
काभ्रेपलाञ्चोक, १३ चैत । जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै सङ्कटा क्लब ‘काभे्र गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ ।
काभे्रको धुलिखेलमा जारी काभे्र गोल्डकपअन्तर्गत आजको सेमिफाइनल खेलमा सङ्कटा क्लबका लक्ष्मण रुचालले २३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धामा रुचालले पेनाल्टीका माध्यमबाट गरेको गोलले सो टिमलाई फाइनलसम्मको यात्रा तय गर्न मद्दत मिल्यो ।
रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै जावलाखेलबाट खेलेका अफ्रिकी खेलाडी आद्मा डोम्बियालाई रातोकार्ड दिइएपछि सो टिम २३औँ मिनेटपछि १० खेलाडीमा सीमित बन्न पुगेको थियो । आजको खेलमा जावलाखेलका खेलाडी टाम्पी आर्नेस्टलाई ‘म्यान अफ द म्यान’ को उपाधि प्रदान गरियो ।
बिहीबार सशस्त्र प्रहरीको एपिएफ क्लब र काभे्र जिल्ला फुटबल सङ्घबीच फाइनलका लागि प्रतिस्पर्धा हुनेछ । छ वटा ए डिभिजन क्लबसमेतको सहभागितामा जिल्लामा २५ वर्षपछि भएको फुटबल प्रतियोगितामा १० टोली सहभागी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

