झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुन आचार्यविराटनगर, २४ जेठ । कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै प्रदेश एकसरकारले नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रदेश प्रुमख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले बिहीबारको प्रदेशसभामा प्रस्तुत गरे । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा गठन भएको प्रदेश सरकारले ल्याउने दोस्रो नीति तथा कार्यक्रममा अधिकांश बुँदामा अघिल्लो वर्षकै कार्यक्रमहरू दोहोरिएका छन्। वृहत विराट क्षेत्रको सर्वागीण विकासका लागि भू–उपयोग योजना, पूर्वाधार तथा आर्थिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद संस्थाको स्थापना, पर्यटकीय शहर र क्षेत्र सहितको विस्तृत गुरुयोजना तयार गरी कार्यान्वयन सुरु गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि एवम् प्रतिफलको न्यायोचित वितरणमा योगदान गर्ने गरी प्रदेश भित्र स्वदेशी तथा विदेशी…

Read More

झापा, २४ जेठ । ‘डाटा इन्ट्री सिस्टम’ मा आएको परिवर्तनको कारण देखाउँदै भारतको पश्चिम बंगालमा भारतले ७० वटा नेपाली ट्यांकर रोकेको छ । जसका कारण मेची अञ्चलको इन्धन आपूर्ति अस्तव्यस्त भएको छ। यस अघिसम्म हातले हुने डाटा इन्ट्रीलाई कम्प्युटराइज्ड गरेका कारण ट्यांकर छुट्न ढिला हुने गरेको भारतीय आयल कर्पोरेशनले भन्ने गरेको पेट्रोलियम व्यवसायीको भनाई छ । नेपाल आयल निगम चारआली कार्यालयका अनुसार ७० वटा ट्यांकर आउने क्रममा छन् । पेट्रोलियम डिलर्श एशोसिएसन, मेचीका अनुसार दुई साता यता मेची अञ्चलमा इन्धनको बजार अस्थिर भई रहेको छ । बेला बेला आउने ट्यांकरले माग धान्न नसकेको संघले जनाएको छ। संघका मेची उपाध्यक्ष भुपाल…

Read More

काठमाडौं, २५ जेठ । विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । विश्व बैङ्कका अनुसार सन् २०१९ मा सेवा र कृषि क्षेत्रमा भएको प्रगतिले नेपालको आर्थिक वृद्धि सात दशमलव एक प्रतिशत पुग्ने छ । सेवा क्षेत्रमा मात्र सात दशमल पाँच प्रतिशतसम्मको वृद्धि हुने बताएको छ । विशेषगरी पर्यटकको आवागमनमा भएको बढोत्तरी, होटल, रेष्टुराँजस्ता पूर्वाधारको क्षेत्रमा देखिएको सुधार र विप्रेषणका कारण उपभोक्ताको बढ्दो खर्च प्रवृत्ति जस्ता कारणले सेवा क्षेत्रमा उच्च वृद्धि देखिएको विश्व बैङ्कको निष्कर्ष छ । त्यसैगरी कृषि क्षेत्रमा…

Read More

सुर्खेत, २४ जेठ । बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । यो समुदायको छुट्टै भाषा र संस्कृति छ । सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ । ‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछौँ । राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ ।’ टिकट…

Read More

काठमाडौँ, २४ जेठ । सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् । सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले भूगोलका ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्जका लागि प्रस्ताव गरेका नाममा नेता नेपालले असहमति जनाएका छन्।ओली र दाहालले बिहीबार बिहान पनि नेपालसँग सहमतिको प्रयास गरेका थिए । छलफलमा ओली र नेपालबीच भनाभनै भएको स्रोत बताउँछ।‘कतिपय साथीहरूले दोहोरो जिम्मेवारी पाइसके । त्यसलाई मान्ने, अहिले हुँदैन भनेर…

Read More

काठमाडौँ, २४ जेठ । मुलुकभर डेढ करोडभन्दा बढी नेपालीसँग जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) रहेको पाइएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा अभिलेख विभागको प्रारम्भिक तथ्याकंअनुसार १ करोड ५५ लाख ३८ हजार नेपालीले जग्गाको लालपुर्जा लिएका हुन् । निजी जग्गाजमिन कतिसँग छ भन्ने यकिन विवरण यसअघि सरकारले सार्वजनिक गरेको थिएन । सरकारले यो तथ्याकंअनुसार लालपुर्जा लिनेको संख्या कुल जनसंख्याको करिब ५० प्रतिशत हो । पछिल्लो अनुमानित आँकडाअनुसार नेपालको कुल जनसंख्या ३ करोडको हाराहारीमा छ । अभिलेख विभागको प्रारम्भिक तथ्याकंअनुसार ३४ लाख ५४ हजार ६ सय ३ विघाभन्दा बढी सार्वजनिक जग्गाजमिन रहेको उल्लेख छ । आजको नागरिक दैनिकमा…

Read More

भारतको केरेला राज्य सरकारद्धारा सञ्चालित कुकुर पुनस्र्थापना केन्द्रमा घरवार विहिन भएका कुकुरहरु संग्रह गरि राखिएको छ । “सुरक्षित पर्यटकिय गन्तव्य मानिने र रोजगारीको निकै धेरै अवसर सृजना गर्न सकिने भएकोले विकाशन्मुख राष्ट्रले स्ट्रे डग (छाडा छोडिएका कुकुर) को महत्व बुझनु जरुरी छ ।” सान नेपाल “हामीले गर्न सक्ने केही पनि छैन, पशुपंक्षी अधिकार संरक्षकहरुले विरोध जनाएको कारण राज्यले कुकुर मार्न नपाईने प्रावधान ल्याएकोले भुस्याहा कुकुर नियन्त्रणमा समस्या भएको छ” – जनप्रतिनिधी वा कुनै पनि ओहोदाका बरिष्ठ कर्मचारीलाई सवाल गर्दा यही जवाफ पाईन्छ । अझ जनप्रतिनिधीले त कुकुरलाई सुटुक्क विष ख्वाएर मानुस् न भन्ने सल्लाह दिने गरेको पनि पाईन्छ । स्थानिय निकायको…

Read More

बिर्तामोड, २४ जेठ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । खेलको ३१ औँ मिनेटमा पुनः बुढाथोकीले अर्को गोल गर्दै पहिले हाफमा खेल २–० को स्थितिमा पुर्याए । दोस्रो हाफमा भने गोलको वर्षा भयो । खेलको १२ औँ मिनेटमा आशिष चापागाईंले उत्कृष्ट गोल गरे । ३–० को अग्रतालाई रोक्दै मुनालका तर्फबाट खेलको १४ औँ मिनेटमा श्याम मुर्मू ‘बी’ ले खेल…

Read More

पाँचथर, २३ जेठ । पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रण लिइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी नरेन्द्र कुँवरका अनुसार कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको हो ।

Read More

झापा, २३ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दै पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले घटाएको हो । अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेसनबाट गतसाता नयाँ मूल्यसूची प्राप्त भएपछि त्यसैलाई आधार बनाएर मूल्य घटाइएको हो ।

Read More