
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
द्रोण अधिकारी भद्रपुर, २३ फागुन । झापा सदरमुकाममा रहेको चन्द्रगढी वन उपभोक्ता समितिले पर्यापर्यटकीय क्षेत्र मार्फत प्रमुख पर्यटकीय केन्द्र निर्माणलाइ्र्र तीव्रता दिएको छ । भद्रपुर ९ स्थित सामुदायिक वन उपभोक्ता समितिले भद्रपुर नगरको प्रमुख गन्तव्य स्थल निर्माण अन्र्तगत २० वर्षे कार्योजनाका साथ सिमसार तथा पर्यटकीय प्रवद्घन परियोयना कार्य तीव्र गतिमा अगाडि वढाएको हो । सामुदायिक वन उपभोक्ता समिति ले वि सं २०७० सालबाट सुरु गरेको २० वर्षे गुरु योजना अनुसार प्रथमचरणमा ७५ लाख लगानी गरी पोखरी निर्माणलाई अन्तिमचरणमा पुर्याएको छ । सामुदायिक वन क्षेत्रमा रहेको सिमसारलाई पर्यटकीय आकर्षण केन्द्र बनाउने योजनाले ८० प्रतिशत सफलता पाउँदा पोखरी निर्माण अन्तिमचरणमा पुगेको हो…
झापा, २३ फागुन । झापाको मेची नगरपालिकाको धुलाबारीमा बिहीवारबाट विराट सत्संग समारोह–२०७५ शुरू हुनुअघि बिहान शोभायात्रा आयोजना गरिएको छ । सत्संग समारोह हुने नन्दागंगा नदी तटबाट शुरू भएको शोभायात्राले धुलाबारी बजार परिक्रममा गरेको हो । बिहीवार र शुक्रवार धुलाबारीमा विराट सत्संग समारोह हुँदैछ । शोभायात्रामा स्थानीय संस्कृति र धार्मिक पहिचान झल्किने झाकी, बाजागाजा लगायत समावेश गरिएका थिए । शोभायात्रामा सन्तमहात्मा, पञ्चकन्या, नौमती बाजा, हंश बैण्ड, ईष्ट होराइजन बैण्ड, सेवा दल, ओमशान्ति, विभिन्न संघसंस्था र भक्तजनको सहभागिता रहेको थियो । समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी…
काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ । बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका खगराज अधिकारीले अस्थायी शिक्षकका रूपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी र राहत शिक्षकको मागलाई सम्बोधन गरिनुपर्छ ।” प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका बालकृष्ण खाँडले पेशागत हित र सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकमाथि प्रहरीबाट लाठी प्रहार हुँदा सयाँैको सङ्ख्यामा शिक्षक घाइते भएको जनाउँदै उक्त घटनाप्रति विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “शिक्षकमाथि भएको प्रहरी दमन निन्दनीय छ, म सरकारलाई…
काठमाडौँ, २२ फागुन । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन शुरु भएको हो । तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ । प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्फुट्ट वर्षा हुने मौसमविद् अर्यालले औँल्याउनुभयो । उहाँका अनुसार अङ्ग्रेजी महीना…
झापा, २२ फागुन । झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ को तयारी पूरा भएको छ । धुलाबारीको नन्दागंगा नदी तटमा फागुन २३ गते बिहीबार र २४ गते शुक्रबार सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन सद्गुरूदेव सतपालजी महाराज पनि धुलाबारी पुगिसक्नुभएको छ । समारोहलाई व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिले काम गरिरहेको आयोजक नेपाल मानव धर्म…
सुनसरी, २२ फाल्गुन । सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुनेबाट ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती २२ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा टेम्पोमा सवार धरान–१५ का ३६ बर्षीय बिकास लामा, धरान–६ बस्ने २४ बर्षीय दिनेश खड्का, धरान–५ बस्ने ३७ बर्षीय जस बहादुर राई र धरान–६ बस्ने २४ का बिभष तामाङलाई ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र १ बोतल डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो । पक्राउ परेका ४ जनालाई नै ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान…
तेह्रथुम, २२ फाल्गुन । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा मंगलवार बिहान भएको आगलागीमा घाईते भएकी राम माया कार्कीको बिराटनगरको म्याक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ६ः२० मा ५५ बर्षीया राम माया कार्कीको काठको बेरा र टिनको छाना भएको २ तले कच्ची घरमा अचानक आगलागी भएको थियो । उक्त आगलागीमा परी निजकै छोरी २० बर्षीया सम्झना कर्कीको घटनास्थलमै मृत्यु भएको थियो । सोही आगलागीमा गम्भीर घाईते भएकी कार्कीको उपचारको क्रममा मंगलवार राती ९ः४५ मा मृत्यु भएको हो ।
काठमाडौं, २२ फागुन । टीकापुर घटनाको फैसला गर्दै जिल्ला अदालत कैलालीले बुधबार ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बुधबार जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको हो । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा…
झापा, २२ फागुन । झापाको मेची नगरपालिका–१० धुलाबारीमा हुने विराट सत्संगको पूर्वसन्ध्यामा बुधवार बिहान धुलाबारी बजार क्षेत्रमा सरसफाई गरिएको छ । सत्संग आयोजक नेपाल मानव धर्म सेवा समितिका स्वयंसेवक, जनप्रतिनिधि र स्थानीय वासिन्दाको सहभागितामा बजार सरसफाई गरिएको हो । कार्यक्रममा मेची नगरपालिका–१० का वडाध्यक्ष सुवेश पनेरु लगायतको उपस्थिति थियो । आध्यात्मिक प्रचारप्रसार र सामूदायिक स्वास्थ्यका लागि सरसफाई आवश्यक रहेको सन्देश दिन बजार सरसफाई गरिएको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले बताए । उनका अनुसार फागुन २३ र २४ गते धुलाबारीको नन्दागंगा नदी तटमा विराट सत्संग समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । सत्संगकै पूर्वसन्ध्यामा आज…
झापा, २२ फागुन । झापा गोल्डकपमा दाउफिन्स एफसी क्यामरुनले सहभागिता जनाउने भएको छ । गोल्डकप आयोजक समितिले यसअघि मनाङ मस्र्याङ्दी क्लबलाई टाइसिटमा समेटेको थियो तर एएफसी कपको तयारीका लागि समय अभाव हुने भएपछि दाउफिन्सलाई समेटिएको हो । ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङको स्थानमा दाउफिन्स फुटबल क्लब क्यामरुनले सहभागिता जनाउने भएको झापा गोल्डकप आयोजक समितीले जनाएको छ । यो सँगै अब बिहीबार रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब भिड्ने भएका छन् । आयोजकका महासचिव गजेन्द्र पौडेलका अनुसार गोल्डकपमा सहभागिता जनाउन दाउफिन्स बुधबार बिहानै झापा आइसकेको छ ।मनाङका महासचिव अनिल गुरुङले एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको बताएका…