झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । उहाँले सरकारले दूरसञ्चार क्षेत्रको लागि छुट्टै पूर्वाधार कम्पनी खोल्ने तयारी गरेको बताउँदै सरकारले नेतृत्व गरेका कुनै पनि दूरसञ्चारसम्बन्धी कम्पनि वा संस्थाहरु कमजोर नहुने दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले निजी क्षेत्रप्रति नकारात्मक धारणा राख्ने भन्दा पनि समान व्यवहार गर्न आग्रह गर्नुभयो । “मुलुकमा राजनीतिक…

Read More

भद्रपुर, ४ चैत । स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा चार वटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सो सहकारीलाई चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ । उक्त रकम र सहकारीकोसमेत लगानीमा घरबास बनाउन शुरु गरेको सहकारीका अध्यक्ष मीना ढकालले बताउनुभयो । सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्न देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिक जसो यहाँ आउने गरेका छन् । सहकारी अवलोकनमा आउने पर्यटकलाई स्थानीय परिकार…

Read More

बुद्धशान्ति, ४ चैत । डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा खुलेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै बुद्धशान्तिमा डाँफेको सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा सेवा केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको हालको वासलात ३६ करोड ५० लाख रहेको र शेयर सदस्य ३६ सयको हाराहारीमा रहेको जानकारी गराए । डाँफेको यस अघि नै गौरादह र धरमपुरमा सेवा केन्द्र खुलिसकेको न्यौपानेले बताए । कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले डाँफे उत्कृष्ट सहकारीको सूचिमा परेको सहकारी…

Read More

हेटौँडा, ४ चैत्र । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ । आज एक दिनका लागि प्राविधिकले आवश्यक पोशाक र रसायन जुटाउन कुखुरा नष्ट गर्ने अभियान स्थगन गरिएको कार्यालयले बताएको छ । बाँकी कुखुरा आगामी पाँच दिनभित्र नष्ट गरी खाल्टोमा पुर्ने…

Read More

गङ्गा पराजुली पशुपतिनगर, ४ चैत । तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ । प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी शिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रोको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रो, थार, चरिबाघ लगायत सयौँ प्रजातिका चराको वासस्थान रहेको उत्तरी इलामको उक्त वनलाई संरक्षित क्षेत्र बनाउन थालिएको हो । सन्दकपुर गाउँपालिका–५ को पिप्लेदेखि २ को बिखेभञ्ज्याङसम्मको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन समुदाय, जनप्रतिनिधि, संरक्षणकर्मी र वन कार्यालयय लागेका गाविस अध्यक्ष उदयबहादुर राईले बताउनुभयो । छत्तिस प्रजातिका गुराँसका बोट रहेको जङ्गल तीव्र फँडानी भएपछि संरक्षणको अवधारणा बनाउन गाउँपालिकाले डिभिजन वन कार्यालयलाई एक वर्ष अघि…

Read More

भीमदत्तनगर, ४ चैत । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नुभयो, “खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।” पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ ।“सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।” आफूसित भएको जग्गाको पुर्जा…

Read More

काठमाडौँ, ४ चैत । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकलले अवैध रुपमा शुल्क लिएको पाइएको हो । चिकित्सा शिक्षाको विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थीपिच्छे फरक छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, ४ चैत । बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग ९यूएनएचसीआर० ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी हुन् । दुई महिनाअघि भुटान फर्कन पाउँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छिन् । उनीचाहिँ कान्छा छोराबुहारीसँग शरणार्थी शिवरमा छिन् । पछित मानध्वज डेढ वर्षअघि दिवंगत भए । यूएनएचसीआरले १९ डिसेम्बरदेखि १० दिनसम्म भुटान फर्किन इच्छुक शरणार्थीको विवरण संकलन गरेको थियो । ७ जनावरीदेखि एक महिनासम्म फाराम भरेकाहरुसँग अन्तर्वार्तासमेत लिइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ४ चैत । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवह ५१५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रषण पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले धेरै हो । चालू्र आर्थिक वर्षको पुससम्ममा ४४३ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण आएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनाको विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८।…

Read More

काठमाडौँ, ४ चैत । कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो । कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका सहसचिव घिमिरेले द्विपक्षीय वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरूका आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने गरी श्रम समझदारी गर्ने विषयमा कतार सकारात्मक रहेको जानकारी दिए । सहसचिव घिमिरे नेतृत्वको नेपाली टोलीले गएको बुधबार र बिहीबार कतारसँग त्यहाँको प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरेर स्वदेश फर्किएको…

Read More