
झापा, ११ जेठ । झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट प्रहरीले भन्सार छलि गरी ल्याइएका अवैध कपडा बेवारिसे अवस्थामा बरामद गरेको छ ।
आज दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद अवस्थामा राखिएका विभिन्न प्रकारका कपडाहरु फेला पारी बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा १ हजार पिस सेतो सेन्डो भेष्ट, ३७ पिस एडिडास हाफ पेन्ट, ६ पिस धारी हाफ पेन्ट, २९ पिस सादा हाफ पेन्ट, १४ पिस जिन्स पेन्ट, ३६ पिस कटन पेन्ट, २७ पिस साडी, ७१ पिस बक्सर हाफ पेन्ट, ३२४ पिस पेन्टी तथा ११ पिस सर्ट रहेका छन् ।
बरामद गरिएका कपडाको अन्दाजी मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


