
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भनाइ छ । स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर पनि एक हो । शहरमा धूम्रपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठले० जानकारी दिनुभयो । नसर्ने रोगको जोखिमबाट मानिसको स्वास्थ्यलाई मुक्त गराउन कामपाले सार्वजनिकस्थलमा धूम्रपान तथा सुर्तिजन्य वस्तुको…
गोरखा, २६ फागुन । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्ने दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गर्नुभयो । सिके राउतसँग भएको सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै नेता पाण्डेले भन्नुभयो ‘‘सरकारसँग भएका सम्झौताका बुँदा र नेता राउतले ट्विट गर्नुभएको कुराले मेल नखाएको र फरक÷फरक धारणा आउँदा त्यसले विवाद सिर्जना गर्छ ।’’नेपाली काङ्ग्रेसमा महाधिवेशनको चर्चाबारे पत्रकारको जिज्ञासामा उहाँले पार्टीभित्रका केही नेताले…
बिर्तामोड, २६ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे. ९ प. २९८८ नम्बरको मोटरसाईकलले रोकेर राखेको बा. १३ च ७५२७ नम्बरको कारमा पछाडीबाट ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका(८ डुडाँमारी बस्ने बर्ष ४६ को कुमार गिरी र पछाडी सवार बर्ष ४९ को महेन्द्र भट्टराई घाइते भई उपचारको लागि लाईफ लाईन हस्पिटल दमक पठाईएकोमा मोटरसाईकलको पछाडी सवार महेन्द्र भट्टराईको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको…
भद्रपुर, २६ फागुन । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिनुभयो । पाथिभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्रमा घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा पु¥याउने रिसोर्टको लक्ष्य भएको कटुवाल बताउनुभयो । झापाको विर्तामोड र काँकडभिट्टाबाट गाडीमा आधा घण्टामा पुगिने…
नयाँ दिल्ली, २६ फागुन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी०ले तयार गरेको प्रतिवेदनमा भारतको बिहार राज्य सरकारले केन्द्र सरकारसँग असहमति राखेको छ । इपिजी प्रतिवेदनमा उल्लेख खुला सिमाना कायम गर्ने, तर सीमा वारपार गर्दा दुवै देशका जनताले परिचयपत्र देखाउनुपर्ने व्यवस्थाप्रति बिहारले आपत्ति जनाएको हो । दिल्लीस्थित उच्च कूटनीतिक स्रोतका अनुसार बिहारको यही असन्तुष्टिले आसन्न चुनावमा प्रभाव पार्ने भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावपछि मात्रै प्रतिवेदन बुझ्ने आश्वासन इपिजी सदस्यहरूलाई दिएका छन् । इपिजी भारतका संयोजक एवं भाजपाका वरिष्ठ नेता भगतसिंह कोस्यारीले चुनावको मुखमा विवाद छल्न प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए । ‘रिपोर्टका केही अंश भन्दै अखबारमा समाचार छापिएपछि केही क्षेत्रबाट असन्तुष्टि पैदा…
काठमाडौँ, २६ फागुन । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए । सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । अब उनको योजना के छ रु सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ । उनले सरकारसँग अचानक गरेको सहमतिले मधेसका राजनीतिमा पक्कै नयाँ ‘डिस्कोर्स’ दिनेछ । मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ । सत्तारुढ दलले पनि…
काठमाडौं, २६ फागुन । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित द ब्रिटिस कलेजका एक जना शिक्षकले सुनाएको बताए । उनले भने– ‘मेरो छोरा कलेजको टुरमा दुबई गएको थियो । तर, दुबईमै निधन भएको दुःखद खबर कलेजका एक जना शिक्षकले फोन गरेर…
काठमाडौं, २६ फागुन । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो । अर्थमन्त्रीले दातृ निकायका सर्त र देशको आवश्यकताको कहींकतै मिलनबिन्दु नभएर बजेटमा समावेश गरिसकिएको वैदेशिक सहायतालाई पनि घटाउनुपरेको बताउँदै आएका छन् । सबैभन्दा ठूलो परिमाणमा…
बिर्तामोड, २६ फागुन । बिर्ताबजारस्थित महेन्द्ररत्न सितेरियो कराँते डोजोबाट पहिलो ब्याचमा ब्लाक बेल्ट प्राप्त गर्ने १९ जना खेलाडीहरुलाई शनिबार प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा आवद्ध रहेको नेपाल सितोरियो कराँते डो एशोसिएसनले ती खेलाडीहरुलाई फस्ट डानको प्रमाणपत्र प्रदान गरेको हो । ओली एण्ड एशोसिएट्स बिर्तामोड शाखाको हलमा आयोजित कार्यक्रममा सो संस्थाले खेलाडीहरुलाई प्रशंशापत्र, मेडल र ट्र्याक सुट पनि प्रदान गरेको छ । बिर्तामोड नगरपालिका ३ नं. वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा आयोजित सो विशेष कार्यक्रममा उनले विगतमा ठूला र शक्ति सम्पन्न राष्ट्रका खेलाडीले मात्र मेडल जित्ने समय अब नरहेको बताए । आज साना राष्ट्रहरुले पनि खेलकुदको क्षेत्रमा लगानी…
दमक, २५ फागुन । नेपाल वंशज परिषद जिल्ला कार्य समिति झापाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कन्काई माई स्थित कोटीहोममा रहेको घृतकौषिक गोत्रिय प्रतिष्ठानको हलमा परिषद अध्यक्ष तथा सचिव द्धारा प्रस्तुत गरिएको प्रतिवेदनलाई पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा जिल्ला भित्र गठित विभिन्न गाउँ तथा नगर समितिका प्रतिनिधी, पर्यवेक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष हरि प्रसाद नेपालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा परिषदले हालसम्म १९ वटा वैठकहरु सञ्चालन गर्दै संस्थालाई प्रगति उन्मुख गराईएको र जिल्लाका विभिन्न स्थानिय तहमा पुगेर समितिहरु गठन गरिएको उल्लेख गरिएको छ । आर्थिक प्रतिवेदनमा…