झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, २५ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।” विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उहाँले बताउनुभयो । “द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ ।” भर्खरै सरकार र सीके राउत…

Read More

बिर्तामोड, २५ फागुन । डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापासँगको भेट पक्का गरेको हो । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको उपहार बाट फाइनल यात्रा तय गरेको थियो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको २३ औं मिनेटको त्यही आत्मघाति गोलको मदतले आर्मी फाइनलमा प्रवेश गरेको हो । खेल अवधिभर दाउफिन्सले एक दर्जन बढी पावरफुल प्रहार गरेको भएपनि गोल हुन नसक्दा उसको यात्रा सेमीफाइनलमा टुङिगएको छ । पहिलो हाफमा…

Read More

भद्रपुर, २५ फागुन । महेशपुर रेडक्रस उपशाखाको रजत जयन्ती तथा १६ औं सभा सम्पन्न गरिएको छ । उपशाखाका सभापति श्यामदेव दासको अध्यक्षता तथा भद्रपुर नगरपालिककी उप–प्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उपशाखा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ७ जनालाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जग्गादाता चमकलाल राजवंशी, उपशाखाका पूर्व सभापति स्व. बखत बा. खड्का, पूर्व सभापति उपेन्द्रनाथ पौडेल, गोपाल घिमिरे, संस्थापक आजिवन सदस्य निर्वारण सिंह राजवंशी, भवन निर्माणकर्ता श्यामनन्द सिंह र रेडक्रस कर्मी बद्री बा. कार्कीलाई दोसल्ला ओडाई सम्मान पत्रले सम्मानित गरिएको हो । उपशाखाका सचिव चमकलाल राजवंशीले संचालन गरेको कार्यक्रममा रेडक्रस झापाका मन्त्री कृष्ण…

Read More

भद्रपुर, २५ फागुन । भद्रपुर जेसीजको आयोजनामा एक दिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरिएको छ । चन्द्रगढी स्थित राष्ट्रसेवक सहकारी संस्थाको सभाहलमा नेत्तृत्व विकास, जेसीज आर्कषण र जेसीज सिद्धान्त सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको हो । भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा जिल्ला संमन्वय समिति झापाकी उप–प्रमुख मिना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासचिव डिल्लीराम पोखरेलले संचालन गरेको अभिमुखीकरण कार्यक्रममा विजय तिम्सिना, अभिषेक ढुङ्गाना र जय तिम्सिनाले प्रशिक्षण प्रदान गरेका थिए भने भद्रपुर क्षेत्रका ४० जना जति युवायुवतीहरुले प्रशिक्षण लिएका थिए ।

Read More

काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त ९सिके० राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाउनुभयो । “पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आउनुभएको छ, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन”, उहाँले भन्नुभयो । सहमतिपत्रमा स्वतन्त्र…

Read More

स्याङ्जा, २५ फागुन । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो । आज बिहान वालिङ–९ सुर्काउदीमा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडेली मोरी वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता छ । संस्थाका सचिव मोहन गुरुङले क्यानाडा, भारतसहित नेपालका नेपाल आर्मी र सशस्त्रका विभागीय टिमका १८ खेलाडीले आजसम्म…

Read More

कञ्चनपुर, २५ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले रु एक करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गर्नुभएको थियो । भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि रु एक करोड उपलब्ध गराउने घोषणा गरेको छ । मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको…

Read More

भीमदत्तनगर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएसम्म जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले जनभावनाअनुसार काम गर्न सरकारसित आग्रह गर्दै राष्ट्र विखण्डनको विषय कदापी स्वीकार्य नहुने बताउनुभयो । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको अध्यक्ष थापाको आरोप थियो ।

Read More

रवीन्द्र काफ्ले फिदिम, २५ फागुन । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४० हजार मूल्य हुँदा साँवासम्म उठ्थ्यो” जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका अगुवा अलैँची कृषक तिलविक्रम चेम्जोङले भन्नुभयो, “साँवा नै नउठ्ने भएपछि अलैँची बिक्री गर्न सकिएन् ।” राम्रो मूल्य प्राप्त गर्ने आशमा…

Read More

काठमाडौँ, २५ फागुन । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ््घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग आगामी चैत ७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ । यसअघि मलेसिया र कुबेतसँग नेपालले मैत्रीपूर्ण खेल…

Read More