झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कञ्चनपुर १९ बैशाख । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ ।

Read More

विश्वमा मानिसहरुलाई अपराध गरेको आरोपमा बिभिन्न खालका सजाय तथा चेल चलान गरेको पाईन्छ । मानिसहरुलाई मात्र नभई यदाकता मानिस बाहेक जन्तु जनावर लगाएतलाई पनि सजायको फैसला भएको हामीले सुन्न अनि देख्न पनि पाईन्छ । हुँदा हुँदा मानिस तथा जन्तु जनावरलाई मात्र नभई रुखलाई समेत कठोर संजाय भएको तपाईहरुलाई सुनाउन गईरहेका छौं । पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तानमा एउटा यस्तो रुख छ जस्ले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ । सन् १८९८मा देखि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोतलमा एउटा वरको रुखले कठोर सजाय भोगिरहेको हो । त्यस बरको रुखलाई साङ्लाले जताततै बेरीएको छ । भने रुखमा आई एम अन्डर अरेस्त…

Read More

पुरुषोत्तम सुवेदी नवलपरासी, १९ वैशाख । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार बोरा ९२१ हजार क्विन्टल० चिनी बिक्री नभएर गोदाममा थन्किएको उद्योगका बिक्री शाखा प्रमुख दुर्गाप्रसाद चतुर्वेदी बताउनुहुन्छ ।अहिलेको अवस्थामा नेपाली चिनी उद्योगले विदेशबाट भित्रिएको चिनीसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्नु र वर्तमान चिनीको मूल्यअनुसार बिक्री गर्न…

Read More

टिरिन कोट, १९ बैशाख । अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर बसेको स्थानलाई लक्ष्यगरी यस लडाकू विमानले गत १२ घण्टायता जारी राखेको हबाई कारबाहीमा परी कम्तीमा चार लडाकूको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियारहरु पनि ध्वस्त भएको…

Read More

ताप्लेजुङ, १९ वैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो । सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग जुटाई करीब रु १० लाखको सहयोगमा २०६२ सालमा सङ्ग्रहालय भवन निर्माण गरेका थिए । स्थानीय महिला समूहको पहलमा शुरुआत भएको सङ्ग्रहालयमा गुरुङ जातिको ऐतिहासिक सामग्री राखिएको तर व्यवस्थापकीय समस्याका कारण उलेख्यरुपमा पर्यटक तथा अवलोकनकर्ता आउन नसकेको आमा समूहका उपाध्यक्ष सीता…

Read More

लीलाराज झापाली सुरुङ्गा, १८ वैशाख । झापा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले आफ्नो एक बर्षको तलव वापतको रकम स्थानीय मजदुरको हितकोषलाई प्रदान गर्नुभएको छ । पोखरेलले १ सय ३० औ अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पारेर आफ्नो बर्ष दिन वापतको रकम ३ लाख २५ हजार चार सय ६० रुपैँयाको चेक बुधवार हस्तानतरण गर्नुभएको हो । पोखरेलले नगरभित्रकै मजदुरको स्वास्थ्य उपचारका लागि स्थापित मजदुर हितकोषलाई सो रकम हस्तानतरण गर्नुभयो । उक्त रकमको चेक संघिय सांसद एलपीसाँबा लिम्बुले मजदुर नेताहरु सचिन लामा, केशर न्यौपाने ,टंक गुरागाँई लगायातलाई प्रदान गर्नुभयो । एक बर्ष अगाडि स्थापना गरिएको सो मजदुर हितकोषमा यसअघिपनि कनकाई नगरपालिकाबाट आर्थिक बर्ष…

Read More

हेटौँडा, १८ वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । केन्द्रीय सदस्य डा महतले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन काङ्ग्रेस मकवानपुरद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले यातायात, कृषि, सडक र प्रतिष्ठानमा मजदूरलाई आफ्नो हकअधिकार संरक्षणका लागि सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक ढङ्गबाट प्रयोगमा ल्याउन प्रदेश सरकारले थप कदम चाल्नुपर्ने बताउनुभयो । प्रदेश नं ३ का नेपाली काङ्ग्रेस प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा बहुराष्ट्रिय कम्पनीको स्थापना भए पनि मजदूरलाई स्थायी सेवाको ग्यारेण्टी र नियमअनुसार पाउने पारश्रमिक दिने नगरेको र ती…

Read More

दमौली, १८ वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले काङ्ग्रेस मजदूरको पार्टी भएको बताउनुभएको छ । एक सय ३० आँै अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले मजदूरको हकहित सुनिश्चित गर्नका लागि पार्टी सधैँ क्रियाशील रहेको बताउनुभयो । उहाँले मजदूरको हकहित सुनिश्चित गर्नका लागि काङ्ग्रेसको अगुवाइमा टे«ड युनियनको स्थापना गरी मजदूरलाई एकताबद्ध बनाउने कार्यको थालनी भएको दाबी गर्नुभयो । नेता भण्डारीले टे«ड युनियनमा आबद्ध हुँदै मजदूर पार्टीको लक्ष्यप्रति अझ प्रतिबद्ध बन्नुपर्नेमा जोड दिनुभयो । बिपी कोइरालाको अवधारणाले अहिले मजदूरलाई सङ्गठित बनाउँदै उनीहरुको हकहितका लागि सहज वातावरण निर्माण गरेको नेता भण्डारीले…

Read More

सुनसरी, १८ वैशाख । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टावारी स्थित तीनकुनेबाट प्रहरीले लागूऔषध सहित आज १ जनालाई पक्राउ गरेको छ । बिहान ११ बजे भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध डाईलेक्स डि.सी.२२ बोतल, नाइट्रोजन ट्यावलेट–१०० चक्की, स्पामोप्रोक्सोभन–१९२ क्यापसुल सहित भोजपुर वास्तिम ४ घर भई हाल ईटहरी–४ बस्ने ३५ वर्षका भरिमान राईलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको टोली पक्राउ गरेर राईलाई सिमा प्रहरी चौकी भाण्टावारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

मोहम्मद सदरुल बिराटनगर, १८ बैशाख। अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ। प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ। अस्थायी राजधानीको रुपमा विराटनगर महानगरपालिकाको गर्भमा हुर्किरहँदा केही दिनभित्रै स्थायी राजधानीको रुपमा जन्म लिनेमा स्थानीयवासी ढुक्क देखिन्छन्। यतिखेर सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने धारणा व्यापक रुपमा देखिएको छ। पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका…

Read More