झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

वासिङ्टन, २५ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकारहरु सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । राष्ट्रपतिका एक जना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिनुभयो । गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुबै देशबाट एकअर्का…

Read More

रुपन्देही, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताउनुभयो । “राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ”, उहाँले भन्नुभयो, “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ । ” महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य…

Read More

काठमाडौँ, २५ फागुन । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरुपमा १०० दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खुस्थित ग्रिन गार्डेन फ्यामिली रेष्टुरेंन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रबार राति…

Read More

कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको विषयलाई नागरिकको अभिमतबाट सम्बोधन गर्ने कदापि स्वीकार्य नहुने बताउनुभएको छ । कञ्चनपुरमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखण्डनकारी तत्वको जन्म भएको बताउनु भएको हो । उहाँले सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताउनुभयो । ‘सीके राउत र गृहमन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमा जनमत संग्रहको उल्लेख भएको छैन’, उहाँले भन्नुभयो, ‘सबै राजनिीतक दलहरुको असन्तुष्टिलाई जनताको अभिमतबाट निराकरण गर्न सकिन्छ भन्ने शब्दावली परेको छ ।’ सहमति सैद्धान्तिक रुपमा ठिक भए पनि सीके राउतले उठाएको विषयमा नागरिकको अभिमतबाट सम्बोधन गर्ने कुरा…

Read More

पर्सा, २५ फागुन । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य…

Read More

फिदिम, २५ फागुन । प्रदेश नं १ मा नेपाल प्रहरीलाई पूर्वाधारयुक्त तथा प्रविधिमैत्री बनाइने भएको छ । भौतिक पूर्वाधार र प्रविधिको अभावमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई चुनौती रहेकाले प्रदेश सरकारले चालू आर्थिक वर्षमा पूर्वाधार विकास, सूचना सञ्चार र प्रविधिका लागि बजेट छुट्ट्याएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाँचथरमा महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री आङ्बोले प्रहरीको मनोबल उच्च बनाउन प्रदेश सरकारले प¥र्याप्त बजेट छुट्ट्याउँदै जाने बताउनुभयो । उहाँले प्रदेश प्रहरीको भवन र थप पूर्वाधारका लागि रु २९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो…

Read More

झापा, २५ फागुन । मग मग झापा गोल्डकप आयोजक समितिले चौथो संस्करणमा पनि पूर्व राष्ट्रिय फुटबलरलाई विशेष सम्मान गर्ने भएको छ । आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार यसवर्ष अन्तर्राष्ट्रिय पूर्व फुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवासलाई सम्मान गर्न लागिएको हो । २०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए । उनले २०५२ सालमा न्यूरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय…

Read More

सुशील दर्नाल काठमाडौँ, २५ फागुन । पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् । सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहँुदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् । यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन् । यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा…

Read More

पछिल्लो समय एकपछि अर्को हिट गीत दिइरहेका गायक समिर आचार्यले युट्यूव ट्रेन्डिङमा ह्याट्रिक गरेका छन् । उनको हिजोमात्रै बजारमा आएको ‘सानोमा सानो’ बोलको नयाँ गीत यो समाचार तयार पार्दासम्म युट्यूवको २० नम्बर ट्रेन्डिङमा आएको छ । यसअघि उनको ‘पीच रोड’ र ‘घाममा सुकाइदेउ’ बोलको गीत युट्यूवको ट्रेन्डिङमा आएका थिए । गीतमा अहिलेका चर्चित कोरियोग्राफर राहुल शाहको टिमलाई फिचर्ड गरिएको छ । गीतमा ‘भाइव एण्ड वेभ’ डान्स ग्रुपले आकर्षक नृत्य गरेका छन् । पवन सुस्लीगंको छायांकन तथा सम्पादन रहेको यस भिडियोमा राहुल शाह आफैले कोरियोग्राफी गरेका छन् भने शब्द तथा संगीत गायक आचार्य आफैले गरेका छन् । गीतमा आराज केशवको ¥याप…

Read More

काठमाडौं, २५ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ। महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छन्। विप्लवको विज्ञप्तीमा भनिएको छ “केपी(प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ। दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर…

Read More