झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उदयपुर, २७ बैशाख । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो । पार्टी कामको सिलसिलामा उदयपुर आइपुग्नु भएका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको…

Read More

झापा, २७ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–४ को वडा कार्यालयलाई २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा निशुल्क प्राप्त भएको छ । वडा कार्यालयको भवन निर्माणका लागि बिर्तामोड–१ निवासी दाता लक्ष्मण बस्नेतले २४ लाख बराबरको मूल्य चलनचल्तीमा पर्ने ४ कट्ठा जमिन उपलब्ध गराएको वडाअध्यक्ष दुर्गा प्रसाद दाहालले जानकारी दिए । सो जग्गा अर्जुनधरा नगरपालिका वडा–४ को कार्यालय भवन निर्माणका लागि उपयोग गर्ने बताइएको छ । वडा–४ स्थित हुमागाई टोलमा किता नं–४ सय ४७ को २ बिघा १६ कठ्ठा जग्गा मध्ये ४ कठ्ठा जग्गा बस्नेतले निःशुल्क रूपमा दिएका हुन् । वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा…

Read More

पाँचथर, २७ वैशाख । पाँचथरको हिलिहाङ गाउँपालिका–७ सुभाङमा आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाले नदी पार गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

मोरङ, २७ वैशाख । मोरङको धनपालथान गाउँपालिका(३ बेतौनीबाट प्रहरीले बिहीवार प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । राती पौने १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको म्ी ठ ऋः ण्ज्ञठट नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको हो । लागूऔषध सहित गाडी चालक भारत कुसाकट्टा–१५ पडरिया बस्ने वर्ष २८ को सन्तोष मण्डल र गाडीमा सवार रहेका वर्ष २४ को कमरूल खाँनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो । बरामद लागूऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि…

Read More

बिर्तामोड, २४ बैशाख । झापाको सडक दिन प्रतिदिन ब्यस्त बन्दै जाँदा दुर्घटनाको दर पनि बढ्दै गएको छ । ट्राफिक प्रहरीका अनुसार साना सवारी साधनको अत्याधिक चापले दुर्घटना बढेको हो । २०३० साल भन्दा अगाडी बनेको साँघुरो सडक र दिनदिनै थपिने सवारी साधनले राजमार्ग अस्तब्यस्त बन्दै गएको छ । बिगत दुईबर्षअघिदेखि तीनपाङग्रे ट्याम्पो चल्नु शुरु गरेको झापाको सडकमा अहिले ७ हजार बढी दर्ता भएको रेकर्ड छ । जसलाई ट्राफिक प्रहरीले दर्ता बन्द गर्ने भनेपनि यातायात ब्यवस्था कार्यालयले निर्वाध दर्ता प्रक्रिया जारी राखेको छ । ट्याम्पो ब्यवसायीहरुले भने राजमार्गमा चलाउन अवरोध गरेको भन्दै पुँजिगत बिभेद भएको आरोप लगाएका छन् । ठुला सवारी…

Read More

भद्रपुर, २४ बैशाख । भद्रपुर जेसीज तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक विद्यालयको भर्ना अभियान अन्तरगत अभिभावकत्व ग्रहण गरी विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा अध्ययन गर्नबाट बञ्चित बाल बालिकालाई विद्यालको पहुँचमा पुर्याउन सामाजिक उत्तरदायित्व अन्र्तगत जेसीज र वन समितिले अभिभावकत्व ग्रहण गरी शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ९ स्थित जीवन ज्योति आधारभूत विद्यालयका छात्र छात्राहरूलाई व्याग वितरण तथा सरसफाइका लागि सावुन प्रदान गरिएको थियो । कार्यक्रममा भद्रपुर जेसीजले आकृति लिम्बूको अभिभावकत्व ग्रहण…

Read More

काठमाडौं, २४ बैशाख । मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र गतिमा ओरालो झरिरहेको बुझिएको छ । यस नाजुक प्रक्रियालाई रोक्न सकिने अध्ययनले देखाएको छ । तर यसका लागि मानवले प्रकृतिसँग गर्ने प्रत्येक अन्तरक्रियामा पूर्णतय परिवर्तन ल्याइनुपर्ने बताइएको छ । मानव जातिले हाम्रो बालीमा परागसेचन गराउने माहुरीदेखि बाढीपहिरो रोक्ने वनजंगलसम्मका इकोसिस्टमा नकारात्म असर…

Read More

भद्रपुर, २४ बैशाख । गाउँपालिकाको सडक स्तरीकरणका लागि भन्दै नियम मिचेर उत्खनन गरिएको नदीजन्य सामग्री गाउँपालिका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि अन्यत्रै थुपारेको फेला परेको छ । हल्दिवारी गाउँपालिका भित्र स्तरीकरण भइरहेका सडकमा हाल्न भनि स्थानीय देउनिया खोलाबाट वातावरणीय परीक्षण नगरिकन नियम विपरित उत्खनन् गरिएको गिटी बालुवा वर्षादमा मोटो रकम असुल्ने लक्ष्य राखेर ठेकेदारको सहजताका लागि १ नम्बर वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलको नेतृत्वमा सामग्री थुपारेको फेला परेको हो । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक डम्बरबहादुर गिरीले अनुगमन गर्दा सडकमा सामग्री हालेको नपाएपछि गरिएको हल्दिवारी १ मा रहेको निर्माणाधीन सापटी पुल नजिकै प्लटिङ्मा र १…

Read More

बिर्तामोड, २४ बैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नेपाल बनेको अवसरमा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ । उक्त अवसरमा संघीय समाजवादी फोरम नेपालका बिर्तामोड नगर अध्यक्ष अभिषेक राई र नयाँ शक्ति पार्टीका बिर्तामोड अध्यक्ष उदय गुरुङ उपस्थिति रहेको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टीका प्रदेश नम्बर १ का सांस्कृतिक विभाग प्रमुख रोम घिमिरे, संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. १ का सदस्य गौरीमान राईले सम्बोधन गरेका थिए । तस्वीरहरु ः एकराज प्रधान

Read More

सप्तरी, २४ बैशाख । पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए । इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए ।

Read More