
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
रमेश लम्साल काठमाडौँ, १८ फागुन । विद्युत्लाइन छैन भन्दा छ, तर पङ्खा, बत्ती र पानी तान्ने मोटर चलाउनसमेत पाइँदैनथ्यो । बत्ती भए पनि टुकी बाल्नुपर्ने अवस्था थियो । धेरै उपभोक्ता हैरान थिए, तर बत्तीको बिलसमेत साविककै आउने गरेको थियो । पटकपटक लाइन ‘ट्रिप’ हुने र लाइन हुँदा पनि कम ‘भोल्टेज’का कारण समस्या भोग्दै आएका झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक, राजगढलगायत स्थानमा समस्या पर्दै आएको थियो । कम भोल्टेजका कारण बत्ती बालेपनि पछिल्लोपटक नेपाल विद्युत् प्राधिकरणले सो क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यका साथ घैलाडुब्बा सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ । नेपाल सरकार, प्राधिकरण र एसियाली विकास बैंकको सहुलितपूर्ण…
भद्रपुर, १८ फागुन । झापा जिल्लामा नदी उत्खनन प्राकृतिक श्रोत उपभोग नियमावली विपरित भइरहे पनि स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको रहस्य बाहिर आएको छ । स्थानीय सरकारमार्फत ठेक्का लागेका झापाका अधिकाम्स नदी उत्खननको जिम्मा लिएका ठेकेदारले तोकिएको मापदण्ड मिचेर काम गरिरहे पनि स्थानीय सरकारले कार्वाही गर्न नसकेको पाइएको हो । प्राकृतिक श्रोत बाँडफाड तथा उपभोग नियमावली अनुसार खोला र नदी जन्य सामग्री उत्खननबाट आउने आम्दानीमा स्थानीय सरकार पहिलो हकदार रहने कानुनी प्रावधान अनुसार प्रदेश सरकार मार्फत स्थानीय सरकारले वार्षिक ठेक्का लगाएका हुन् । वातावरणीय परीक्षण प्रतिवेदनले तोकेका स्थानबाट मात्र उत्खनन गर्नु पर्ने प्रावधानलाई झापाका स्थानीय सरकारले वेवास्ता गर्दा ठेकेदारको मनोमानीमा…
भीष्मराज ओझा काठमाडौँ, १८ फागुन । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा गत असार ६ गतेदेखि उक्त बेलुन उडाउन पहिलो पटक परीक्षण शुरू गरिएको थियो । परीक्षण उडानपछि आवश्यक तयारी र पूर्वाधार निर्माण गरी बेलुन नियमित उडान शुरु गरिएको हो । हाईड्रोजन ग्यास भरिएको यस्ता…
चितवन, १८ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताउनुभएको छ । आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताउनुभयो । देशका धेरै अस्पताललाई नेताले बिगार्ने काम गरेको भन्दै उहाँले भन्नुभयो, “अस्पताल बर्बाद गर्नेहो भने राजनीति गरौँ ।” सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारी अस्पतालबाट अहिले पनि ९० प्रतिशत नेपालीले सेवा लिइरहेकाले गुणस्तर विकासमा सरकार लागेको बताउनुभयो । सबै प्रदेशमा विशिष्ट सेवासहितका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार…
काठमाडौँ, १८ फागुन । अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताउनुभएको छ । उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको दशौंँ वार्षिक साधारणसभालाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री खतिवडाले भन्नुभयो, “उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ ।” ऊनी उद्योगको विषयमा बोल्दै मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता…
भक्तपुर, १८ फागुन । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ । आज चौथो नेपाल लायन्स महोत्सव९फेस्टिबल० भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको हो । लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो । आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारांै लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिनुभयो । महोत्सवमा…
काठमाडौँ, १८ फागुन । चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् । कृष्णले निर्धारित दूरी दुई घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे । दोस्रो भएका राजनले दुई घण्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गरेका थिए । आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौँ, सविन तामाङ छैटौँ र भीम गुरुङले सातौँ भए । उपाधिसँगै कृष्णले रु एक…
विराटनगर, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गर्नुभयो ।मुख्यमन्त्री राईले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको जानकारी दिनुभयो । दक्ष युवा वैदेशिक रोजगारीेमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउँदै उहाँले मुलुकको विकासमा आफ्नो क्षमता, सिप…
भद्रपुर, १८ फागुन । मेचीनगरको काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ आजदेखि शुरु भएको छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे । मुलुकको साहित्य, कला, राजनीति र पत्रकारिताका विभिन्न आयामका बारेमा विद्वत प्रवचन र विमर्श हुने सो कार्यक्रमको पहिलो सत्रमा प्रसिद्ध विश्लेषक हरि शर्माले लोकतन्त्र र आलोचनात्मक चेत’का विषयमा प्रवचन दिनुभएको छ । उहाँले विचारको विविधता, प्रश्न र सङ्घर्षबाट नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो । दोस्रो सत्रमा साहित्यको दलन’ शीर्षकमा सामूहिक विमर्श गरिएको थियो । उर्गेनका घोडा र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारवादी साहित्यकार जेबी विश्वकर्मा र…
ओखलढुङ्गा, १७ फागुन । प्रदेश नं १ प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि झापाले जितेको छ । ओखलढुङ्गामा आज सम्पन्न प्रदेशस्तरीय पुरुष भलिबलको छनोट प्रतियोगितामा भोजपुरलाई ३०–२८, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै झापाले उपाधि जितेको हो । त्यस्तै सङ्खुवासभालाई हराउँदै सुनसरीले तेस्रो स्थान हासिल गरेको छ । सुनसरीले सङ्खुवासभालाई २५–२१, २५–२३, २१–२५ र २५–२० को सेटमा हराएको छ । प्रदेशस्तरीय खेलबाट छनोट भएका खेलाडी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष रुपलाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गाबाट सञ्जय बुढाथोकी, डोरबहादुर बस्नेत र समितबहादुर बस्नेत, झापाबाट नवीन रिजाल, दिपेन मल्ली, राजन लिम्बू, सरोज चौलागाईं…