
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ चैत । नेपाल पत्रकार महासङ्घले मुलुकको समृद्धि र विकासका पक्षमा जिम्मेवार हुन सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासङ्घ स्थापनाको ६४औँ वर्षमा प्रवेश गरेको अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज विज्ञप्ति जारी गरी मुलुकको समृद्धि र विकासका पक्षमा जिम्मेवारी बहन गरी कलम चलाउन सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो । पछिल्ला दिनमा प्रेस स्वतन्त्रता हननका घटनामा सङ्ख्यात्मकरूपमा केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको तथा दण्डहीनता र स्वनियन्त्रित (सेल्फसेन्सरसीप)को अवस्था भने कायमै रहेको विज्ञप्तिमा उल्लेख छ । श्रमजीवी पत्रकारका समस्या ज्यूँ का त्यूँ रहेको तथा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि सो…
काठमाडौँ, १५ चैत । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत प्रदेश ३ तेक्वान्दो छनोटमा काठमाडौँबाट सहभागी हुने खेलाडीको टुङ्गो आज लागेको छ । काठमाडौँ जिल्ला खेलकूद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट खेलाडीको टुङ्गो लागेको हो । जसमा पुरुष ५४ केजीमुनि शैलेश गिरी, ५८ केजीमुनि रमेश तामाङ, ६३ केजीमुनि याक्सन राई, ६८ केजीमुनि प्रेम स्याङ्तान, ७४ केजीमुनि सुरज कालीकोटे, ८० केजीमुनि दिवेश श्रेष्ठ, ८७ केजीमुनि धर्मराज वाइबा र ८७ केजीमाथि मोहम्मद हमिद रहेका छन् । महिला ४६ केजीमुनि अस्मिता महर्जन, ४९ केजीमुनि जोसना पौडेल, ५३ केजीमुनि चाँदनी विश्वमित्र, ५७ केजीमुनि कृतिका चौलागाईं, ६२ केजीमुनि पुष्पा राई, ६७…
केदार मगर खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको छ । कम्मरमुनिको भाग नचलेपछि जबर्जस्ती हिँड्ने क्रममा अँगेनामा पर्दा मनिषाको खुट्टामा घाउसमेत भएको छ । जम्मा १३ छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । बाइस वर्षको उमेरमा साइली शर्मिला र २५…
विराटनगर, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि आयोगले जनाएको छ ।
काठमाडौँ, १५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी)लाई दिने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो । सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षाको बिहीबार प्रदेश नं।२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको…
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि २ वटा चलचित्रहरु प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्रहरु हुन्, ‘शुभ लभ’ र ‘साँइली’ । चलचित्र ‘शुभ लभ’ युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ भने चलचित्र ‘साँइली’ गायक हेमन्त रानाको सुपरहिट गीत ‘साँइली’ का कारण चर्चामा छ । चलचित्र ‘शुभ लभ’ लाई निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रका २ वटा गीतलाई दर्शकले रुचाएका छन् । चलचित्रको ट्रेलरले पनि सकारात्मक टिप्पणी आइरहेका छन् । चलचित्र ‘शुभ लभ’ मा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा युवा ज्योतिष हरिहर अधिकारीसँगै कृष्टिन पौडेल, राजा राजेन्द्र पोखरेल, डाक्टर सूर्या थापा, नम्रता सिम्खडा लगायतको अभिनय…
भक्तपुर, १५ चैत । भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ । भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो । मोतिबिन्दु शल्यक्रियाको उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमै सबै किसिमका आँखा सेवाको उपचार शुरु हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले सस्तो र गुणस्तरीय सेवा यहाँबाट पाउने विश्वास व्यक्त गर्नुभयो । नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरमा उपलब्ध स्वास्थ्य सेवाले देशभरीका बिरामी लाभान्वित हुने बताउँदै मोतिबिन्दु शल्यक्रिया कार्यक्रमले आँखाका धेरै रोगीले सेवा पाउने…
सुनसरी, १५ चैत्र । सुनसरीको धरान उप(महानगरपालिका(१५ सेउती खोलाबाट प्रहरीले बिहीवार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित धरान उप–महानगरपालिकाû५ देउराली बस्ने १८ वर्षका अचित भन्ने मनकुमार राई र धरान ३ बस्ने ३८ वर्षका साङ्गे तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई अपरान्ह सवा ४ बजे अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा राईको साथबाट लागूऔषध लुपिजेसिक–३० एम्पुल, एभिल–३० एम्पुल र डाइजेल्याव(३० एम्पुल त्यसैगरी तामाङलाई तरकारी बोक्ने झोलामा लुकाई राखेको लुपिजेसिक–९७ एम्पुल, एभिल(९७ एम्पुल र डाइजेल्याव(९७ एम्पुल बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई…
झापा, १५ चैत्र । झापाको मेचीनगर नगरपालिका–६ र ७ बाट प्रहरीले बिहीवार अन्दाजी १ लाख २० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बिहीवार साँझ पौने ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका ५ बोरा लेडिज कपडा र बिभिन्न किसिमका भाडाँकुडा बरामद गरेको थियो । बरामद गरिएका उक्त सामानहरु आज मेची भन्सार कार्यालय झापा बुझाईने उक्त कार्यालयले जनाएको छ ।
ढाका, १५ चैत । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए । अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा छ जनाको मृत्यु ज्यान जोगाउन…