झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २३ जेठ । ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झण्डिएको अवस्थामा भेटिएको छ। बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका जानी शर्मा र उनकी छोरी राधिका शर्मा रहेको प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले जानकारी दिए। उनीहरुको हत्या वा आतमहत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहको सहायक निरीक्षक कुमारले जानकारी दिए। ‘शवको प्रकृति हेर्दा बुधबार झण्डिएजस्तो देखिन्छ’, उनले भने, ‘घटनाका बारेमा थप अनुसन्धान हुँदै छ।’

Read More

झापा, २३ जेठ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १४९ जनालाई बुधबारदेखि रोजगारी प्रदान गरेको हो । रोजगारीका लागि झण्डै दुई हजारले आवेदन बुझाएका थिए । प्रक्रिया अनुसार छनोटमा परेका श्रमिकहरुलाई भारतको गलगलिया जोड्ने भद्रपुर–५ स्थित नवनिर्मित मेची पूलको पूर्वतर्फको बाटोमा बाँध निर्माणको काममा लगाएर कार्यक्रमको शुभारम्भ गरिएको हो । नगरप्रमुख जीवनकुमार श्रेष्ठले बेल्चा चलाएर कार्यक्रमको उद्घाटन गरेका छन् । दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी ३० दिनका लागि छनोटमा परेका श्रमिकले नगरका भित्री कच्ची सडकहरु मर्मत गर्ने, सडकपेटी, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने बृक्षारोपणका…

Read More

काठमाडौँ, २३ जेठ । भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण वृद्धि हुने गरेको अध्ययनले देखाएको हो । त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार सीमा क्षेत्रका सहरसँगै काठमाडौंसम्म नै भारतको प्रदूषित कणले प्रभाव पारेको छ । प्रदूषित वायुले हिमालसम्म नै असर पार्ने गरेको उनले दाबी गरिन् । ‘हिउँद र सुख्खा याममा नेपालगन्ज, लुम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिन्छ,’ उनले भनिन्, ‘यसको असर हिमालमा समेत प्रत्यक्ष पर्ने गरेको…

Read More

काठमाडौँ, २३ जेठ । भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्रा्ष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेपाल सम्बन्धबारे चीनमा चासो हुनु स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन् । नेपालको कूटनीति दल विशेषका सरकारमा निर्धारण हुँदै आएको छ । त्यसैले नेपालमा दुवै छिमेकीको बढी चासो रहन्छ । भूराजनीतिक अध्येताहरू यस्तो चासोलाई सामान्य मान्छन्। मोदीले जेठ १६ मा बिमस्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राखेर दोस्रो कार्याकालको शपथ लिए । शपथ ग्रहणमा निम्त्याइएका प्रधानमन्त्री केपी ओलीको भारत यात्रालाई चिनियाँ विश्लेषकले विशेष रूपमा नियालेका छन् । मोदीको शपथपछि भारतको ‘लुक इस्ट’…

Read More

काठमाडौँ, २३ जेठ । नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो । थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ । उजुरी परेलगत्तै काठमाडौं प्रशासनले अध्यक्ष थापासहितका पदाधिकारीमाथि छानबिन थालेको छ । थाई रेडक्रस सोसाइटीबाट प्राप्त ४२ करोड र रेडक्रसको केन्द्रीय गोदाम घर निर्माणका लागि भक्तपुरको खरिपाटीमा खरिद गरिएको जग्गामा झन्डै ६ करोड ३२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल रेडक्रसविरुद्ध उजुरी परेको हो ।…

Read More

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढी अधिकार लिएका विधेयकहरू दर्ता भएर संसद् सचिवालयमा नै थन्किएका छन्। सचिवालय स्रोतका अनुसार दर्ता भएर संसद्मा पुग्नुपर्ने विधेयकहरू महिनौंसम्म संसद्मा पुगेका छैनन् । फागुन २८ गते दर्ता भएको राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास, माघ १४ मा दर्ता शान्ति र सुरक्षा, पुस २४ मा दर्ता लोकसेवा आयोग, वैशाख १० गते दर्ता राष्ट्रिय मानव अधिकार आयोग (पहिलो संशोधन) र नेपाल मिडिया काउन्सिल, विधेयक अहिलेसम्म संसद्मा पुगेको छैन । यीमध्ये राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयकमा प्रधानमन्त्रीको अधिकार बढी राखिएकाले…

Read More

काठमाडौं, २३ जेठ । गत वर्ष मंसिरको एउटा बिहानी पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. नारायणप्रसाद कोजुका लागि उत्साह र उपलब्धिपूर्ण सावित भयो । दोलखाको लप्ची उपत्यकामा हिउँ चितुवा (वैज्ञानिक नाम अन्सिया अन्सिया)को उपस्थिति आधिकारिकरूपमा पुष्टि भएपछि यो उपलब्धि हासिल भएको हो । गौरीशङ्कर संरक्षण क्षेत्रले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान शीर्षकअन्तर्गत डा. कोजुको नेतृत्वमा दोलखाको बिगु गाँउपालिका (तत्कालीन लामाबगर गाविस)मा पर्ने लप्ची उपत्यकामा भएका जीवजन्तुको जानकारी लिन क्यामेरा जडान गरेको थियो । सोही क्यामेराले गत मंसिर २ गते बिहान ८ बजे लप्ची उपत्यकाको ४३ सय मिटरको उचाइमा रहेको मोराङमा हिउँ चितुवाको तीनवटा तस्वीर रेकर्ड भएको अनुसन्धान प्रमुख…

Read More

इटहरी, २३ जेठ । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ नि ?’ जवाफमा चौधरीले भने, ‘एक करोड हैन दश करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने ।’ यो त कानुन हातमा लिने काम भएन र भन्ने प्रश्नमा उनको जवाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि…

Read More

काठमाडौं, २३ जेठ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसदले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा अलगअलग व्यवस्था भएकाले अन्योल बढेको छ । सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम हटाउन डा. गोविन्द केसीले माग गर्दै आएका थिए । सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो । तर, विद्येयक पारित हुँदा क्रमशः फेजआउट गर्ने वा स्तरोन्नति गर्ने उल्लेख थियो । सरकारले धोका दिएको भन्दै डा. केसी अनशनमा बसेका थिए । उनी अनशनमै बसेका बेला सरकारले पूर्वसम्झौताविपरीत विधेयक संसदबाट पारित पनि भएको थियो । तर, राष्ट्रपतिबाट प्रमाणित ऐनमा भने…

Read More

काठमाडौं, २३ जेठ । धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् । पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ । २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन । २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को सुन पनि अभिलेखमा छैन । ‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ ।’ उनका अनुसार मुचुल्का देखियो, लगत प्राप्त भयो तर सुनको मात्रा खुलाइएको छैन ।…

Read More