झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २१ फागुन । पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिनुभयो । विसं २०४८ को निर्वाचनमा उहाँ नुवाकोट–२ बाट तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ को निर्वाचनमा उहाँ नुवाकोटबाट तत्कालीन नेकपा ९माले०बाट उम्मेदवार बन्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनु भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो । झण्डै आठ महीना प्रहरी हिरासतमा उहाँ रहनुभएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उहाँ नुवाकोटबाट उम्मेवार बन्नुभएको थियो । काठमाडौँको वसुन्धरामा बस्दै…

Read More

भद्रपुर, २१ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ । झापा विद्रोहका पाँच शहीदको स्मृतिमा आज इलामको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताउनुभयो । उहाँले तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द० बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरू कम्युनिष्ट पार्टीसमेत एकीकरण प्रक्रियामा आउनुपर्ने बताउनुभयो । “नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र…

Read More

मोरङ, २१ फाल्गुन । मोरङको बिराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट आज दिउँसो प्रतिबन्धित लागुऔषध सहित १ महिला पक्राउ परेकी छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आईरहेकी धरान उप–महानगरपालिका–८ बस्ने ३५ बर्षीया रिया लिम्बु तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट डाईजोल्याब २० एम्पुल, एभिल २० एम्पुल, लुपिजेसिक २० एम्पुल, एस.पी. चक्की १६ पिस र नाईट्रोजन चक्की ५ पिस बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेकी महिलालाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, २१ फागुन । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो । खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको जीत…

Read More

द्रोण अधिकारी भद्रपुर, २१ फागुन । भद्रपुर नगरपालिका क्षेत्रमा भुसिया कुकुर आतङ्क बढेपछि स्थानीय पीडत बन्न बाध्य भएका छन् । सडकमा जन्मे हुर्किएका बेवारिसे कुकुर नियन्त्रण गर्न नगर प्रशासनले चासो नराख्दा स्थानीयका खसी बाख्रा, कुखुरा लगायत जनवारमाथि क्षति बढ्दा स्थानीय पीडित भएका हुन् । भद्रपुर नगरका शहरीकरण भएका क्षेत्रका अधिकाम्स वडाहरूमा बेवारिसे कुकुरको संख्या अधिक भएपछि आहाराको अभावमा स्थानीयले पालेका खसी बाखा्र, कुखुरा लगायत चौपाया खाने, मार्ने र घाइते बनाउने क्रम बढ्दै गएको छ । पीडित स्थानीयले आ—आफ्ना वडा कार्यालय मार्फत भुसिया कुकुर आतङ्क रोक्न माग गरे पनि सुनुवाइ नभएको गुनासो छ । पछिल्लो पटक भद्रपुरका ९ र १० नम्बर…

Read More

बिर्तामोड, २१ फागुन । उच्च प्रतिफलकासाथ वित्तिय कारोबार गरिरहेको विर्तामोडको सतासी बहुमुखी सहकारी संस्था लिले आज स्थापनाको २२ औ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सवको अवसरमा सहकारीले संस्थाका तीन उत्कृष्ट कर्मचारी सहित ५ जना पूर्व सल्लाहकार समिति सदस्य, ७ जना उत्कृष्ट बचतकर्ता र ७ जना सक्रिय ऋणी सदस्य गरी २२ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । सहकारीले संस्थाको वार्षिक साधारणसभामा मात्र पुरस्कृत गर्ने सहकारी परम्परा तोड्दै वार्षिक उत्सवको अवसरमा कर्मचारी र सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको हो । पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुमा हल्दिबारी सेवाकेन्द्र प्रमुख धनबहादुर विश्वकर्मा, कन्काई सेवाकेन्द्रकी बजार प्रतिनिधि लक्ष्मी सापकोटा र विर्तामोस्थित सहकारी…

Read More

उर्लाबारी, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गर्नुभएको छ । नेपालसहित छवटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भन्नुभयो । उहाँले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिनुभएको थियो । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उहाँले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिनुभयो । सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिंदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले…

Read More

भद्रपुर, २१ फागुन । झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले शहीद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई शहीदको सूचीमा नाम समावेश गर्न छुटेको थियो । तत्कालीन नेकपा एमाले झापाका अध्यक्ष एवं शहीद राम प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष चिन्तन पाठकले उहाँलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिएको र चाँडै प्रक्रिया पु¥याएर शहीद घोषणा गरिने आश्वासन पाएको बताउनुभयो । प्रधानलाई इलामको शान्तिपुरमा एक घरको कोठाभित्र आश्रय…

Read More

बिर्तामोड, २१ फागुन । सुखानी स्मृति सहिद दिवस बनाउन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड झापा आइपुग्नु भएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्नुहुने छ । कार्यक्रममा सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर आउनुभएको थियो । सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९…

Read More

बेझाड, २१ फागुन । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताउनुभयो । उहाँले यस वर्ष उन्नत जातको ९प्रिभेसी खुमल उज्ज्वल० एक हजार दाना आलु लगाउनुभएको थियो । “नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरीद गरेर आलु लगाएको, खन्न नपाउँदै बाँदरले खेतबाटै खाएर सखापै पा¥यो”, बस्यालले भन्नुभयो । बस्यालले प्रतिदाना रु १५ मा बीउ खरीद गरेर नयाँ प्रजातिको आलु लगाउनुभएको थियो । त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको…

Read More