
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गंगा पराजुली पशुपतिनगर, २९ फागुन । इलामको रोङ गाउँपालिका सलकपुरबाट पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा पुगेको छ । राजमार्ग कुन क्षेत्रबाट जाने भन्ने विवादले रोकिएको चुरे राजमार्गको पुनः काम शुरु भएको हो । भारतको दार्जिलिङ जिल्लास्थित खरबनी छेउको नेपाली भूभागबाट शुरु हुने राजमार्ग चुरे क्षेत्रको बीच भागबाट पश्चिम नेपालको प्यूठान जोड्ने छ । महेन्द्र राजमार्ग भन्दा २५ किलोमिटर उत्तरको चुरे बस्तीको बीचबाट पूर्व पश्चिम जोड्ने चुरे राजमार्गको सर्भे अहिले इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा भइरहेको छ । नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर र भित्री मधेशका बस्ती छिचोल्दै पश्चिमी सीमा महाकाली नदी जोड्ने राजमार्गको…
काठमाडौँ, २९ फागुन । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ । उक्त दूतावासले आज एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ ।
काठमाडौँ, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै पक्षबाट साझा व्याख्या गर्न माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सहमतिको पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएको भन्दै स्वागतयोग्य भनेको छ । तर बुँदा नं २ ले बुँदा नं १ लाई खण्डित गरेको मात्रै होइन, विखण्डनको आकाङ्क्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकैतर्फबाट वैधानिकता दिएको काङ्ग्रेसको आरोप छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुँदा नं २ मा रहेको ‘तराई–मधेशलगायत देशका कतिपय स्थानमा…
विराटनगर, २९ फाल्गुन । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । १ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट व्यवस्था भएअनुसार आर्थिक वर्ष ०७५–०७६ मा रु ५ करोड बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ वर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुबिधा युक्त कार्यालय भवन निर्माण सम्पन्न हुने गरी आज प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईले एक समारोहका वीच शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गर्नु भएको हो । साथै प्रमुख अतिथी माननीय मुख्य मन्त्रीज्यूले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे…
फागुन २९, बुधबारे । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरीङ खोलाबाट गएराती (मंगलबार ) इलाका प्रहरी कार्यालय बुधबारेको गस्ती टोलीले करीब २९.९२ क्यू फिट अबैध रुपमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा सरुवा जातको गोलिया काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरिक्षक कृष्ण हुँमागाईको नेतृत्वमा गएको गस्ती टोलीले राती १२ बजेतिर उक्त गोलिया काठ सहित काठ बोकिएको बा १३ च ५९७८ नम्बरको पिक अप र मे २ प ६२७१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको काठ, पिकअप र मोटरसाइकल जिल्ला बन कार्यालय झापाको जिम्मा लगाइसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले…
काठमाडौं, २९ फागुन । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचन भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो । निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन् । कुल तीन तहका प्रमुत, २६ वडाध्याक्ष, ८६१ वडा सदस्य, ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ । ०७४ को वैशाख, असार, र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएको थिए । आजको नयाँ पत्रिकामा खबर छ…
काठमाडौं, २९ फागुन । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था र्सिजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताउनुभएको थियो । आजको नेपाल समाचार पत्रमा खबर छ ।
वीरगञ्ज, २९ फागुन । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले सोमबार बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।…
काठमाडौं, २९ फागुन । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सीलाई कारबाही गर्न माग गर्दैै संचारमाध्यम समेत गुहारेका थिए । मन्त्रालयद्धारा गठित समितिले पिडीत विद्यार्थी र आफन्तलाई उजुरी दिन आब्हान गरेको थियो । तर कुनै पनि विद्यार्थीले उजुरी नदिएको कारण कस्लाई के कारवाही गर्ने भन्ने विषय खुलेको छैन । शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव देवकुमारी…
काठमाडौं, २९ फागुन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ । यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ…