झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

वीरगञ्ज, २८ फागुन । हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् । आइतबार राति तस्करीको सामानसहित उक्त जिप वीरगञ्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्या खेलेको हो । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख अनुठालाल पटेलका छोरा आनन्द पटेलले सरकारी नम्बर प्लेटको उक्त जिपमा भारतको रक्सौलबाट हार्डवयरका सामान, राजश्व छलेर वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज भन्सार नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले…

Read More

काठमाडौँ, २८ फागुन । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ । एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । खानी तथा भूगभए विभागको महानिर्देशक डा।सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु…

Read More

काठमाडौं, २८ फागुन । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् । गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएका छन् । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८,…

Read More

काठमाडौँ, २८ फागुन । चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’को तयारी तीव्र पारिएको मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिनुभयो । महायज्ञको विषयमा सोमबार चितवनबाट आई काठमाडौँमा पत्रकारिता गरिरहेका पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा उहाँले देशकै सम्पत्तिको रूपमा रहेको देवघाटधाममा निर्माण हुने शिवको मूर्तिले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको बताउनुभयो । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा देवघाटधाम संरक्षण प्रतिष्ठानले महायज्ञको आयोजना…

Read More

काठमाडौं, २७ फागुन । सरकारले पटकपटक उनलाई राज्यद्रोहको अभियोगमा समात्यो, थुन्यो । विखण्डनको आरोपमा अनेकपटक धरपकड ग(यो । मधेसलाई छुट्टै देश बनाउने राजनीतिक अभियान चलाइरहेका सिके राउतको छवि समाजमा क्रुर अपराधीको जस्तो बन्दैरबनाइँदै थियो । उता उनी आफै चाहिँ स्वतन्त्र मधेसको सपना देखिरहेका थिए । र, त्यसैका लागि खटिरहेका थिए । शुक्रबार अप्रत्यासित लाग्ने गरी सरकार र राउतबीच भएको ११ बुँदे सहमतिले राउतको राजनीतिक महत्वाकांक्षालाई बल पु(याएको विश्लेषण हुन थालेको छ । बेग्लै देश बनाउन हिँडेका राउतले मूलधारको प्रतिस्पर्धामा आउन तयार भएको घोषणा त गरे । तर, त्यसको दुई दिन पनि नबित्दै स्वतन्त्र मधेसकै नारासहितको प्रदर्शनमा सहभागी भए । सहमति…

Read More

विराटनगर, २७ फागुन । पाँचौँ महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताको शिल्ड आज यहाँ सार्वजनिक गरिएको छ । अखिल नेपाल फूटबल सङ्घ ९एन्फा०द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिल्ड सार्वजनिक गर्नुका साथै सहभागी टोलीका प्रशिक्षक र कप्तानसँग साक्षात्कारसमेत गराइएको छ । सो अवसरमा बङ्गलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको बताउँदै आफ्नो देश फाइनलमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भारतीय टोलीका प्रशिक्षक मामुल रवि र कप्तान फुसलता देवीले प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने भन्दै फाइनलमा अन्य कुन देशको टोलीसँग प्रतिस्पर्धा हुने हो त्यो अहिले भन्न नसकिने बताउनुभयो । यसैगरी माल्दिभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले आफ्नो देश सेमिफाइनसम्म…

Read More

कायरो, २७ फागुन । इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४७ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् । “आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन्” सैन्य प्रवक्ता तामेर अल रेफैले भन्नुभयो । घटनास्थलबाट अरु झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकल उनीहरु बस्ने दुई घर नष्ट गरिदिएका छन् ।…

Read More

भद्रपुर, २७ फागुन । झापा सदरमुकाम दक्षिण कचनकवल ३ दल्कीमा रहेको अभिमुक्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले गरिवी निवारण कार्यक्रम अन्र्तगत अतिविपन्न १ सय २५ परिवारलाई ग्यास चुलो सेट सहित सिलिण्डर हस्तान्तरण गरेको छ । समितिको आयबाट ३५ प्रतिशत रकम उपभोक्ताको जीवन स्तर उकास्न खर्च गर्नु पर्ने कानुनी प्रावधान अनु्सार प्रतिपरिवार ६ हजार मूल्य बरावरको सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटर अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । समितिका अध्यक्ष गिरिराज नेपालको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा समितिको कार्यालय परिसरमा अशक्त, अपाङ्ग, गरीब निमुखा अतिविपन्नले ग्यास सेट पाउँदा हर्षित बनेको दृष्य देखिन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र…

Read More

पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि भूउपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान हुने बताउनुभयो । वर्षांैदेखि जमीनमा रगत र पसिना बगाएका किसानलाई जमीनको मालिक बनाउनुपर्ने उहाँको भनाइ थियो । उनीहरूलाई अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्नेमा अध्य प्रचण्डले जोड दिनुभयो । दश वर्षसम्म भूमि सुधारकै लागि आफूहरूले सङ्घर्ष गरेको र नेपालमा आर्थिक समृद्धिसँग भूमिसुधार प्रत्यक्ष जोडिएको उहाँले बताउनुभयो । “भूमिसम्बन्धी समस्या समाधान गर्न नसके सरकारमा बस्नुको…

Read More

नेपालगञ्ज, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताउनुभएको छ । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भन्नुभयो, “सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रष्ट पार्नुपर्छ ।’’ नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधितर्पm इङ्गित गर्दै अध्यक्ष थापाले भन्नुभयो, “दमनको नीतिले समाधानमा पुग्न सकिदैन् । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।” एक प्रश्नको जवाफमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको…

Read More