
झापा, १२ जेठ । झापापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्ध पुरुषको अचानक लडेर मृत्यु भएको छ ।
सोमबार राति करिब ९ बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडी बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल लगिएकोमा चिकित्सकले राति ९ः५६ बजे मृत घोषणा गरेका हुन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी अधिकृतसहितको टोली खटिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box


