झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

डल्लास, २१ चैत । अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन्। एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो। अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन्। यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन। एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका…

Read More

झापा, २१ चैत । नेपालको पूर्वी नाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ बिहीबार बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले त्यो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी गराएका थिए । नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको त्यस स्तम्भको आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाउनुभएको हो । स्थानीयवासी र…

Read More

कृष्णराज गौतम काठमाडौँ, २१ चैत । टोखामा यस वर्षको बिस्केट जात्रा आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई दोस्रो चरणमा लिइएको छ । विभिन्न धोजाले सिङ्गारिएको उक्त लिङ्गोलाई विधिपूर्वक पूजाआजा गरी आगामी वैशाख ५ गते ढालिनेछ । यसअवधिमा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई प्यागोडा शैलीको खटमा राखेर सिन्दूर जात्रा गर्दै नगर परिक्रमा गराइन्छ । चोकमा…

Read More

काठमाडौं, २१ चैत । प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेका ६ जनालाई बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरीको राजविराज–१० घर भएका विष्णूदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव, राजविराज–१० का २२ वर्षी ब्रह्मदेव सुनरैत र सप्तरीको कञ्चनरुप नगरपालिका–६ का २५ वर्षीय दिपेन्द्र कुमार मण्डल छन् । गत बिहीबार एइई परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र सामाजिक सञ्चालमार्फत बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि…

Read More

सुङ्गा, २१ चैत । झापाको झापा गाउँपालिकाका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । झापा गाउँपालिका, सहारा नेपाल र युएन ह्याविट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढी पीडितले सुरक्षित घर पाएका हुन् । स्थानीय स्रोत साधनको प्रयोग गरेर परम्परागत शैलीको घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि गाउँपालिकाले प्रतिघर रू ७५ हजार, सहारा नेपालले प्राविधिक सहयोगसहित रू २५ हजार र युएन ह्याविट्याटले रू ५० तथा घरधनीको श्रमदान गरी कूल रू १९० हजार रुपैयाँ बराबरको लागतमा घर निर्माण गरिएको हो । नवनिर्मित ३० घरमध्ये १९ घर सन्थाल घरपरिवारको रहेको छ । ‘अझै पनि धेरै…

Read More

अर्जुनधारा, २१ चैत । सधैँझैँ साताको सोमबार । बार साताको भए पनि दैनिकीजस्तै हो सोमबार । स्थान तोकिएको थियो, अर्जुनधारा–६ स्थित चिया बगान । जुन शनिश्चरेहुँदै बिर्तामोड पुग्न सकिन्छ । समय बिहानको ७ बजे निर्धारण गरिएको थियो, सरसफाईका लागि । अर्जुनधारा सरसफाई अभियानका संयोजक कमल पोख्रेल र उसको टीम तोकिएको स्थानमा पुग्छन् । हुन त काम गर्न आउजाउ गर्दा त्यही बाटो पार गर्नुपर्छ । चैत १८ गते सबै साथी र समूहलाई खबर गरेर निस्किएका थिए संयोजक पोख्रेल । उसको टीमले सधैँझैँ फोहोर पहिचान, संकलनसँगै सरसफाई गर्न थाल्छ । नजिकै एउटा प्लाष्टिकको बोरा भेटिन्छ । यसअघि त्यसै स्थानमा तीन पटक सरसफाई…

Read More

जमुना वर्षा पोखरा, २१ चैत । पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीका समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा देख्न सकिन्छ । निधारमा खरानी, रुद्राक्षको माला, कमण्डलु, डमरुसहित शिव पार्वतीका तस्वीर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका लागि आकर्षकको पात्र बनेका छन् भने भेटी पनि निकै हात पारेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने सो स्थलमा गैह्रहिन्दू शिव पार्वतीको भेषमा सजिएर बसिरहेको दृश्यले जो कोहीको ध्यान आकृष्ट गरेको पाइन्छ । उनीहरुसँग विभूति लगाउने र आशीर्वाद लिनेको घुइँचो उस्तै छ । शिव पार्वतीको भेषधारी उनीहरु बोल्न भने धेरै रुचाएनन् । आफ्नो परिचय दिने क्रममा…

Read More

काठमाडौँ, २१ चैत । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताए । उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिए । राति देशको…

Read More

काठमाडौं, २१ चैत । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तीका लागि सिफारिस ५ जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधिशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। गत चैत्र १८ गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधिश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधिश सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधिश नियुक्तीका लागि सिफारिस गरेको थियो। प्रस्तावित सर्वोच्च अदालतका पाँचै जना न्यायाधिशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले…

Read More

काठमाण्डौ, २१ चैत । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महिना नबित्दै समायोजन संशोधनको माग गर्दै ठूलो सङ्ख्यामा गुनासो दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीले समायोजन संशोधन गर्न माग गर्दै करिब ९ हजार ५६५ गुनासो दर्ता गरेको मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले जानकारी गराउनुभयो । बुधबारसम्म समायोजन संशोधनका लागि कर्मचारीलाई निवेदन दर्ता गराउन समयसीमा तोकिएको थियो । मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधन गर्न स्थापना गरेको ‘गुनासो सहयोगी कक्षामा समायोजन संशोधनका लागि निवेदन दर्ता गराएका हुन् । समायोजन भएपछि दैनिकरुपमा कर्मचारीले गुनासो कक्षमा समायोजन संशोधन गर्न माग राख्दै निवेदन दर्ता गराएका थिए…

Read More