
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २७ फागुन । विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको खबर सार्वजनिक भएको हो । शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीलाई उर्तिण गराइदिने भनेर त्यसरी घुस खाने गरेको पाइएको हो । महानगरीय प्रहरी परिसर टेकुबाट पाएको सूचनाको आधारमा अख्तियारले छानवीन गर्दा शाहिले साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरासँगको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको खुलेको…
काठमाडौं, २७ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव समूहले प्रयोग गरिरहेको बताए । सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए । प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए । अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ…
काठमाडौं, २७ फागुन । भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । दोस्रो चरणको मतदान बैशाख ५, तेस्रो चरण बैशाख १०, चौथो चरण बैशाख १६, पाँचौ बैशाख २३, छैठौ बैशाख २९ र सातौ चरणको मतदान जेठ ५ गते हुने आयोगले जनाएको छ । लोकसभामा ५ सय ४५ सिट मध्ये ५ सय ४३ सिटका लागि निर्वाचन हुन लागेको हो…
विराटनगर, २७ फागुन । नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । प्रहरीले शुक्रबारबाटै सप्तकोसी नदी आसपासमा शवको खोजी गरिरहेको छ । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरेका थिए । आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ ।…
काठमाडौँ, २७ फागुन । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब…
पोखरा, २६ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्को सम्मानार्थ काङ्ग्रेस कास्कीद्वारा आज आयोजित कार्यक्रममा उहाँले सम्झौताको भाषा प्रष्ट नभएको बताउनुभयो । प्रधानमन्त्रीकै उपस्थितिमा सीके राउतले सरकारले जनमत सङ्ग्रह स्वीकारेको भनेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय अखण्डता, अविभाज्यताजस्ता विषय भाषण गरेर मात्रै नहुने उल्लेख गर्नुभयो । पार्टीभित्रको एकता भावना र व्यवहारमा हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामी एक भयौँ भन्दैमा एकता हुने होइन, तातोपानीमा पौडी खेलेर एकता हुन्छ रु” तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता…
विराटनगर, २६ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सामाजिक सङ्घसस्था नियमन गर्न बनेको विधेयकबाट डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश कार्यालयद्वारा आज यहाँ आयोजित ‘नागरिक सङ्गठन ९सङ्घसंस्था० का संवैधानिक अधिकार’ संवाद कार्यक्रममा उहाँले राज्य एक्लैले सबै काम गर्न नसक्ने हुँदा सङ्गठनले समाज रुपान्तरण गर्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले नागरिक सङ्घ÷सङ्गठन कानून अनुसार नै चल्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य शेखर थापा र खिनु आङला लिम्बुले नागरिक सङ्गठनभित्र भएका कमजोरी हटाउन आवश्यक भएको बताउँदै सङ्घसंस्थालाई नियम गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।…
काठमाडौँ, २६ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।” नेता थापाले सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा चन्द्रकान्त राउत ९सिके० समूहसँग गरेको सम्झौताका विषयमा आपत्ति जनाउनुभयो । “सहमति पत्र सार्वजनिक गर्ने क्रममा प्रभानमन्त्री र नेकपाका अन्य नेताहरु समेत आफैँ सहभागी हुनुभएको छ, त्यस बारेमा सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो । शुक्रबार सरकारको तर्फबाट गृहमन्त्री…
झापा, २६ फागुन । झापा गोल्डकप आयोजक समितिले झापा ११ एफसीका पूर्व खेलाडी नरेन्द्रमणि लिम्बूलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । मग मग झापा गोल्डकपको चौथो संस्करणको फाइनलका दिन सोमबार अवार्डस्वरुप एक थान मोटरसाइकल प्रदान गर्न लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । लामो समयसम्म झापाली फुटबलको विकास र उन्नयन्का लागि महत्वपूर्ण योगदान पु¥याएकाले लिम्बूलाई अवार्ड प्रदान गर्न लागिएको अध्यक्ष गिरीको भनाइ छ । स्कुल पढ्दै गर्दा फुटबल खेलमा प्रवेश गरेका नरेन्द्र बिर्तामोड ४ का स्थायी बासिन्दा हुन् । सन् १९७९ मा बुवा रुपनन्द जबेगु र आमा धनकुमारी लिम्बूको कोखबाट हङकङमा जन्मेका नरेन्द्रले जिल्लास्तर हुँदै पूर्वाञ्चल र…
अदिस अबाबा, २६ फागुन । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् । इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको…