
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कुमार चौलागाईं काठमाडौँ, १४ फागुन । फरक फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासङ्घको विवाद अन्त्य हुने भएको छ । लामो समययता राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त अस्तित्वमा रहेका दुई महासङ्घ निर्वाचनमार्फत एक हुने विषयमा सहमतिमा पुगेका हुन् । युवा तथा खेलकूद मन्त्रायले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते सङ्घलाई नयाँ निर्वाचनमार्फत विवाद समाधान गर्न सहमत गराएको हो । राष्ट्रिय मान्यताप्राप्त कराँते महासङ्घ दावा गुरुङको नेतृत्वमा छ भने पुरेन्द्रविक्रम लाखे नेतृत्वमा रहेको अर्को महासङ्घलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छ । राष्ट्रिय मान्यताप्राप्त कराँते महासङ्घका अध्यक्ष गुरुङले कराँते खेलको विकासका लागि आफू जस्तोसुकै त्याग गर्न पनि…
काठमाडौँ, १४ फागुन । नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन । बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो । नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति सर्वसम्मतरूपमा चयन नभए बैठकमा अनुपस्थित हुने अडान लिनुभएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । नेता पौडेलको अडानपछि पनि संस्थापन पक्षका सदस्य बैठक कक्षमा प्रवेश गर्नुभएकोे थियो । तर संस्थापनइतर पक्ष अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगन…
काठमाडौँ, १४ फागुन । किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानले उत्पादन गरेका दूध र तरकारीको बजार व्यवस्थापनका लागि देशैभरि भण्डारण गृह र सङ्कलन केन्द्र स्थापनाका लागि योजनाबद्ध प्रयास गरिएको जानकारी दिनुभयो । हालै मात्र झापाका किसानले दूध बिक्री नभएको भन्दै सडकमा पोख्नुपरेको थियो । यस्तै चितवनका किसानले आफूले लगाएको तरकारी बिक्री नभएपछि डोजर लगाउनुपरेको थियो । दूध पोख्ने अवस्थाको अन्त्यका लागि पाउडर दूध उत्पादनका लागि देशका विभिन्न स्थानमा कारखाना चलाइएको र निजी…
सोलुखुम्बु, १४ फागुन । सोलुखुम्बुको खुम्बु पासङल्हमु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले ६ गते बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागेपनि घरमा नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे आमा मिङ्मा याङ्जी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको थियो भने छोराछोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “उनीहरुको खोजी जारी राखेका छाँै…
काठमाडौँ, १४ फागुन । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन यही फागुन १८–१९गते यहाँ हुँदैछ । महाधिवेशनले विराटनगर महाधिवेशनले पारित गरेको संशोधित विधानमा आएको समस्याबारे छलफल गरी संस्थागत निर्णय लिने बताइएको छ । सोसाइटीका सभापति सञ्जीव थापाले नेरेसो अरुभन्दा छुट्टै गैसस भएकाले छुट्टै मौलिक कानून बनाएर अघि बढ्नुपर्ने पत्रकारहरुलाई सोमबार बताउनुभयो । दक्षिण एशियाकै सफल संस्था भएको जिकिर गर्दै गोरखा भूकम्पमा संस्थाले गरेको मानवीय सहयोग इतिहासकै सर्वाधिक उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि नेरेसोले सात हजार घर बनाउने लक्ष्य राखेकामा हालसम्म छ हजार ९५ घर निर्माण गरिसकेको छ । भूकम्पमा क्षतिग्रस्त भृकृटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको काम ललितपुर ग्वार्कोमा सारिएकामा…
काठमाडौँ, १४ फागुन । नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाबाट पारित प्रस्तावका बारेमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन समेत माग गरेको छ । साधारणसभाले गत भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रतालाई बाधा पु¥याउने प्रावधान सच्याउन माग गर्ने प्रस्ताव पारित गरेको महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अधिकांश सञ्चार गृहबाट पत्रकारलाई…
इस्लामावाद, १४ फागुन । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताउनुभयो । उहाँले ट्वीट गर्दै भन्नुभएको छ – भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन । भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना…
बलिउडका हटकेक जोडी हुन्, रणवीर कपुर र आलिया भट्ट । यी दुइले खुलेरै आफ्नो प्रेमको बारेमा बताउन पनि थालेका छन् । यो जोडीले ‘ब्रह्मास्त्र’मा सँगै काम गरिरहेका छन् । यो चलचित्र पश्चात् उनीहरुले अर्को चलचित्रमा पनि काम गर्ने खबर बाहिरिएको थियो । तर, उनीहरुले यो कुरालाई अस्विकार गरेका छन् । भारतिय मिडियाका अनुसार ‘ब्रह्मास्त्र’पछि उनीहरुले कुनै पनि चलचित्रमा सँगै काम गर्ने उत्सुकता देखाएका छैनन् । रणवीर र आलियाका अनुसार पनि उनीहरु बिबाह पूर्व कुनै पनि काम सँगै गर्ने छैनन् । उनीहरु आफ्नो प्रेम सम्बन्धलाई छिट्टै बैबाहिक सम्बन्धमा परिणत गर्ने र त्यसपछि आएका अफरहरुमा भने काम गर्दै जाने समेत बताएका छन्…
काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग ९सिपिएल०अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए । सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा…
बुद्धशान्ति, १४ फागुन । जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्ति झापालाई मानवीय कार्यका लागि शव बहान खरिद गर्ने योजना सफल बनाउन मकवानपुरबाट पनि सहयोग रकम प्राप्त भएको छ । मानवीय कार्यमा जुटेको जोइन्ट हेन्ड युथ सोसाइटीलाई जिवनको अन्तिम क्षणमा आवश्यक पर्ने शव वहान खरिदका लागि हेटौंडा–४ का नवराज पुडासैनीबाट पाँच हजार एक सय, सहयोग प्राप्त मकवानपुर हेटौंडा–५ का रामशरण गौतमबाट पाँच हजार एक सय, मकवानपुर हेटौंडा कमाने–८ का मेघराज सिवाकोटीले नगद ५ हजार एक सय, हेटौंडा–१० मा रहेको होटन लियोइनका प्रबन्ध निर्देशक शंकर नेपाल र उनका बुवा लोक नाथ नेपाल दुई हजार एक सय, हेटौंडा –४ का लक्ष्मण लामिछानेले पाँच हजार…