
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका महिला अधिकार प्राप्ति नहुने बताउनुभएको छ । एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास समाजले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता नेपालले संविधानमा महिलाका लागि अधिकारको कुनै कमी नभए पनि व्यवहारमा महिलाले अधिकार प्राप्त नगरेको बताउँदै सो को कार्यान्वयनका लागि चेतना र जागरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । अहिले पनि बोक्सी प्रथा, सासूले बुहारीलाई राम्रो व्यवहार नगर्ने, महिला हिंसाजस्ता थुप्रै समस्या रहेको भन्दै उहाँले महिला र बाहुनले हलो चलाउनु हुँदैन भन्ने पुराना मान्यतालाई भोजपुरका योगमायाजस्ता महिला नेत्रीले…
भद्रपुर, २४ फागुन । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयको २४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकेन्द्र श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक प्रस्तुती सहित कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयको वार्षिक गतिविधि तथा भावी योजना वारे प्रधानअध्यापक मंगल थापाले प्रतिवेदन प्रस्तुत गर्दै अतिरिक्त कृयाकलापलाई जीवन उपयोगी शिक्षाका रूपमा विकास गरिरहेको प्रष्ट पारे । उनले सैद्धान्तिक शिक्षाले व्यक्तिका सम्पूर्ण आवश्यकता पूरा गर्न नसकिरहेको उदाहरण प्रस्तुत गर्दै व्यवहारमुखी शिक्षा बनाउन अतिरिक्त कृयाकलापलाई विदलयले अनुशरण गरिरहेको जानकारी दिए । विद्यालयका शिक्षक द्वय निशान्त…
भद्रपुर, २४ फागुन । झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा समाज सेवाका विभिन्न पक्षमा सेवामुलक काम गरिरहेको चन्द्रगढी सेवा समाज भद्रपुर १० ले ३ जना फरक विशेषता बोकेका नारीलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर समाजद्वारा भद्रपुर ९ की १०५ वर्षीया गंगादेवी उप्रेती, भद्रपुर १० की ८४ वर्षीया दृष्टिविहन इन्द्रमाया काफ्ले र २५ वर्षीया शारीरिक अपाङ्गता भएकी युवती विनिता लामिछाने थापालाई घरमै गएर सम्मन गरिएको हो । संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वका वारेमा क्रमशः दीपबहादुर राउत, खिलनाथ पाण्डे र खड्गबहादुर…
सुनसरी, २४ फाल्गुन । सुनसरीको कोशी गाउँपालिका–८ नेहरुपार्कमा शुक्रवार हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार बावुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो । हायसको ठक्करबाट मोटरसाईकलको पछाडी सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुर बस्ने ६० वर्षका अम्मर बहादुर थापा र निजको छोरा मोटरसाईकल चालक ३८ वर्षका मोहनराज थापा घाइते भएका थिए । दुर्घटनामा घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा गम्भीर घाइते बावुको उपचारको क्रममा दिउँसो ३ः५५ बजे…
बलिउडमा अहिले नायक रणवीर कपुर र नायिका आलिया भट्टको जोडीको निकै चर्चा हुनेगर्छ । उनीहरुको प्रेमको विषयमा मिडियामा धेरै समाचारहरु आइरहेको हुन्छन् । उनीहरुले छिट्टै बिबाह गर्ने तयारीमा छन् । उनीहरूले नै मिडियासामु आफूहरु बिबाहको तयारीमा रहेको बताउँदै पनि आएका छन् । यस्तैमा, रणवीरका पिता ऋषि कपुरले उनीहरुको बिबाह गरिदिन लागेको बताएका छन् । ऋषिले आफू न्युयोर्कबाट फर्किएपछि बिबाहको तयारी गर्ने बताएका छन् । ऋषिले यो जोडी छिट्टै बिबाह बन्धनमा बाँधिएको हेर्ने रहर भएकाले बिबाह गरिदिन लागेको बताएका छन् । एक खबरका अनुसार रणवीर र आलियाको परिवार छिट्टै बिबाहको मिति तय गर्नका लागि पण्डितकोमा जाने तयारीमा छन् । अप्रिल महिनामा…
काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको बताउनु भएको छ । डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई तर्साएर, बम विस्फोट गराएर नागरिकको हत्या गरेर, चन्दा आंतक मच्चाएर कम्युनिष्टको नाममा राजनीति बन्द गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो । विप्लव नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यो एउटा ‘लुटेरा समूह’ मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरु पनि लुटेरा समूह छन् भने नाम ‘लुटेरा समूह विप्लव राखे…
मेक्सिको, २४ फागुन – मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त भएको हो । तीव्र गतिमा रहेको उक्त ट्रक सडकमा पल्टिएको थियो । होन्डुरस, एल–साल्भाडोर र ग्वाटेमाला समेतका मध्य–अमेरिकी राष्ट्रहरुबाट मेक्सिको हुँदै बर्सेनि ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न जोखिमपूर्ण यात्रा गर्दछन् । बाटोमा आइपर्ने जोखिमबाट बच्न उनीहरु समूह बनाएर यात्रा गर्ने गर्दछन् । बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८०…
रुपन्देही, २४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार गम्भिर रहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, लायन सुनिल ओझा, नेपाल स्पाईनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रले प्रदेश सम्बृद्ध बनाउन सबै नागरिकका हक र अधिकार सुनिश्चित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । लायन्स क्लब अफ बुटवल सयपत्री र नेपाल…
काठमाडौँ, २४ फागुन । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो । गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
नवीन नेपाली नारायणपुर, २४ फागुन । घोराहीकी पुनम नेपाली तुलसीपुर चौकमा जुत्ता सिलाउँछिन् । छ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४÷५ वर्ष भैसकेको छ । उनी २९ वर्षकी हुन् र श्रीमान्को मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइप¥यो । श्रीमान्सँग काम गर्दागर्दै जुत्ता सिलाउन सिकेकी पुनमले श्रीमान्को मृत्युपछि तुलसीपुर चौकमा ढेब्ली पसलमा बसेर ग्राहकहरुको सेवा गर्दैआएकी छन् । उनले दैनिक ३÷४ सयदेखि दुईहजार ५०० रुपैयाँसम्म कमाउँछिन् । यसबाट घरबार चलाउनेदेखि छोरोलाई बोर्डिङ पढाउन सहज भएको छ । “पहिले पहिले त अलि अफ््ठेरो लाग्थ्यो, कसैले केही भन्छन् कि भन्ने पनि सोच्थेँ,” जुत्ता सिलाउँदै उनले भनिन् – “तर अब…