झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २४ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीताका साथ परिपालना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको चर्चा गर्नुभयो । मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण…

Read More

बनियानी, २४ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीबीच भेटघाट भएको छ । झापाबाट काठमाडौँ जाने क्रममा बुधबार भद्रपुर विमानस्थलको भीआइपी कक्षमा शाह र कार्कीको भेटघाट भएको हो । भेटघाटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूर पूर्वी नेपालको विकासको बारेमा चासो राख्नु भएको नेपाल कम्युनिष्ट पार्टी नेता एवम् झापा क्षेत्र नं. १ का सांसद राम कार्कीले बताउनुभयो । ‘उहाँ (पूर्वराजा ज्ञानेन्द्र शाह) यहाँको विकासको बारेमा धेरै जिज्ञासु हुनुहुन्थ्यो’, नेता कार्कीले रासससँग भन्नुभयो, ‘मेची करिडोर निर्माणको विषयमा पनि कुरा भयो ।’ भारत–पाकिस्तान बीचको तनावका बारेमा पूर्वराजा ज्ञानेन्द्रले चासो व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति…

Read More

सन्तोष शर्माझापा, २४ फागुन । १२ जनाको परिवार । घरमा काम गर्ने एक जान मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइ–लेखाईका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्ष अघिको हो । तर, अहिले उहाँको दैनिक सहज बन्दै गएको छ । ‘गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रू ५ हजार बीऊ पुँजी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । र, अहिले उहाँको जीवनस्तर क्रमशः फेरिँदै गएको छ । उहाँजस्तै हल्दिबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत् बाख्राको पाठी र बीऊ पुँजी त उहाँले पाउनुभयो…

Read More

विर्तामोड, २४ फागुन । नेपाली कांग्रेस झापाका पुराना अग्रज नेता जीतबहादुर पुरीको बिहीबार भद्रपुरस्थित मेची खोलामा अन्त्येष्टी गरिएको छ । २०१४ सालमा नेपाली कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरीको पार्थिव शरीरमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र जिल्ला पार्टीसभापति उद्वव थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । पञ्चायती विरोधी लामो संघर्षमा जेल र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गर्नु भएका पुरीको बुधबार निधन भएको थियो । यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले पुरीकोले आफूलाई अत्यन्तै दुखी बनाएको बताउनु भएको छ । सभापति देउवाले एक प्रेस विज्ञप्ति जारी गर्दै पुरीको निधनले पार्टीले र…

Read More

काठमाडौँ, २४ फागुन । घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् । घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो ।आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २४ फागुन । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको घट्टले जानकारी दिए । विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पियाधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए । नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र्रदेशको नाम समेटिएको छ । प्रदेश १, प्रदेश…

Read More

वासिङ्टन (एजेन्सी), २४ फागुन । २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उमेरमा कान्छा अर्बपति भएका थिए । जेनरको सम्पत्तिमा भएको पछिल्लो वृद्धि काइली कस्मेटीक्सबाट भएको हो । यो उनको श्रृगारिक कम्पनी हो । यो कम्पनीको मूल्य फोब्र्सका अनुसार ९० करोड डलरको रहेको छ…

Read More

काठमाडौं, २४ फागुन । जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत अध्ययनमा सहभागी एक सदस्यले भने । कोसी र गण्डक ब्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ नै लगिएको छ । त्यसकारण हिउँदमा त्यस क्षेत्रमा पानीको सतह एकदमै कम हुने गरेको छ । तर, पानीजहाजका लागि नदीमा पानी छाड्न भारत तयार नभएकाले मालबाहक…

Read More

काठमाडौं, २२ फागुन । नेपाल कम्ष्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् । ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटना ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नु पर्ने दोहो¥याए । आजको नागरिक दैनिकमा…

Read More

विराटनगर, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन् । नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । उनले पार्टीको चौधौँ महाधिवेशन समयमै हुने दाबी गरे ।

Read More