झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चौतारा, १४ चैत । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा…

Read More

झापा, १४ चैत । झापाको दमक नगरपालिका–४ चियाबगानमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बुधवार बेलुका ७ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख २८९३ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिंदा साईकल यात्री भारतको भुताहा घर भई दमकमा मजदुरी गर्दै आएका ४५ बर्षीय सकिलाल मण्डलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतको शव पोष्टमार्टमको लागि दमक अस्पतालमा राखिएको छ भने ट्रक र ट्रक चालक दमक नगरपालिका–४ का ४३ बर्षीय संजिव श्रेष्ठ इलाका प्रहरी कार्यालय दमकको नियन्त्रण रहेका छन् ।

Read More

गाईघाट, १४ चैत । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२ वर्षको जेल सजाय र रु एक लाख आर्थिक बिगो भराउने र अर्का १७ वर्षीय किशोरविरुद्ध १६ वर्ष दुई महीना जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । दुवै किशोर १८ वर्षभन्दा तल भएका कारण…

Read More

विराटनगर, १४ चैत । वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ । निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा वन छ भने समग्र जिल्लाको २९.९ प्रतिशत क्षेत्रफल बनले ढाकेको छ । प्रायः फागुनदेखि जेठ महीनामा वनमा डढेलो लाग्ने गरेको पाइएको छ भने विशेष गरेर मानवका कारण वन डढेलो लाग्नु र वन क्षेत्रमा रहेका बस्ती पनि जोखिममा पर्ने भएकाले यसतर्फ सम्बन्धित निकायले निगरानी बढाउन डिभिजन वन कार्यालयले ‘डढेलो नियन्त्रण गरौँ,…

Read More

बेइजिङ, १४ चैत । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’ उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए । नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ । चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान,श्रीलंकालगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको बताए । ती अधिकारीले भने, ‘सबै मुलुकलाई बेल्ट एन्ड रोड इनिसियटिभ…

Read More

काठमाडौँ, १४ चैत । खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्य गर्न खाजेको आरोप लगाएकी छन् । विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्र हत्या गर्न खोजेको भनाई उनको छ । विवेकशीलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मन्त्री मगरविरुद्ध उजुरी हालेको थियो । विवेकशीलकी रञ्जु दर्शनाले आयोगमा दिएको उजुरीको समाचार प्रकाशित भएपछि मन्त्री मगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनाको कुनै पनि निर्णयमा आफ्नौ कुनै भूमिका नरहेको, मेलम्ची बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय रहेको उल्लेख गरिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

बुटवल, १४ चैत । बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ । बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको बुधबार अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी विगत एक दशकदेखि बुटवल मैनाबगरस्थित अटो वर्कसपमा काम गर्दै आएका थिए । आक्रमणकारी समूहको प्रहरीले खोजी गरिरहेको छ ।

Read More

इनरुवा, १३ चैत । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा आज पिकअप गाडीको ठक्करबाट जङ्गली अर्नाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२च ५९५८ नंको पिकअप गाडीको ठक्करबाट कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको अर्नाको मृत्यु भएको हो । चरिचरनका लागि आरक्षबाट बाहिर निस्केको अर्नाको आरक्षतर्फ जाँदै गरेको बेला ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । पिकअप सडकमा पल्ँिटदा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेमा चालक दाङको गडुवा गाउँपालिका–२ का १८ वर्षीय श्रीचन्द्र चौधरी, ४१ वर्षीय ज्ञानप्रसाद चौधरी र ३८ वर्षीय जीतराम चौधरी रहेका छन् । घाइतेको…

Read More

पशुपतिगनर, १३ चैत । चिया बगान व्यवस्थापनले श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित भएका छन् । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको दैनिक भत्ता र महँगी भत्ता कार्यान्वयन नगरिएको भन्दै बन्दको घोषणा गरेका हुन् । चिया मजदूर सम्बद्ध तीन सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगान र कारखानामा कार्यरत श्रमिकको आधारभुत पारिश्रमिक दैनिक रु २३१ र महँगी भत्ता रु १५४ कायम गर्न आन्दोलन गर्दै आएका छन् । श्रम ऐन कार्यान्वयनका…

Read More

काभ्रेपलाञ्चोक, १३ चैत । जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै सङ्कटा क्लब ‘काभे्र गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । काभे्रको धुलिखेलमा जारी काभे्र गोल्डकपअन्तर्गत आजको सेमिफाइनल खेलमा सङ्कटा क्लबका लक्ष्मण रुचालले २३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धामा रुचालले पेनाल्टीका माध्यमबाट गरेको गोलले सो टिमलाई फाइनलसम्मको यात्रा तय गर्न मद्दत मिल्यो । रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै जावलाखेलबाट खेलेका अफ्रिकी खेलाडी आद्मा डोम्बियालाई रातोकार्ड दिइएपछि सो टिम २३औँ मिनेटपछि १० खेलाडीमा सीमित बन्न पुगेको थियो । आजको खेलमा जावलाखेलका खेलाडी टाम्पी आर्नेस्टलाई ‘म्यान अफ द म्यान’ को उपाधि प्रदान गरियो । बिहीबार सशस्त्र प्रहरीको एपिएफ क्लब…

Read More