झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० चैत्र । झापाको मेचीनगर नगरपालिका–१२ कालीझोडामा शुक्रवार राती बोलेरो जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा राती ८ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा तत्काल पहिचान नखुलेको पैदलयात्री अन्दाजी ७५ वर्षका पुरुष व्यक्तिलाई ठक्कर दिँदा बोलेरो जीप अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको बोलेरो जीपलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मे १ ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना समेत घाइते भई उपचारको लागि वि.एण्ड.सी. अस्पताल विर्तामोड पठाईएको थियो । दुर्घटनामा गम्भीर घाइते…

Read More

भक्तपुर, ३० चैत । “के भनौं र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गरिन् । नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा ज्येष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटन गर्दै उनले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने जस्तै अवस्था आएको बताए। मन्त्री अर्यालले भने, “जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शिर निहुरिएको छ, मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जीवन जिउन साह्रै निकृष्ट हुनु पर्दैन ।” पहिलो नम्बरमा…

Read More

काठमाडौं, ३० चैत । मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप छनोटमा केही बेरमा नेपाल र यूएईबीच खेल सुरु भएको छ। खेल मलेसियाको स्थानीय समय अनुसार बिहान १० बजेबाट सुरु हुँदै छ । मलेसियाको सेलाङगोर टर्फ क्लवमा जारी खेलमा हिजो शुक्रबार नेपालले सिंगापुरलाई २१८ रनले पराजित गरेको थियो । शुक्रबारको खेलसँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको पुगेको छ । खेल डिसी नेपाल डटकमको युट्युब च्यानल youtube.com/dcnepalvideos र फेसबुक पेज https://www.facebook.com/dc.nepal/ बाट लाईभ हुनेछ।

Read More

गौरादह, ३० चैत । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि गौरादह न.पा. वार्ड नं. ७ ग्वालडुब्बामा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । राजवंशी समाज विकास समिति गौरादह–७ को आयोजनामा सम्पन्न कार्यक्रम नयाँ वर्ष २०७६ तथा आदिवासी समुदायको महान पर्व सिरुवाको अवसरमा आयोजना गरिएको हो । आफ्नो जातिय पोशाकमा सजिएर सहभागी भएका आदिवासी समुदायहरुले सिरुवामा मनाइने रङ सिरुवा, काद सिरुवा र पानी सिरुवा सहित घाटो सरिको पुजा गरेका थिए । आदिवासी समूदायले आफ्नो घर परिवारमा मनाइने सिरुवा पर्व सामूहिक रुपमा एकै ठाउँमा जम्मा भई हर्ष उल्लासकासाथ पर्व मनाएका छन् । कार्यक्रममा गायक बलराम राजवंशी,…

Read More

भद्रपुर, ३० चैत । नेपालका विभिन्न जातीमध्ये कुलुुङ् जाती विचौलियाका कारण सुचिकृत हुननसकेको आरोप लगाउनु भयो । किराँत कुलुङ् भाषा संस्कृति उत्थान सङ्घ झापाले शुक्रबार हल्दीबारी गाउँपालिकाकमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनमा सहभागिले यस्तो आरोप लगाउनु भएको हो । देशमा लोकतन्त्र संस्थागत भइरहेपनि एकात्मक सत्ता कै आभास भइरहेको उहाहरुको गुनासो थियो । इतिहास बोकेको किराँती मुलको एक आदिवासी भएपनि राईसँग जोडेर उपजाति बनाएको प्रति असन्तुष्ट जनाउनु भएको थियो । लोपोन्मुख जातिलाइ राज्यले पछाडि पारेकोले कुलुङ्लाइ सुचिकृत गराउन आन्दोलन गरिरहेको वक्ताहरुले जानकारी गराउनु भयो । कुलुङ्को उद्गमस्थल सोलुखम्बुको महाकुलुङ भन्ने स्थान हुदै सङ्खुवासभा,भोजपुर, इलाम, झापा,मोरङ्, सुनसरी लगायतका २२ जिल्लामा छरिएर रहेको…

Read More

गौरादह, ३० चैत । नयाँ वर्षको अवसर पारेर यहाँ स्थित वार्ड नं. –७ ग्वालडुब्बामा रक्तदान कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ । कोचीला गाभुर फ्रन्ट गौरादहले नयाँ वर्ष तथा सिरुवा पावनीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा ७ महिला सहित ३८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदानमा संकलित ३८ पिन्ट रगत उपशाखा बिर्तामोडको ब्लड बैंकमा जम्मा गरिएको रेडक्रसले जनाएको छ । त्यसअवसरमा नगर प्रमुख रोहित कुमार साह, उपप्रमुख गीता भेट्वाल, ताजपुरीया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरीया, गाभुर फ्रन्टका केन्द्रिय सदस्य कुवेर…

Read More

सान नेपाल गौरादह, ३० चैत । गौरादह नगरपालिका वार्ड नं. ७ मा रहेको नानाक्चन बाबा मन्दिरमा परम्परागत रुपमा गरिदै आएको श्री १०८ अखण्ड हरि कृर्तन अष्टजाम यस वर्ष पनि विविध कार्यक्रम गरी मनाईएको छ । बुधबार राति ११ बजेबाट शुरु भएको अष्टजाम ३६ घण्टा सञ्चालन भई शुक्रबार विधिवत रुपमा समापन गरिएकोे हो । अष्टजाम यज्ञमा भगवान महादेवको पुजा आराधना गरिने र हर हर महादेव मुल मन्त्र निरन्तर रुपमा ३६ घण्टा सम्म जप्दै विर्सजन गरिने परम्परा रहेको समारोह समितिका संयोजक धनप्रसाद पुजारीले वताए । अष्टजाम भजन किर्तनका लागी ५ टोली सहभागी भएको वताइएको छ । भजन किर्तन टोलीमा छिमेकी राष्ट्र भारत…

Read More

काठमाडौं, ३० चैत । सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ । मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए । ‘चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्कपछि छलफल गरी समस्यको समाधान गर्न हामी उद्यत छौँ,’ अधिकारी भने । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, ३० चैत । घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । लेनेदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट रहेको भन्दै गृह मन्त्रालयले उनलाई विभूषणका लागि छनोट गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, ३० चैत । कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका करिब १२ हजार असन्तुष्ट कर्मचारी विषयमा जिज्ञासा राखेका थिए । यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्ने धारणा राखेका थिए भने कहीले संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको बताएका थिए । आजको नागरिकमा खबर छ…

Read More