
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कुमार चौलागाईं काठमाडौँ, १३ फागुन । लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले मोर्डन पेन्टाथलन सङ्घ र मोर्डन पेन्टाथलन महासङ्घको एकीकरण गरी विवाद अन्त्य गरेको हो । समितिको संयोजक रहनुभएका तिम्सिनाले आफू अध्यक्ष रहेको उक्त सङ्घलाई मोर्डन पेन्टाथलन महासङ्घ नेपालसँग एकीकरण गरी विवाद अन्त्य गराएको बताउनुभयो । उपाध्यक्ष तिम्सिना नेतृत्वमा २०७० सालमा राखेपमा मोर्डन पेन्टाथलन सङ्घ गठन भएको थियो । लगत्तै २०७२ सालमा राजेन्द्र श्रेष्ठको नेतृत्वमा मोर्डन पेन्टाथलन फेडेरेशन नेपाल गठन भएको थियो । उपाध्यक्ष तिम्सिनाले भन्नुभयो, “आफ्नो अध्यक्षतामा रहेको सङ्घलाई…
गरगहना, पैसा तथा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेको त तपाईँहरुले सुन्नुभएकै छ होला । कतिपयले त आफ्नै सामान चोरी भएको उजुरी पनि टिपाइसक्नुभएको होला । तर कसैले आफ्नो मुटु चोरी भएको उजुरी टिपाएको समाचार सुन्दा तपाईँलाई अनौठो लाग्न सक्छ । हो, त्यस्तै अनौठो उजुरी परेको छ महाराष्ट्रको नागपुर प्रहरीमा । भारत नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् । ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे । एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न…
काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले छानबिनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पति र राष्ट्रियकरण गर्न र शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उहाँले वाइड बडी प्रकरणमा संलग्न…
बिर्तामोड, १३ फागुन । जेसीबीको आधिकारिक बिक्रेता एमए डब्ल्यू अर्थ मुभर्स शाखा बिर्तामोडले आज ब्याकहोलोडरको नयाँ मोडल ‘न्यू थ्रीडीएक्स सुपर’ सार्वजनिक गरेको छ । शाखा परिसरमा आयोजित एक कार्यक्रमका बीच माता लक्ष्मी कन्ट्रक्सनका सञ्चालक सुरेश कडरियाले न्यू थ्रीडीएक्स सुपरको रिबन काटेर उद्घाटन गरेका हुन् । बिक्रेता कम्पनीका ऐरिया सेल्स मेनेजर सिकन्दरप्रसाद साहले न्यू थ्रीडीएक्स सुपरमा नयाँ ३० वटा सुविधा थपिएको बताए । ‘उपभोक्ताको आवश्यकता र लगानीको उच्च प्रतिफल दिने उपकरणको उत्पादन कम्पनीको लक्ष्य हो’, उनले भने, ‘त्यसकै प्रतिफल स्वरुप ब्याकहोलोडरको नयाँ मोडल बजारमा आएको हो ।’ कार्यक्रममा अर्थ मुभर्सका प्रोडक्ट स्पेसलिष्ट कपिल श्रेष्ठले न्यू थ्रीडीएक्स सुपरले वार्षिक रुपमा १० प्रतिशतको…
नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान गरिएको छ । ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो । “यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच…
सान नेपाल करिव १ लाख अतिथिलाई स्वागत गरिने समारोहको उद्देश्य पर्यटन प्रवर्धन समेत रहेको करिव ४ सयको हाराहारीमा विशेष शौचालय निर्माण सवै आमन्त्रितको लागी निशुल्क भोजनालयको व्यवस्था धुलावारी, १३ फागुन । नेपाल मानव धर्म सेवा समितिले अन्तराष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह’ आयोजना गर्ने भएको छ । मेची नगर ४ स्थित नन्दा नदीको किनारमा रहेको नव निर्मित आश्रम परिसरमा यही फाल्गुण २३ र २४ गते विराट सत्संग समारोह हुने पत्रकार सम्मेलन बाट आइतवार जानकारी गराईएको हो । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन गइरहेको कार्यक्रममा देशविदेशबाट सन्तमहात्मा र भक्तजनको सहभागिता रहने छ वताईएको छ । समारोहमा नेपाल मानव…
संखुवासभा, १३ फाल्गुन। संखुवासभाको खाँदवारी नगरपालिका–३ मा आइतवार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने ३८ वर्षका ध्रुब बिकले आँफ्नै श्रीमती ३२ वर्षकी अन्जना बिकलाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए । हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी बिकलाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाईएको छ । घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिन गई हतियार प्रहार गर्ने ध्रुव बिकलाई नियन्त्रणमा लिई खुकुरी र चक्कु समेत बरामद गरेको छ । घटना सम्बन्धमा…
काठमाडौँ, १३ फागुन । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा…
विराटनगर, १३ फागुन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन भन्दै पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन भन्नुभयो । केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गर्नुभयो । उहाँले…
काठमाडौँ, १३ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका उहाँले गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतबार साँझ भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको विकासमा सघाउन आग्रह गर्नुभएको हो । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका निम्ति उपयोग गर्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ । उहाँले आर्थिक एवम् सामाजिक विकाससहित भौतिक पूर्वाधार निर्माणको दीर्घकालीन योजना र दृष्टिकोण, आगामी चैतमा आयोजना हुने…