
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २३ बैशाख । सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिइन् । ‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ’, उनले भनिन्, ‘अब खारेजी प्रक्रिया छ ।’ ‘१५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानबिनका लागि सोमबारसम्म म्याद दिएको छु ।’, उनले भनिन्,‘१७÷१८ कित्ता अझै पत्ता लगाउन बाँकी छ । ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाम ल्याइन्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने, ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन् । देउवाले सरकारकै कारण राष्ट्रपति पटकपटक विवादमा तानिएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, २३ बैशाख । स्थानीय तहले आफूसंग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउ“मा कर्मचारी पठाउन आफूसंग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म विपरीत एकपछि अर्को गर्दै संघले हस्तक्षेप गर्दै आउने क्रममा अहिले स्थानीय तहमा कर्मचारी भर्ना पनि संघले नै गर्ने तयारीप्रति स्थानीय तहले तीब्र असुन्तुष्टि जनाएको हो । नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिकाले यस विषयमा सार्वजनिक रुपमा अडान राख्दै आएकोमा विहीबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर नै यस विषयमा स्पष्ट पारिसकेको जनाएको छ । समायोजन सकिएलगत्तै संघले हाजिर…
काठमाडौँ, २३ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए । साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनलेआग्रह गरे । उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए । आजको…
काठमाडौँ, २३ बैशाख । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन् । विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काँकडभिटा, २१ बैशाख । सडनडेथमा भाग्यमानी सावित हुँदा मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै जाली चुमेको थियो । प्रतियोगितको बिजेता पुलिसले १० लाख १ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता आर्मीले ५ लाख १ हजारमा चित्त बुझायो । भर्खरै सम्पन्न आठौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको फुटबल प्रतियोगितामा आर्मी बिजेता बनेको थियो भने पुलिस उपबिजेतामा सिमित भएको थियो । गत बर्ष भएको तेस्रो सिजनको मेचीनगर गोल्डकपमा पनि आर्मीले पुलिसलाई सेमिफाइनलमा पाखा लगाएको थियो । उपाधि रक्षासँगै…
भद्रपुर, २१ वैशाख । झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखहरुको अधिकाँश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउन मै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकिदिएका कारण अधिकाँश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दैआएको छ । आदिवासी जनजाति बहुल बाह्रदशी गाउँपालिकाकी उपप्रमुख रत्ना राजवंशी हरेक बिहान कोही न कोही गाउँले समस्या सुनाउन घरमै आइपुग्ने गरेको बताउनुहुन्छ । “कार्यालयमा उजुरी बोकेर आउनुहुनेलाई भेट्छु र उहाँहरुको पीरमर्का सुन्दासुन्दै धेरै समय बितिहाल्छ,” उपप्रमुख राजवंशी भन्नुहुन्छ – “तर, घरमा हुँदा र कार्यक्रमहरुमा जाँदा समेत…
काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७को नीति तथा कार्यक्रम आश्वासन बाहेक अरु केही नभएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो भएको बताएको हो । साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिंदै कांग्रेसले स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ । संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकारलाई नीति कार्यक्रममा सुनिश्चिता नगरिएको र सङ्घीयतालाई सवल बनाउने आधारशीला पनि नभएको समेत संसदीय दलको निष्कर्ष छ । यस्तै, कांग्रेसले…
ताप्लेजुङ, २१ बैशाख । फरक फरक मुद्दाका तीन अभियुक्तलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। शुक्रवारको जिल्ला अदालत ताप्लेजुङको आदेशअनुसार कारागार चलान गरिएको हो। कर्तव्य ज्यान मुद्दामा मैवाखोला गाउँपालिका–१ का ३० वर्षीय राज दर्लामी मगर र सवारी ज्यान मुद्दाका मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका फुर्वा शेर्पालाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। दर्लामी मगर वैशाख १८ मा पक्राउ परेका हुन्। उनलाई २०६६ साल पुस २ मा ढुुंगेसाँघु खातिटोलका राजेन्द्र वनेमलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ। यस्तै, शेर्पालाई सवारी ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा पक्राउ गरिएको ताप्लेजुङ जानकारी दिए । पक्राउ परेका…
तीर्थ भट्टराई काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढंगले अगाडि बढ्न चाहेको बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६–७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रम जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहेको स्पष्ट गरे। उनले देशमा शान्ति तथा सुव्यवस्था कायम गरी तथा कमजोर तथा अशक्तका अधिकार समेत सुनिश्चित गर्दै उनीहरूको क्षमता अभिवृद्घि गराउन नीति तथा…