
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह नगरपालिका भित्र साविक गौरादह, महारानी झोडा डोरामारी, चान्दु सिमसार क्षेत्र र जुरोपानी गरी ४ वटा खानेपानी वितरण तथा सरसफाई उपभोक्ता समितिहरु रहेका छन् । यसमध्ये साविक गौरादहलाई लक्षित गरेर सञ्चानलमा रहेको गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समिति बाट मात्र सेवा ग्राहीलाई सेवा उपलब्ध भइरहेको छ । बाँकी स्थानमा निर्माण भइरहेका खानेपानी ट्यांकीहरु कहिले सञ्चालनमा आउँछन् भन्न सकिने अवस्था देखिदैन । गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष बाबुराम भण्डारी सबै वितरण केन्द्रहरुलाई एकिकृत वितरण केन्द्रको रुपमा विकसित गर्दै लैजानु पर्ने बताउनु हुन्छ । गौरादह खानेपानीमा नयाँ कार्यकालको लागि यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा…
बिर्तामोड, २ चैत । झापाका गाउँ तथा नगरपालिकाहरुले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री वितरण सम्बन्धी सरकारी नीति नियम र निर्देशन नमानेको बताइएको छ । जिल्ला अनुगमन तथा समन्वय समिति झापाले कात्तिक १५ गतेदेखि आज फागुन ३० गतेसम्म गरेको अनुगमन अनुसार नीति, निर्देशन एवम् निर्णयहरु कार्यान्वयनमा पालिकाले अटेर गरेका हुन् । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन तथा बिक्री वितरण सम्बन्धी जिल्ला अनुगमन तथा समन्वय समिति झापाको अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल पालिकाले अटेर गरेकोे बताएका हुन् । यस्तो उत्खनन कार्यका लागि हरेक स्थानीय तहले आईईई स्वीकृत गराउनु पर्दछ तर…
रामप्रसाद ढुंगेल झापा, २ चैत । झापाको पुरानो बजार गरामनीमा दुईचार रुपैयाँ मागेर जीविकोपार्जन गरिरहेका अपांग र अशक्त डोलेश्वर राजवंशी र ७० वर्षको उमेरसम्मै ज्याला, मजदुरी गरिरहेकी डोलेकी आमा सुकसरी राजवंशीले पक्की घरमा बस्न पाउँला भन्ने सायदै सोचेका थिए । पक्की घर, टिनको छानो, पानी बन्द ट्वाइलेट, खाट अनि बाक्ला सिरक र डसना पनि उनीहरुको कल्पनाभन्दा बाहिरको कुरा थियो । डोलेका बाबु निकै पहिले बितेपछि, आमाले बनिबुतो गरेर खर र टाटीको सहायताले बनेको झुप्रोमा शारीरिक र मानसिक रूपमा अपांग डोलेलाई हुर्काउँदै आएकी थिइन् । बर्सेनी आउने भेलले उनीहरुको झुप्रो हिलाम्य बनाउँथ्यो । समयको लामो कालखण्डमा देश, समाज र टोलमा विभिन्न…
उर्लाबारी, २ चैत । दुई साताअघि मोरङको पथरीमा होटलको छतबाट खसेर मृत्यु भएका २६ वर्षीय षडराज तामाङको शव अझैसम्म उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालको मुर्दा घरमै थन्किएको छ । शंकास्पद मृत्यु भएको भन्दै आफन्तले तामाङको शब नउठाएपछि मुर्दा घरमै थन्किएको हो । आफन्तले शब नउठाएपछि अन्य शबको पोस्टमार्टम गर्न समस्या परेको छ भने शब गृह वरीपरी दुर्घन्ध फैलिएको छ । पथरी चोकमा रहेको सिक्का लज एण्ड बार भएको घरको छतबाट खसेर मृत्यु भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर शब पोस्टमार्टम गरिएको थियो । प्रतिष्ठानमा पोस्टमार्टम गरिएपछि तामाङको शब मंगलबारे अस्पतालको मुर्दाघरमा ल्याएर राखिएको हो । तामाङको मृत्यु शंकास्पद भएकोले…
बिर्तामोड, २ चैत । बिर्तामोड–१० स्थित खासवर्णे पैनीमा काठे पुल भत्किएर आवतजावतमा समस्या भोगिरहेका लक्ष्मीनारायण प्राविका विद्यार्थीलाई अब सजिलो हुने भएको छ । बिर्तामोड नगरपालिकाले खासबर्णे पैनीमा बक्सकल्भर्ट निर्माण गर्ने भएपछि आवतजावतमा सजिलो हुने भएको हो । ३० लाख रुपैयाँको लागतमा निर्माण हुने सो कल्भर्टको बितामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटी र बिर्तामोड– १०का वडाध्यक्ष दुर्योधन गुरुङले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । पुलको ठेक्का काठमाडौँको एक कम्पनीले पाएको वडाध्यक्ष गुरुङले बताए । पैनीमा रहेको काठे पुल गत वर्ष भत्किएको थियो । सो पुल हुँदै बिर्तामोड– १० को शिवालय चोक, कालीमुनि, पत्थरभिट्टा, कटहरडाँगी, तेलकानी लगायत छिमेकी बाह्रदशी र हल्दिबारी गाउँपालिकाका बासिन्दालाई आवतजावत…
काठमाडौं, २ चैत । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ? सुरक्षा थ्रेटबारे दाहाल आफैले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन् । सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट…
चन्द्रकला भण्डारी भद्रपुर, २ चैत । झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सर्न नसकेको हो । विसं २०७२ भदौ २० गते शाह इञ्जिनीयरिङ कन्सट्रक्सन ललितपुरले २०७३ साल पुस १९ गते निर्माण सम्पन्न हुने गरी नापी कार्यालयको भवन ठेक्कामा लिएको थियो । सोही अवधिमा निर्माण कार्य सम्पन्न नगरेको कम्पनीले दोस्रोपटक विसं २०७४ पुस मसान्तमा सक्ने गरी म्याद थप गरेको थियो । रु दुई करोड ३२ लाख ८९ हजार ८३१ मा सम्झौता भएको नापी कार्यालयको भवनको ठेकेदार…
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पापएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’ प्रधानमन्त्री ओलीले सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढको बताए । ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशीत छ । केही वर्षअघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विजरल्याण्ड निकै अघि बढ्यो । नेपाल किन पछि परेको छ, त्यसको कारण…
काठमाडौं, २ चैत । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो । मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुई जनाले मात्र प्रतिनिधत्व गर्दै छन् । टोलीमा उनी आबद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला तहका कार्यकर्ता पनि छन् । मन्त्रालयबाट मन्त्री खनाल र सहसचिव हरिबहादुर केसी मात्रै छन् । चिया व्यवसायीको कोटामा चीन जान लागेको टोलीमा तत्कालीन माओवादी…
झापा, २ चैत । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक बिदा दिइएको छ । असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छैन । असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक बिदा दिइएको छ भने…