
रोल्पा, १३ असार । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गे सल्लामा गाडी दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको मृत्यु भएको छ।
उपप्रमुख राना सवार लुम्बिनी ०१–००१ भ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै उहाँको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box


