
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, १९ जेठ । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आज पक्राउ गरिएको हो । फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए । तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए । उक्त कार्यालयका साथै जिल्लाका विभिन्न प्रहरी एकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएका प्रनाउ कुँवरले जानकारी दिए । उनको पक्राउका लागि विद्यार्थी र नागरिक…
झापा, १९ जेठ । झापाको मेचीनगर नगरपालिका–६ चर्च एरियाबाट प्रहरीले शनिबार अन्दाजी ७ लाख २० हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दशगजा क्षेत्रमा रोकी राखेको को १ त १७५१ नम्बरको ट्याक्टरलाई शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको मटर ३० बोरा र मरिच ३० बोरा बरामद गरेको थियो । यसैगरी, सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ बजेको समयमा मेचीनगर नगरपालिका–७ बाट अवैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ९५ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा रोल–१० थान र लेडिज कपडा –२ पोका बरामद गरेको थियो…
झापा, १९ जेठ । खानेपानीको पाइपका कारण अलपत्र अवस्थामा रहेको मेची राजमार्गअन्तर्गत चारआली–केचना सडकको सगरमाथा चौकदेखि झापा चौकसम्मको बाटोको समस्या समाधान हुने भएको छ । विकास तथा प्रविधि समितिमा सडकको विषयमा कुरा उठेपछि सरकारले सडक कालोपत्रे गर्ने भएको हो । विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भद्रपुर नगरपालिकाभित्र पर्ने उक्त सडक कालोपत्रे हुन नसकेर अलपत्र रहेको विषय उठाएका थिए । सांसद् लिङ्देन विकास तथा प्रविधि समितिको सदस्य पनि हुन् । समितिले भौतिक योजना तथा पुर्वाधार मन्त्री रघुवीर महाषेठ, मन्त्रालयका सचिव लगायतलाई हुलाकी सडक, मध्यपहाडी राजमार्गका पुलहरु लगायत विभिन्न विषयमा छलफल गर्न बोलाएका…
प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् । सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ । प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा…
कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् । जुल्फेकले सिंहको नाम बब्बर राखेका छन् । बब्बरका कारण जुल्केफको परिवारलाई कुनै समस्या नभएको उनी बताउँछन् । उनका अनुसार उनका दुई वर्षका छोरा पनि बब्बरसँग निकै मज्जाले खेल्छन् । जुल्फेकले सम्बन्धित निकायबाट सिंहलाई घरमा राख्ने अनुमती लिएको जानकारी दिए । उनका अनुसार बब्बरलाई करिब तीन लाखमा किनिएको थियो र यसलाई पाल्न हरेक महिना दुई लाखको खर्च हुन्छ । यद्यपी, उनले सिंहलाई कहाँबाट किनेको भनेर जानकारी दिन चाहेनन् ।…
काठमाडौँ, १९ जेठ । नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ । अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ । अमेरिकाले मानवीय सहायता र विपद् व्यवस्थापन, शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायत क्षेत्रमा नेपालसँग रक्षा सम्बन्ध सम्बन्ध विस्तार गर्ने जनाएको छ । नेपाल र अमेरिकाबीचको बढ्दो रक्षा साझेदारीका रुपमा २०१८ जुनमा आयोजित युएस आर्मी प्यासिफिकको नेतृत्वको ‘ल्याण्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवादलाई लिन सकिने रिपोर्टमा उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, १९ जेठ । नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन केन्द्रको अभाव, फरकरविशिष्ट सेवाका रूपमा गौरव गर्ने क्षेत्र बनाउन नसक्नु र केही भेदभावजस्ता कमजोरी औंल्याइएको छ । निकै सुविधा दिइएको अमेरिका, बेलायत र छिमेकी भारतमा पनि यस्तो अवस्था छ । तर, त्यहाँ ठुल्ठूला लडाइँमै होमिन पर्ने भएकाले यस्तो अवस्था आए पनि नेपालमा सेनाले जोखिमपूर्ण काम गर्नुपरेको छैन । शान्ति सेनामा गएबाहेक मुलुकभित्र भने खासै…
काठमाडौँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् । अबको एकवर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशन केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमा आफ्नो अवस्था वैचारिक ÷राजनीतिक रुपमा सुदृढ बनाउन लागिपरेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष दाहालको धारणासँग…
काठमाडौँ, १९ जेठ । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको अधिकार खोस्ने गरी शिक्षा नीति तयार पारेको छ । संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहमा हुने किटान गरेको छ । तर प्रस्तावित नीतिमा शिक्षकको सेवा, सर्त, सुविधा, योग्यता, समकक्षता र क्षमता विकाससम्बन्धी मापदण्ड निर्धारण संघीय सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ । शिक्षकको क्षमता विकास, तालिम, अभिमुखीकरण, गोष्ठी, कार्यशाला सञ्चालन गर्ने काममा मात्रै स्थानीय सरकारको अधिकार रहने शिक्षा नीतिमा उल्लेख छ । प्रदेशले शिक्षकको सेवा, सर्त, सुविधा सञ्चालन तथा अभिलेख व्यवस्थापन गर्ने नीतिमा भनिएको छ । शिक्षा नीति मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको छ । आजको…
भद्रपुर, १९ जेठ । उभौली (साकेला) पर्वको अवसर पारेर किराँत राई यायोक्खा प्रारम्भिक नगर कार्य समिति भद्रपुर—चन्द्रगढीले विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यायोक्खा संयुक्त प्रारम्भिक समितिले भद्रपुर–८ स्थित धार्मिक स्थल साकेला थानमा धर्मगुरू सम्मान तथा साकेला नाच लगायतका कार्यक्रम सम्पन्न गरेको हो । समितिले किराँत धर्मगुरू रामबहादुर राईलाई धर्म प्रचार तथा संस्कृति सम्मानमा योगदान पुर्याएको भन्दै शिरमा पगरीगुताएर सम्मान गरेको थियो । त्यसैगरी भद्रपुर—चन्द्रगढी, गौरीशंकर पृथ्वीनगर तथा मेची नगरका कलाकारद्वारा साकेला नाच प्रस्तुत गरिएको थियो । नगरका प्रारम्भिक कमिटीका अध्यक्ष डुक्पा राईको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष नीरबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किाराँत अगुवा प्राध्यापक डाक्टर केआर खम्बू,…