झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिक्कल, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो । इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा १ नम्वर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग उत्तिकै आवश्यक छ ।” प्रदेश सरकारको आयोजनामा अन्तरराष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उहाँले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताउनुभयो । आयोजक माईध्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास…

Read More

काठमाडौँ, २६ फागुन । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिनुभएको हो । उहाँले भन्नुभयो, “जुनसुकै कोणबाट उठाए पनि सरकारलाई राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको बारेमा स्पष्ट गर्न सहयोग पुगेको छ, सहमतिका कतिपय बुँदामा सरकार चिप्लिएको छ भन्ने कोणबाट आएका विचार एउटा भ्रम हो, सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक रहनेछ ।” सहमतिले राज्यलाई कमजोर पार्छ कि भन्ने चिन्ता लिन…

Read More

काठमाडौँ, २६ फागुन । राष्ट्रियसभाका सांसदहरुले सरकार र स्वतन्त्र मधेशी गठबन्धनबीच शुक्रबार भएको सहमति देशका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद खिमलाल भट्टराईले भन्नुभयो, “सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिका कारण देशले ठूलो उपलब्धि हासिल गरेको छ ।” “सरकारले शान्ति पूर्ण बाटोमा ल्याउने उद्देश्यले सिके राउतसँग सहमति गरेको हो, सबै खाले असन्तुष्टलाई सम्बोधन गर्ने गरी सहमति भएको छ, जुन वैचारिक उपलब्धि हो,” सांसद भट्टराईले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले मधेशी गठबन्धन जस्ता अन्य सङ्घ÷सङ्गठन सबैलाई सहमतिमा ल्याउने कोशिश गरिरहेको भन्दै सांसद भट्टराईले सहमतिपत्रमा भएको शब्दलाई लिएर प्रश्न उठाउँदै अनावश्यक प्रचारप्रसार…

Read More

काठमाडौँ, २६ फागुन । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् । आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग…

Read More

काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो । सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान सरकारले आफूहरुसँग भएको प्रतिबद्धता पूरा नगरेका कारण’ समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारको शान्ति, स्थिरता, सुशासन र मधेशका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धताअनुसार सरकार निर्माणकै बेला यो सरकारलाई समर्थन जनाएका थियौँ तर सरकरले बारम्बार आश्वासन दिने काम ग¥यो, मधेश आन्दोलनमा घाइतेको उपचार, झुटा मुद्दाको खारेजी गर्छौँ, भनेको…

Read More

झापा, २६ फाल्गुन । झापाको मेचीनगर नगरपालिका–१५ धुलावारी चन्द्रगढी सडक खण्डमा आइतवार ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका झापा बाह्रदर्शी गाउँपालिका–३ बस्ने ६२ वर्षका चुनु हेमरनलाई बिहान सवा ११ बजे ठक्कर दिएको थियो । ठक्करबाट हेमरनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

बेनी, २६ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।” सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताउनुभयो । ‘‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन,’’ उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले केही बुँदामा…

Read More

फिदिम, २६ फागुन । याङवरक गाउँपालिकाको सहयोगमा पाँचथरको थर्पुमा आयोजित स्वास्थ्य शिविरमा ६४९ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बाँस्कोटा समाज नेपाल केन्द्रीय समिति र जिल्ला कार्यसमिति पाँचथरले शनिबार आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका तथा ताप्लेजुङको पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकाका स्थानीयवासीले सेवा लिएका हुन् । उक्त निःशुल्क स्वास्थ्य परीक्षण शिविरलाई बी एण्ड सी अस्पताल विर्तामोड, झापा तथा समर्पित अस्पताल फिदिम, पाँचथरले प्राविधिक सहयोग गरेको समाजका कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा सुनील शाह र सङ्गीता राई तथा सर्जन डा वासुदेव बाँस्कोटा, छाला तथा यौन रोग विशेषज्ञ डा…

Read More

रवीन्द्र काफ्ले फिदिम, २६ फागुन । प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो । नभन्दै पानी निस्कियो र वितरण हुन थालियो । त्यही डीप बोरिङ आयोजनाको मन्त्री आङ्बोले शनिबार औपचारिक उद्घाटन गर्नुभयो । काकाकुल कुम्मायकवासीका लागि समस्याको अल्पकालीन समाधान गराउन उहाँले योजना बनाउनुभयो, बजेट…

Read More

काठमाडौँ, २६ फागुन । काठमाडौँमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जित्नुभएको छ । शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई पछि पार्दै उहाँहरुले उपाधि जित्नुभएको हो । दुवैले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभएको थियो । मिस रोट्रयाक्ट श्रेष्ठलाई यसअघिकी विजेता सृष्टि शाक्यले ताज पहि¥याउनुभएको थियो भने मिस्टर रोट्रयाक्ट शाक्यलाई यसअघिका विजेता सुरेश तिमिल्सिनाले भादगाउँले टोली लगाइदिनुभएको थियो । विजयीसँगै उहाँहरुले रु २५ हजार नगद र टर्किस एयरलायन्सको दुईतर्फी टिकट प्राप्त गर्नुभएको छ । प्रतियोगितामा पुरुषतर्फ आयुष सुवाल ‘फष्ट रनरअप’ र अभय श्रेष्ठ ‘सेकेन्ड रनरअप’ हुनुभयो । महिलातर्फ उर्जा नेवाः र माया…

Read More