झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापाको अर्जुनधारा जलेश्वर धाममा महाशिवरात्रीको अवसरमा आज पूजा आराधना गर्न आउनुभएका श्रद्धालु भक्तजनहरु । धाममा महाशिवरात्रीको अवसरमा आज अखण्ड शिव नाम उच्चारण गरिँदै छ । आज बिहान ९ बजेदेखि शुरु भएको अखण्ड नाम उच्चारण भोलि बिहान ९ बजे समापन हुनेछ । तस्वीरहरुः सन्तोष शर्मा

Read More

भद्रपुर, २० फागुन । भद्रपुर २ पृथ्वीनगर स्थित ज्ञान सरोवर निकेतन माध्यमिक विद्यालयको २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा स्वास्थ्य निशुल्क शिविर, उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा उत्सव सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपति चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानअध्यापक राम कँडेलले वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विविध गीत, नृत्य, हाँस्यव्यंग्य सहित कला प्रस्तुत गरिएको कार्यक्रममा छात्रा विनिसा गुरूङ र राज चापागाईले स्वागत तथा शिक्षक राजु…

Read More

अमेरिका, २० फागुन । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो । जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताउनुभयो । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उहाँले जानकारी दिनुभयो । जोन्सले आँधीबाट मानिसका घरहरुमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते…

Read More

अनिलदेब राई झिलझिले (सम्झाना चौक), २० फागुन । धार्मीक एबम् पर्यटकीयस्थल सताक्षीधाम परिसरमा निर्माणधिन किरात तेमेनलुम किरात (माङहिम) मन्दिरलाई देश तथा बिदेशमा रहेका किरात धर्मप्रेमीहरुबाट आर्थिक सहयोग प्रदान गर्ने क्रम बढ्दै गएको छ । यसैबीच, हालः अमेरिकामा बसोबास गर्नुहुने सृजना सम्बाहाम्फेले आफ्नो धर्म, भाषा र संसकार–संस्कृतिसहित पहिचानलाई बचाईराख्न तेमेनलुम माङहिमको भूमिका महत्वपूर्ण रहने भन्दै रु एक लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ । झापा, शिबसताक्षी–८ झिलझिले निवासी सम्बाहाम्फे हालः रोजगारीको शिलशिलामा परिवारसहित अमेरिकामा बसोबास गर्दैआउनुभएको छ । त्यस्तैं, माङहिम निर्माणमा हङकङमा बसोबास गर्नुहुने याम कुमारी लावोतिले रु ३५ हाजर प्रदान गर्नुभएको छ । समितिका अध्यक्ष एबम् झापा, शिबसताक्षी–८ गुरास चौक…

Read More

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ”,…

Read More

झापा, २० फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज झापालगायत देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने…

Read More

भद्रपुर, २० फागुन । लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ । झापाको काँकडभिट्टामा शनिबारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मद्दत पु¥याएको छ । प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य रु दुई हजार निर्धारण गरिएको थियो तर प्रदर्शनीमा अवलोकन गर्न आएका एक व्यक्तिले सो चित्रलाई रु पाँच हजार तिरेर खरीद गरेको झापाका उदीयमान चित्रकार विनोद राजवंशीले बताउनुभयो । “यति राम्रो चित्रको रु दुई हजार दाम अलि कम भयो जस्तो लाग्छ, कतिसम्म दाम राख्न सकिन्थ्यो भनेर उहाँले मलाई सोध्नु भयो”,…

Read More

बनियानी, २० फागुन । झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक…

Read More

धनुषा, १९ फागुन । मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता विरोधी कुनै पनि गतिविधि आफूलाई स्वीकार्य नहुने बताउनुभएको छ । चेतना नेपालद्वारा आज जनकपुरमा आयोजित सङ्घीयता कार्यान्वयन विषय अन्तक्र्रियामा उहाँले सयौँ मधेशी युवाको बलिदानीबाट प्राप्त सङ्घीयता समाप्त गर्ने षडयन्त्र कही कतैबाट भए त्यस्ता गतिविधि विरुद्ध प्रदेश सरकार अग्रणी मोर्चामा खडा हुने उल्लेख गर्नुभयो । सङ्घीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनुहुँदै मुख्यमन्त्री राउतले संविधान र सङ्घीयताको भावना विपरित ल्याइएको आन्तरिक सुरक्षासम्बन्धी विधेयक आफूले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो । संविधानको अक्षरश पालना नै अहिले प्रमुख आवश्यकता रहेको जिकिर गर्नुहुँदै उहाँले संविधानको भावना विपरित कुनै पनि…

Read More

काठमाडौँ, १९ फागुन । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । “मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल वन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भइसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट…

Read More