
काठमाडौँ, १५ चैत । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत प्रदेश ३ तेक्वान्दो छनोटमा काठमाडौँबाट सहभागी हुने खेलाडीको टुङ्गो आज लागेको छ ।
काठमाडौँ जिल्ला खेलकूद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट खेलाडीको टुङ्गो लागेको हो ।
जसमा पुरुष ५४ केजीमुनि शैलेश गिरी, ५८ केजीमुनि रमेश तामाङ, ६३ केजीमुनि याक्सन राई, ६८ केजीमुनि प्रेम स्याङ्तान, ७४ केजीमुनि सुरज कालीकोटे, ८० केजीमुनि दिवेश श्रेष्ठ, ८७ केजीमुनि धर्मराज वाइबा र ८७ केजीमाथि मोहम्मद हमिद रहेका छन् । महिला ४६ केजीमुनि अस्मिता महर्जन, ४९ केजीमुनि जोसना पौडेल, ५३ केजीमुनि चाँदनी विश्वमित्र, ५७ केजीमुनि कृतिका चौलागाईं, ६२ केजीमुनि पुष्पा राई, ६७ केजीमुनि रसिका खतिवडा, ७३ केजीमुनि रेम्सेन भुजेल र ७३ केजीमाथि सुष्मा गुरुङ छन् ।
एकल पुम्सेको पुरुषमा रामचन्द्र गोपाली तथा महिलामा अनु लामा छनोट भए । पेयर पुम्सेमा राम र अनुले प्रतिस्पर्धा गर्ने भएका छन् । ग्रुप पुम्सेमा रामचन्द्रसहित मोहम्मद राज आलम र अमिन राउत छानिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

