
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, १८ वैशाख। ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ भने २ नाल हतियार प्रहरीलाई बुझाएका छन् । मंगलवार बेलुका ७ बजे प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका–३ लिङखिममा रहेको ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फुलवारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट–१ नाल, प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका–३ हाङपाङस्थित सोबुदा जंगलबाट–१ नाल भरुवा बन्दुक बरामद गरेको हो । त्यसैगरी पाथिभरा–याङवरक गाउँपालिका–१ नाङखोलेङ छिपछिपे बस्ने तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ…
अछाम, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताउनुभएको छ । मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताउनुभएको हो । कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै कम्युनिस्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्न नेकपाका कार्यकर्ता खरोरूपमा उत्रिनुपर्ने रावलको भनाइ थियो । छ प्रदेश र सङ्घीय सरकारमा झन्डै दुईतिहाइको…
झापा, १८ वैशाख । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाले गए राती अन्दाजी १ लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । राती साढे ३ बजे मेचीनगर नगरपालिका–६ र ७ बाट भन्सार छली अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३० हजार मूल्य बराबरको बिभिन्न किसिमको साडी १६ थान र सर्ट–२ थान जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३० हजार बरबरको साडी, कुर्ता सुरुवाल त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ४८ हजार मूल्य बराबरको मकै–७ बोरा र मटर–१० बोरा बरामद गरेको थियो । बरामद सामान आवश्यक…
बिर्तामोड, १८ बैशाख । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् । जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो । गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाट तत्काल पक्राउ गरेको थियो । पहिले नागरिकता…
काठमाडौँ, १८ वैशाख । त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको ¥याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ । सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो । ¥याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो । सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको ¥याकिङमा त्रिवि एक हजार…
काठमाडौँ, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन् । नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
ताप्लेजुङ, १८ बैशाख । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् । २०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन् । ‘१५ दिनअघि घाउ त ठीक भएको हो तर उपचार खर्च तिर्ने पैसा नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्यु छु,’ सर्जरी वार्डको २२ नम्बर शय्यामा…
मोरङ, १८ वैशाख् । मोरङको पथरी(शनिश्चरे नगरपालिका–१० भुटानी शिविर अगाडी हिजो मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा दिउँसो पौने १ बजे पश्चिम तर्फ जाँदै गरेको तत्काल पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने ६० वर्षकी पूर्णमाया गदाल घाइते भएकी थिइन । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते गदाललाई उपचारको लागि पथरी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
विराटनगर, १७ वैशाख । नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो । यसरी मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्क अनुसार ८० हजार क्षयरोगीले उपचार गराइरहेका जानकारी दिँदै उहाँले यस्ता रोगीको सङ्ख्या प्रत्येक वर्ष ४० हजारका दरले थप भइरहेको छ भन्नुभयो । समयमा उपचार नगराउने, खानपानमा हेलचेक्र्याइँ, जनचेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो । एक क्षयरोगीले उपचार नगराउँदा १५ जनासम्मलाई सार्ने…
झापा, १७ वैशाख । झापाली गायक प्रेम आङ्देम्बेको ‘चाउचाउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । एक दशकयता गीतसंगीतमा संघर्ष गरिरहेका झापा शिवसताक्षी नगरपालिका–६ का गायक प्रेमले गत वर्ष नै यो गीत रेकर्ड गराएका थिए । गीतमा शंकर थापाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियो भने उनले भर्खर मात्र निर्माण गरेका हुन् । युट्युवमा भिडियो सार्वजनिक भएको केही घण्टामै ५ हजारभन्दा बढी पटक हेरिसकिएको छ । म्युजिक भिडियोमा गायक प्रेम आङ्देम्बेले आफैँ अभिनय गरेका छन् । उनलाई चर्चित नायिका केकी अधिकारीले साथ दिएकी छिन् । उनीहरुबाहेक…