झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २१ जेठ । सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् । विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो कृष्ण दंगाल । उनी हाल स्पेनको पाइसभास्को राज्यको प्रोभेन्सियाको बिलवाउमा बस्दै आएको बुझिएको छ । विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी…

Read More

काठमाडौँ, २१ जेठ । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको छ । दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा अध्यक्ष हुने अभिव्यक्ति दिएपछि नेताहरु पक्ष र विपक्षमा बाँडिएका हुन् । समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्वमाओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्वएमाले समूहमा भने दाहालको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ । पार्टीभित्र ‘बहुकेन्द्र’ सिर्जना गर्न नहुने पार्टी सचिवालय सदस्यसमेत रहेका नेता ईश्वर पोखरेलको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २१ जेठ । यातायात सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै सरकारले व्यवसायीलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने समयसीमा तोके बमोजिम नेपालका सबै ठूला यातायात सङ्घ र महासङ्घ विधिवत् रूपमा कम्पनीमा दर्ता भएका छन् । अहिलेसम्म नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग आवद्ध ११४ वटा सार्वजनिक यातायात व्यवसायी कम्पनीमा दर्ता भएका हुन् । यसरी दर्ता हुनेमा पश्चिम नेपाल बस व्यवसायी सङ्घ, नारायणी यातायात व्यवसायी समिति जस्ता पूर्व तथा पश्चिम क्षेत्रमा काम गर्दै आएका ठूला व्यवसायी समिति छन् । सङ्घ संस्था दर्ता ऐन २०३४ अन्तर्गत सञ्चालन हुँदै आएका यस्ता यातायात सङ्घ तथा समितिलाई कम्पनीमा ल्याउन सरकारले ऐन संशोधन गरी जेठ १८ गतेसम्मको समयसीमा तोकेपछि…

Read More

काठमाडौँ, २० जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले हालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन सच्याउन माग गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश लामाले आज विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनले अपाङ्गता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आयोगले निकालेको नौ हजार १६१ पदको विज्ञापनमा तीन जनालाई मात्र आरक्षण गरेकाले ऐनअनुसार आरक्षणको व्यवस्था गरी विज्ञापन सच्याउन माग गरेको हो । ‘स्थानीय तहमा तीन जना मात्र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, नेपालको संविधान २०७२ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को उल्लङ्घन भएको छ’, विज्ञप्तिमा भनिएको…

Read More

भद्रपुर, २० जेठ । भद्रपुर ८ स्थित भानु आभारभूत विद्यालयले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई पोषाक तथा पुरस्कार वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिस जोशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई पोषाक तथा उत्कृष्ट विद्यार्थीलाइ पुरस्कार वितरण गरिएको हो । विद्यालयकी प्रधानअध्यापक चन्द्रकला कार्कीले वार्षिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा भद्रपुर ८ का अध्यक्ष गौरव सुब्बा मनोज, शिक्षासेवी घनेन्द्र शर्मा, विदुर अंग्रेजी माविकी प्राचार्य मनीदेवी भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समेत गरेका थिए ।

Read More

बिर्तामोड, २० जेठ । लायन्स क्लब अफ बिर्तामोड सिटीको अगुवाईमा सोमबार बिर्तामोडमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थापनाअघि नै समाजसेवामा सक्रिय रहेको क्लबले आधिकारिक स्थापनाको छ महिनामै उपलब्धिमुलक अभिमुखीकरण कार्यक्रम गर्न सफल भएको छ । ’नयाँ क्लब ओरेन्टेसन प्रोग्राम’ नाम दिइएको कार्यक्रममा आयोजक क्लबका साथै लायन्सका आधा दर्जन क्लबका पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा कनकाई सुरुङ्गा, अनारमनी तथा प्रस्तावित क्लबहरु मेचीनगर, अर्जुनधारा, बिर्तामोड लेडी क्लबका सदस्यको उल्लेख्य सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा लायन्सका सदस्यहरुलाई इतिहास, संगठनात्मक जानकारी र सेवालगायत विषयका बारेमा प्रस्ट पारिएको थियो । कार्यक्रममा ४५ जना लायन्स सदस्यहरुको सहभागिता रहेको थियो…

Read More

द्रोण अधिकारीभद्रपुर, २० जेठ । भद्रपुर नगर नेतृत्व मनोमानी ढंगले चलेपछि कार्यपालिकाका सदस्यको अधिकारमाथि अतिक्रमण भएको भन्दै दुई जना वडाध्यक्षले आपत्ति जनाएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष गौरब सुब्बा मनोज र बन्धु कार्कीले कार्यपालिकाको सर्वसम्मत निर्णय उल्टाउने र विवाद खडा गरेर नगरको विकासमा बाधा सिर्जना गर्ने कार्यमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लाग्दा कार्यपालिका सदस्यको अधिकार खोसिएको भन्दै आपत्ति जनाएका हुन् । वडाध्यक्ष द्वयले पत्रकार सम्मेलन मार्फत नगर नेतृत्वको बल मिच्याइ तथा नीतिगत प्रकृया मिच्ने कार्यको भण्डाफोर गरेका हुन् । वडाध्यक्ष द्वयले प्रेस विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार यही बैशाख २१ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार जिल्ला…

Read More

काठमाडौँ, २० जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक÷शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्mना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताउनुभयो । सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रासद गुरुङले स्वयम्सेवकका रुपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्ने सम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।…

Read More

पाल्पा, २० जेठ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताउनुभयो । “यस्तो बजेटले देशको विकास हुँदैन”, पार्टी प्रवक्ता शर्माले भन्नुभयो । प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति लक्षित गर्दै प्रवक्ता शर्माले सडकमा टायर बालेर, नेपाल बन्द हडताल गरेर चक्काजाम गरेर आमनेसामने सत्तापक्ष प्रतिपक्ष भिडन्त नगरी शान्त स्वभावमा लोकतान्त्रिक शैलीमा सरकारको कामका बारेमा जागरण कार्यक्रममार्फत जानकारी गराउँदै आएको बताउनुभयो । ‘विप्लव’ समूहले…

Read More

बलेवा, २० जेठ । बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् । बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् । स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । योजनाले उद्दार कर्ताको क्षमता विकास गर्ने उद्देश्य समेत राखेको सोसाइटीको बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताउनुभयो । चारवटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्दार…

Read More