झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ३० फागुन । काम, काम, काम १ जति व्यस्त भए पनि समयसमयमा मिर्गौला जँचाउन नबिर्सनु होला । किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन । ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ । जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ । विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन । तर नआत्तिनुहोस् ! अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ। रोकथामको सजिलो उपाय नै बेलाबेलामा जँचाउनु हो । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । ‘जब मिर्गौला बिग्रन्छ, तबमात्र स्याँ–स्याँ गर्दै अस्पताल आउने चलन छ’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले भने, ‘वर्षमा एकपटक जँचाए मिर्गौला…

Read More

उर्लाबारी, ३० फागुन । एक १३ बर्षीया बालिकालाई करणी गरेको अभियोगमा मोरङ, उर्लाबारी–३ का २५ बर्षिय जेम्स क्षेत्री भन्ने चन्द्रमणी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । आचार्यले ती बालिकालाई गिफ्ट दिने प्रलोभन देखाउँदै तीनदिनअघि करणी गरेका थिए । आचार्यले आफ्नै घरमा लगेर ती बालिकालाई पटक–पटक करणी गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए । लेटाङ एक्सपोमा चिनजान भएपछि ती बालिकालाई गत शनिबार आचार्यले ‘गिफ्ट लिन आउ’ भनी कानेपोखरी बोलाएका थिए । आचार्यले गिफ्ट लिन बोलाएपछि ती बालिका लेटाङस्थित आफ्नो घरबाट कानेपोखरी आएकी थिइन् । कानेपोखरी आएपछि ती बालिकालाई घर जान नदिई आचार्यले आफ्नै घर ल्याएर राखेका थिए…

Read More

कनकाई, ३० फागुन । चुडाल बन्धु कल्याण केन्द्रीय समितिले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई विशेष सम्मान गरेको छ । समितिले ११ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा ढकाललाई सम्मान गरेको हो । समितिले साधारण सभाको अवसरमा हरेक वर्ष छुट्टा छुट्टै विधामा एकजना सामाजिक क्षेत्रका अगुवा व्यक्तित्वलाई विशेष सम्मान गर्दै आएको छ । लामो समयदेखि मानवीय सेवामा समर्पित रेडक्रसकर्मी लोकराज ढकाललाई समितिका केन्द्रीय अध्यक्ष गोपाल चुडालले दोसल्ला ओढाएर नगद रू १० हजारसहित सम्मान पत्रका साथ सम्मान गरिएको हो । स्व. हिमादेवी चुडाल अक्षयकोषवाट सम्मान गरिएको जनाइएको छ । सम्मानकै क्रममा काठमाडौँ क्षेत्रीय समितिका तर्फवाट चुडाल बन्धुका छोराछोरीहरु मध्ये गत वर्षको एसईई…

Read More

बिर्तामोड, ३० फागुन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले बुधबार झापाका तीन नेता–कार्यकर्ताको घरमै गएर समवेदना व्यक्त गर्नुभएको छ । सभापति शेरवहादुर देउवा, महामन्त्री सशांक कोइरालासहित केन्द्रीय सदस्य र सभाषदहरुको टोलीले दिवंगत नेता–कार्यकर्ताको घरमै गएर समवेदना व्यक्त गर्नुभएको हो । कांग्रेसका अग्रज नेता तथा पूर्वसांसद जितबहादुर पुरी, कांग्रेस झापाका सल्लाहकार छत्रबहादुर गिरीकी श्रीमती सुनिता गिरी, कांग्रेस झापाका पूर्वसदस्य ढुण्डिराज घिमिरे, जनआन्दोलनका घाइते धुलाबारी निवासी धनकाजी खत्रीकी आमा नन्दकुमारी खत्रीको निधनपछि परिवारसँग समवेदना बाँड्न कांग्रेस केन्द्रीय समितिको टोली झापा आएको हो । शोक समवेदना प्रकट गर्ने क्रममा नेता जितबहादुर पुरीको राजनीतिक योगदान र उहाँले प्रजातान्त्रिक आन्दोलनमा खेल्नुभएको भूमिकाका बारे…

Read More

काठमाडौँ, ३० फागुन । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो । उनीहरुलाई नेपाल पठाउन दूतावासले एकतर्फी हवाई टिकट उपलब्ध गराएको थियो । दूतावासले फागुन महिनामा विभिन्न घरफिर्ती केन्द्रमा अलपत्र रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले अनुगमन गरेको थियो । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा नेपाली श्रमिकमा शारीरिक तथा मानसिक समस्या देखिएको दूतावासले जनाएको छ । विभिन्न कारणबाट विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने…

Read More

विराटनगर, ३० फागुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रको लागि मोरङको सुन्दर–हरैचा नगरपालिका-९ मा ५० बिगाहा जग्गा उपलब्ध भएको छ । पूर्वाञ्चल विश्वविद्यालय नजिक रहेको उक्त जग्गा बुधवार तालीम केन्द्रको नाममा प्राप्त हुन आएको हो । हाल १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, सशस्त्र प्रहरी गण मुख्यालय रानी र तालीम केन्द्र गरि ३ वटै प्रहरी कार्यालयहरु एकै स्थानमा रहेकोमा पर्याप्त जग्गा र स्थान अभावमा प्रशिक्षण सम्बन्धि विभिन्न गतिविधिहरु संचालन गर्न असहजता रहेको थियो । उक्त स्थानमा तालिम केन्द्र स्थानान्तरण भए पश्चात फराकिलो स्थान हुने हुनाले तालीमका लागि उचित वातावरण र पर्याप्त भौतिक पूर्वाधार निर्माण गर्न समेत सहज हुने भएको…

Read More

काठमाडौँ, २९ फागुन । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य भोजबहादुर शाहले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्ष शाहले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताउनुभयो । विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ । प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ,…

Read More

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस् । लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।” प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताउनुभयो । “जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, उहाँले भन्नुभयो, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै…

Read More

काठमाडौँ, २९ फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको १५ दिवसीय उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको आज समापन गर्दै उहाँले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने बताउनुभयो । “राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाएर साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुन्छ,” उहाँले भन्नुभयो । त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषमा समस्त नेपाली…

Read More

विराटनगर, २९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने विचार व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम…

Read More