झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

जाकार्ता , १६ बैशाख । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ । इन्डोनेसियामा बाढीे र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सतारहेको पाइन्छ । बाढीलगायतका प्राकृतिक…

Read More

बैशाख, १६ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका छन् । जहाँ उनलाई तर्साउनका लागि कार्यक्रमस्थलबाट केही किलोमिटर पर बम बिस्फोट गराईएको छ । अज्ञात समूहले पोखरेल सहभागी भएको कार्यक्रमस्थल नजिक बम बिस्फोट गराएका हुन् । प्रहरीले उक्त बम पोखरेललाई तर्साउनकै लागि बिस्फोट गराएको बताएको छ । लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटमै बम बिस्फोटको आवाज आएको प्रहरीले जनाएको छ । बिस्फोटका बावजुद कार्यक्रम भने निरन्तर चलेको थियो । तथापी बिस्फोटको आवाजले कार्यक्रमस्थलमा तनाव भने देखिएको थियो । बिस्फोटपछि प्रहरीको कडा सुरक्षामा कार्यक्रम जारी…

Read More

काठमाडौँ, १६ वैशाख । नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा रु एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन रु ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ । विवरण अनुसार बैंकले रु चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको…

Read More

किरण पौड्याल इलाम, १६ वैशाख । चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ । विशेष गरी चैत महिनापछि वैशाखको पहिलो सातासम्मको चियालाई ‘फस्ट फ्लस’ भनिन्छ । ‘कटिङ’ गरेर पलाएको पहिलो चियाको मुना हो ‘फस्ट फ्लस’ तर, यस वर्ष भने धेरै वटा चिया बगानको ‘फस्ट फ्लस’ टिपिएन । राम्रो र गुणस्तरीय चिया नै नटिपिनुको मुख्य कारण हो, मजदूर आन्दोलन । राजपत्रमा उल्लेख भएअनुसार चिया श्रमिकले ज्याला नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । यही…

Read More

काठमाडौं, १६ वैशाख । संविधानले आधारभूत तहसम्मकोे शिक्षा निशुल्क र अनिवार्य भनी मौलिक हकमै व्यवस्था गरेका बेला सरकारी निकायले निजी विद्यालयको शुल्क तोक्नु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । संविधानले आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गरे पनि काठमाडौं महानगरपालिकाले केही दिनअघि निजी विद्यालयलाई अघिल्लै वर्षको शुल्क कार्यान्वयन गर्न निर्देशन दिने गरी पत्र लेखेको भन्दै नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले रीट दायर गरेका हुन् । काठमाडौं महानगरपालिका शिक्षा समितिको गत वैशाख ११ गतेको बैठकले संस्थागत विद्यालयको नयाँ शुल्क नतोकेको भन्दै पुरानै शुल्क नबढ्ने गरी विद्यार्थी भर्ना गर्न गराउन सूचित गरेको थियो । महानगरपालिकाको सो निर्णयविरुद्ध…

Read More

जापानको चिबामा फेरि एक नेपाली युवकको मृत्यु भएको छ। चितवन स्थायी घर भएका बिपिन धितालको हिजो आईतबार खाना बनाउँदै गर्दा अचानक ज्यान गएको त्याहाँ रहेका नेपालीहरुले जनाएका छन्। हाल मृतक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको प्रहरीले जनाएको छ। श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको कलेजोमा समस्या रहेको बुझिएको छ। अहिले आकस्मिक निधनको कारण थाहा हुन नसकेपनि हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो समय धितालले आफ्नै लगानीमा रेष्टुरेण्ट सञ्चालन गरेका थिए। यस अघि गत मंगलबार २४ वर्षीय नेपाली युवा विनय खड्काले सार्बजनिक पार्कमा झुण्डिएर आत्माहत्या गरेका थिए । एजेन्सी

Read More

अछाम, १६ बैशाख । बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ। नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो। बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित बजारमा रहेको होटलमा बसिराखेको अवस्थामा वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए। श्रीमती बटाला (रावल) ले बहुविवाह सम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी गरेकामा दुबैलाई अछाम जिल्ला अदालतबाट…

Read More

काठमाडौं, १६ बैशाख । कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो। मृतक थारुको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ढुङ्गाले हानेर युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी अच्युतमप्रसाद पुडासैनीले युवतीको ढुङ्गा प्रहारबाट मृत्यु भएको र आशंकामा उनका श्रीमान २१ वर्षका सुरेश थारूसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। ‘स्थानीयले खबर गरेपछि सोमबार बिहान ४ बजेतिर शव फेला पारेका हौं ।’ उनले भने, ‘युवतीको निधारमा ढुंगाले हानेको गहिरो…

Read More

काठमाडौं, १६ वैशाख। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्। समितिअन्तर्गत “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित उपसमितिले आज आयोजना गरेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा समितिका सदस्यले आम जनतामा सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने सन्देश प्रवाह भइरहेको भन्दै त्यसबारे प्रस्ट पार्दै नियमन गर्नुपर्ने धारणा राखे। समितिका सभापति कल्याणीकुमारी खड्काले भने, “सञ्चार ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्यअंश राख्नुहुँदैन, ऐनबारे जनताले प्रस्ट बुझ्न र अर्थ लगाउन सकुन् ।” उपसमितिका सदस्य केदार सिग्देलले प्रविधिको विकासले अन्य क्षेत्रको विकासलाई समेत सकारात्मक प्रभाव पार्ने भएकाले सरोकारवाला पक्षको…

Read More

झापा, १६ बैशाख। झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे चारआलीबाट बिर्तामोड तर्फ जाँदै गरेका साईकल यात्री ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ का ३२ बर्षीय दिपेश पौडेललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज २०५९ नम्बरको बोलेरो गाडीले पछाडीबाट ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने बोलेर चालक र बोलेरो प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका छन् ।

Read More