
काठमाडौं, ३० चैत । सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ ।
मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए ।
‘चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्कपछि छलफल गरी समस्यको समाधान गर्न हामी उद्यत छौँ,’ अधिकारी भने । आजको नयाँ पत्रिकामा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

