झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिक्कल, ३० फागुन । दाउफिन्स फुटबल क्लब क्यामरुन इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठूलो टुँडिखेलमा आज भएको खेलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । खेलको १४औँ मिनेटमा क्यामरुनका तर्फबाट मेस्सोभ्केले गोल गरेका थिए । खेलको २०औँ मिनेटमा क्यामरुनकै पेट्न्गाले दोस्रो गोल गरेका थिए । पेट्न्गाले नै दोस्रो हाफमा अर्को गोल गरे । एपिएफका तर्फबाट सान्त्वना गोल खेलको ३५औँ मिनेटमा हरि कार्कीले गरेका थिए । ‘म्यान अफ दी म्याच’ क्यामरुनकै पेट्न्गा भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे ।

Read More

सागर गौतम खुदुनाबारी, ३० फागुन । झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न सहित कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि आवश्यक नगरपालिकाद्धारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरु सुझाव लिएको छ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०७५ साल ९ महिना ३० मा कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा जारी भएको निर्देशन बमोजिम जग्गा खण्डीकरण हुनबाट रोक्नका लागि समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमाथि राजनीतिक दल, वाणिज्य संघसहित अन्य सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव लिएको हो । नगरपालिकाले पूर्वाधार विकास समितिका संयोजक रमेश त्रिखत्री संयोजक रहेको समिति केही महिना अघि बनेको थियो । त्यस समितिले दिएसँगै…

Read More

अशोक घिमिरे काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । रोजगारीको खोजीमा रहेका…

Read More

(फिक्कल) इलाम, ३० फागुन । इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो स्थानीयवासी, प्रहरी र इलाम नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो । गाउँपालिकाको –१ र ३ मा पर्ने माईपोखरीको प्रवेशद्वार अगाडि रहेका पाँच वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मध्य दिउँसो स्थानीयवासी चक्रदीप मुखियाको भान्साघरबाट शुरु भएको आगोले पाँच वटा होटलका सामान पूर्णरुपमा जलेर नष्ट हुँदा एक करोड ४० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले सञ्चालन गर्दै आएका होटलहरु जलेका हुन् ।…

Read More

काठमाडौँ, ३० फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् । प्रा मनसा थापा ठकुरीले संविधानमा उल्लेख गरिएको राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयन गर्र्दै विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि प्रमुखमा महिला हुनुपर्नेमा जोड दिनुभयो । प्राध्यापक सङ्घ ९पद्ममकन्या क्याम्पस० का सदस्य कल्पना श्रेष्ठले विश्वविद्यालयअन्तर्गतका क्याम्पसको प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक राख्नुपर्ने माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै गुनासो गर्नुभयो । एक महीनादेखि क्याम्पस प्रमुखको…

Read More

काठमाडौँ, ३० फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो । सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भन्नुभयो, यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।” उहाँले वार्ताका लागि पटक पटक तयार भए पनि वार्तामा नआएको सो…

Read More

मलेसिया, ३० फागनु । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् । भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् । उही मुद्धामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भएपनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो । आफुलाई रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्धाले निरन्तरता पाउने भएको छ । सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भिएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ…

Read More

भीमदत्तनगर, ३० फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच÷पाँच लाख धरौटीमा रिहाइको आदेश गरेको छ । सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ…

Read More

इलाम ३० फागुन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो । आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उहाँका भाइ कमल मुखियाको घर पूर्णरुपमा ध्वस्त भएको छ भने उहाँसँगै जोडिएको निमादोर्जे शेर्पाको घरमासमेत आगलागी भएको स्थानीयवासी दिनेश सुवेदीले जानकारी दिनुभयो । नजिकै रहेको वनमा पनि आगलागी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाइएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो ।…

Read More

काठमाडौँ, ३० फागुन । एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ । ३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित म्यानरमार, मलेसिया र आयोजक थाइल्याण्ड छन् भने समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेको छ । त्यस्तै नेपालले आफ्नो…

Read More