
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनगढी, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताउनुभयो । एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उहाँले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिनुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ…
काठमाडौं, २२ फागुन । नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन । २०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन । दुर्घटनापछिको खोज तथा…
काठमाडौँ, २२ फागुन । सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ अपुग हुने विभागका महानिर्देशक बलराम मिश्रले बताउँछन् । ‘विनियोजित बजेटले एउटा रेल खरिद गर्न सकिन्छ । तर नियमित रेल सञ्चालन गर्न दुईवटा इन्जिन आवश्यक पर्छ, महानिर्देशक मिश्रले भने । उनले भने, ‘त्यसैले थप रकम माग…
काठमाडौं, २२ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् । उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै छिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ । स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
कैलाली, २२ फागुन । भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षौंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ । ‘भनेअनुसार नगरे पारि गएका बेला कुटपिट गर्ने, चोरीसिकार, तस्करी लगायतका झुटा मुद्दा लगाएर फसाइदिने धम्की दिने गरेकाले बाध्य भएर निःशुल्क श्रम गर्न र नगद बुझाउन बाध्य हुँदै आएका छौं,’ कैलारी गाउँपालिका–३ का वडा सदस्य भगीराम चौधरीले भने, ‘के गर्नु,…
काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा उक्त परिमाणको नोट छाप्ने जिम्मा पाएको छ । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।
काठमाडौँ, २२ फागुन । सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च। राजस्व संकलन वैदेशिक ऋण र अनुदान परिचालनका लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो । पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६ वित्तिय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाइएको छ । यसले समग्र खर्च ८.८ प्रतिशत कम हुने अनुमान छ । राजस्व संकलन लक्ष्यभन्दा ३ प्रतिशत कम हुनेछ । मध्यावधि समीक्षामार्फत अन्य लक्ष्य मात्रै घटाउने परम्पराविपरीत यस पटक राजस्व संकलनको लक्ष्यसमेत घटाइएको हो । वैदेशिक सहायता र ऋण क्रमशः ३२ र ३५.६ प्रतिशत कम हुने गरी लक्ष्य संशोधन…
भद्रपुर, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताउँदै पार्टी एकतामाथि कुनै अड्चन आउला कि भनेर शङ्का नगर्न आग्रह गर्नुभएको छ । इलामको सुखानी शहीदभूमिमा आज आयोजित झापा विद्रोहका पाँच शहीदको ४६औँ स्मृतिसभामा उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको एकता प्रक्रियालाई अब केही दिनमै अन्तिम रुप दिइने बताउनुभयो । मुलुकमा माओवादी जनयुद्धको नेतृत्व गरिरहेको अवस्थामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकमा आफूले माओवादी विद्रोह र झापा विद्रोहका शहीदलाई साझा शहीद मान्नुपर्ने प्रस्ताव पास गराएको उहाँले सम्बोधनका क्रममा स्मरण गर्नुभयो । झापा विद्रोह नेपाली…
विराटनगर, २१ फागुन । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले तीन तहका सरकारको सहकार्यबाट महिला अधिकार स्थापित गर्नुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला हक अधिकारीसम्बन्धी प्रादेशिक महिला सम्मेलन–२०७५’को आज यहाँ आयोजित उद्घाटन समारोहमा उहाँले वर्तमान संविधानले महिलालाई सामाजिक न्याय दिएकाले यसको प्रभावकारी कार्यान्वनको आवश्यक्ता आँैल्याउनुभयो । उहाँले लैङ्गिक हिंसा घरपरिवारबाट हटाउन संस्कार परिवर्तनमा जोड दिनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मेलनबाट प्रदेशभरका महिलाले भोग्नुपरेका समस्या र उनीहरुका हक अधिकारको सम्बन्धमा निचोडमा पुग्न सकिने बताउनुभयो । उहाँले लैङ्गिक निर्माणमा सम्मेलन मार्गदर्शन हुने विचार व्यक्त गर्नुभयो । प्रदेश उपसभामुख सरस्वती पोखरेलले मन्त्रिमण्डल गठनमा…
काठमाडौँ, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ । प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गर्नुभएको छ । उहाँले आन्दोलनमा घाइते भई उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।