घडीमा बाह्र बज्नु प्राकृतिक नियम नै हो । तर यो दुनियाँमा एउटा यस्तो घडी छ जसमा कहिल्यै १२ बज्दैन । यो घडीमा किन बाह्र बज्दैन भन्ने कुरा थाहा पाउनुभयो भने तपाईं झनै अचम्ममा पर्नुहुनेछ । हो, स्विजरल्याण्डको सोलोथर्न सहरस्ति टाउन स्क्वाएरमा एउटा घडी छ ।…
सुनसरी, १८ जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नहडामा गोरु काट्ने ३ जना पक्राउ परेका छन् । शुक्रबार राती पौने १० बजेको समयमा वर्ष ३४ को मिना सेर्पाको घरमा बहर गोरु काटी भाग लगाउने क्रममा अस्थायी प्रहरी पोस्ट बाङ्गेबाट खटिएको प्रहरीको टोलीले घरधनी मिना सेर्पा, ,वर्ष २६ को आसिक राई र बर्ष ४७ को किलक राई समेत ३ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पाँचथर, १८ जेठ । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित कालिका माध्यमीक विधालयको शिक्षक वस्ने क्वाटर कोठामा आगलागी हुँदा २२ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो पौने १२ बजेको समयमा अचानक विधुत सर्ट भई आगोलागी हुँदा पक्कि गाह्रो टिनको छानो भएको ३ कोठे भवन भित्र रहेको फर्निचरको सम्पुर्ण सामान तथा भाडावर्तन, मोवाईल २ थान र नगद ८ हजार समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी चौकी प्राङवुङको प्रहरी टोली र अन्दाजी १०० जना स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
अमेरिकन फिल्म निर्माता तथा निर्देशक ज्याक स्नायडरको हलिउड फिल्म ‘आर्मी अफ द डेड’ मा बलिउड अभिनेत्री हुमा कुरेशी अनुबन्ध भएकी छन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहने भारतीय मिडियाले बताएका छन् । पहिलो हलिउड प्रोजेक्टलाई लिएर हुमा निकै उत्साहित छिन् । उनी भन्छिन्, ‘फिल्मको छायांकन सुरु हुने अब म प्रतिक्षा गर्न सक्दिनँ । म फिल्मलाई लिएर निकै एक्ससाइडेड छु ।’ यो फिल्ममा हुमा यसअघि कहिल्यै नदेखिएको भूमिकामा प्रस्तुत हुने चर्चा छ । तर, उनले आफ्नो भूमिकाबारे कुनै जानकारी दिएकी छैनन् । आर्मी अफ द डेडमा हुमासँगै एला पुर्नेल, एना डे ला रेगुएरा र थियो रासीलगायतका प्रख्यात हलिउड कलाकारहरुको पनि अभिनय…
काठमाडौँ, १८ जेठ । केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । “बङ्गालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,” उनले भने, “यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।” त्यो गह्रौँ आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन…
काठमाडौँ, १८ जेठ । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौँ, १८ जेठ । पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न…
काठमाडौँ, १८ जेठ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ । प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन ? अब ५, ६ दिन मात्रै चल्छ ।’ बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् । उनले एक कार्यक्रममा भने, ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार ५ वर्षै चल्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौँ, १८ जेठ । नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश फर्केका हुन् । ओलीले शुक्रबार बिहान भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएको र यसलाई थप उचाइमा लैजान ‘रचनात्मक सहकार्य’ गर्ने बताएका थिए । उनले सहकार्यप्रति खुसी व्यक्त गर्दै यही गतिमा सम्बन्ध अगाडि बढाउने आफ्नो चाहना पनि व्यक्त गरे। मोदीले प्रधानमन्त्री ओलीसमक्ष आतंकवादविरुद्ध जुटेर सहकार्य गर्दै समृद्धिमा अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनले यस क्षेत्रबाट आतंकवाद…