झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, २५ जेठ । दुई महिनाअघि मोरङको उर्लाबारीस्थित मावा नदीको पुलमुनि नवजात शिशु छाडेर हिँड्ने महिलालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उर्लाबारी–५ बाट ती महिलालाई पक्राउ गरेको हो । बेवारिसे अवस्थामा भेटिएको शिशुलाई तत्काल ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्व टोलीले उद्दार गरी गोदावारी हस्पिटल उर्लाबारीमा उपचारार्थ पठाएको थियो । बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा ईलामको माङसेबुङ–६ स्थायी घर भई उर्लाबारी–६ पानीटंैकी स्थित अमृत तामाङको घरमा डेरा गरी बस्ने ३० बर्षीया माया राईलाई प्रहरीले पक्राउ गरेको हो । नवजात शिशुलाई थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिए पश्चात माया राई…

Read More

झापा, २५ जेठ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग तथा सहारा नेपालको प्राविधिक सहयोगमा झापामा तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका–२ मा गाँजाबारी मिश्रटार खानेपानी आयोजना, बुद्धशान्ति–५ मा खारखोला खानेपानी आयोजना तथा मेचीनगर–११ र १२ का लागि धाइजनमा पाथीभरा खानेपानी आयोजनाको निर्माण कार्य सकिएको हो । तीनवटै आयोजना चाँडै नै उपभोक्ता समूहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सहारा नेपालका वास अफिसर दिपेश ओलीले बताए । शुक्रबार सहारा नेपाल, जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, खानेपानी डिभिजन लगायत कार्यालयका प्रतिनिधिसहितको टोलीले तीनवटै आयोजनाको संयुक्त रुपमा अनुगमन गरेको छ ।…

Read More

टिभी क्विनको रुपमा परिचित एक कपुर जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । एकता कपुर ४० पार भइसक्दा पनि सिंगल छिन् । एकता कपुरले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् । ४४ वर्षे एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् र तुषार कपुरकी दिदी । उनले कसौटी जिन्दगीकी, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाएकी छिन् । एकताले विवाहको मामलामा सलमान खानको कदम पछ्याएको बताउने गरेकी छिन् । एकतालाई एक अन्तरवार्तामा कहिले विवाह गर्ने भनेर प्रश्न सोध्दा उनले जवाफ दिएकी थिइन्, ‘सलमान खानको विवाह भएको दुई वा तीन वर्षपछि ।’ यस्तै,…

Read More

काठमाडौं, २५ जेठ । वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ । नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ । ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन्। असार १४ र साउन १० मा भित्र्याएका ए३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २५ जेठ । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २५ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको छ । पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधानमा ‘एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कुनै एक समितिको अध्यक्ष पदमा बस्न पाउने छैन’ भनी उल्लेख गरिएको छ । विधानमा पार्टीको केन्द्रीय कार्यसमिति १७१ सदस्यीय हुने व्यवस्था गरिएको छ । भने महाधिवेशनपछि एकजना अध्यक्ष मात्र रहनेछ । हाल विभिन्न छ जनाको अध्यक्ष मण्डल गठन गरेर पालैपालो अध्यक्ष हुने व्यवस्था छ । प्रस्तावित विधानमा उपाध्यक्ष सात जना, महासचिव तीन जना, सहमहासचि…

Read More

काठमाडौं, २५ जेठ । सिरहाको लहान नगरपालिका–१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पु¥याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो । सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् । उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकका पति र सासू बाटोबाटै फरार नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर…

Read More

काठमाडौं, २५ जेठ । चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । काठमाडौँमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए । बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए । हङकङ गएर पैसा कमाउने र…

Read More

काठमाडौं, २५ जेठ । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् । नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता दुई हजारबाट बृद्धि गरी तीन हजार रुपैयाँ पु¥याएपछि ज्येष्ठ नागरिकको प्रतिक्रिया बुझ्ने क्रममा उनीहरू दङ्ग देखिए । नुवाकोट जिल्लाको पहिरे ढुङ्गाना गाउँका ८६ वर्षीय मित्रप्रसाद ढकालले प्रसन्न हुँदै भने, ‘गाउँघरमा त मासिक तीन हजार रुपैयाँले खान नै पुग्छ ।’…

Read More

काठमाडौं, २५ जेठ । बजेट पूर्व कायम भएको दैनिक उपभोग्य बस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरुले विभिन्न बाहानामा अत्याबश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकेका थिए । दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो । व्यापारीले एकलौटी रुपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ…

Read More