
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, २७ फाल्गुन । सुनसरीको धरान उप–महानगरपलिका–२० बिष्णुपादुकामा भएको आगलागीमा करिव ८ लाख बराबरको क्षति भएको छ । आज बिहान ९ः३० बजेको समयमा स्थानीय जित बहादुर राईको घरमा अचानक आगलागी हुँदा निजको घरमा रहेको खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सो आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ११ः३० मा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने आगलागीबाट कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
बलिउडमा कलाकारहरु राजनीतिमा धमाधम प्रवेश गर्ने लहर चलिरहेको छ । भारतीय जनता पार्टीमा कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका केही मन्त्रीहरुको नाम आउँने गरेको छ । यो बिचमा बलिउडमा दबंग सलमान खान पनि राजनीतिमा आउँने चर्चा सुरु भएको छ । उनले चर्चा यतिकै भने चलेको होइन् । सलमान खानको पारिवारी पृष्ठभुमि पनि राजनीतिक भएको धेरैको बुझाई रहेको छ । उनलाई कांग्रेस पार्टीले टिकट दिने विषय बाहिर सार्वजनिक भएपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना देखिएको छ । पछिल्ला दिनहरुमा बक्स अफिसमा उनका चलचित्रहरुले खास कमाइ गर्न नसकेको अवस्था रहेको छ । केही समय पहिले मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको…
भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।” नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।” दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी…
काठमाडौँ, २७ फागुन । पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ज गरिसक्नुभएको छ । “एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छाटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो”, खेलाडी सुनारले भन्नुभयो । खोटाङ जिल्लामा जन्मिनुभएका सुनार पार्कर खेलको विकासका…
काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्नुभयो । सरकार र मधेशमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको गठबन्धनबीच यही फागृुन २४ गते ११ बुँ्दे राजनीतिक सहमति भएको थियो । विखण्डनकारी गतिविधि परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल धारमा रहने सहमति धेरै ठूलो कुरा हो भन्दै उहाँले वैयक्तिक असन्तुष्टि र निहित उद्देश्य बोकेका केही व्यक्तिबाट मात्र त्यसको…
विराटनगर, २७ फागुन । प्रदेशसभाको बैठकमा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले सरकारको तीन खम्बे अर्थनीतिअनुरुप सहकारी पनि एउटा पाटो भएकाले त्यो ऐन सहकारी लगानीमैत्री हुनुपर्ने धारणा राख्नुभयो । उहाँले यो ऐनमा सहकारी विकास बोर्डको अवधारणा आउनुपर्ने उल्लेख गर्दै विकास, समृद्धिको यात्रामा सहकारीलाई कसरी समावेश गर्ने कुरा ऐनमा प्रष्ट आउनुपर्नेमा जोड दिनुभयो । सदस्य बिन्दिया कार्कीले यो विधेयकलाई असल र राम्रो बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गर्नुभयो । शून्य…
पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा))का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उहाँले बताउनुभयो । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै उहाँले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको बताउनुभयो ।…
झापा, २७ फागुन । चौथो मगमग झापा गोल्डकपको फाइनल खेलमा नेपाली सिने जगतका कलाकार दयाहाङ राई, मेनुका प्रधान र कृष्ण पहारी आउँदैछन् । चलचित्र ‘साइँली’को प्रमोशनका क्रममा उनीहरु झापा गोल्डकपको फाइनलमा आउन लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । उनीहरुले झापा गोल्डकपको ट्रफी उचालेर दर्शकसमक्ष प्रदर्शन गर्नेछन् ।
काठमाडौँ, २७ फागुन । नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए । सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए । प्रहरी भने मूकदर्शक थियो…
काठमाडौं, २७ फागुन । कर्मचारी समायोजन अन्तिमचरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुनसकेको छैन । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेको छ । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ जना रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेकोमा संघमा नै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् । सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म…