झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १९ फागुन । झापाको अर्जुनधारा नगरपालिका–९ गोल्धापबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । शनिवार बेलुका ०६ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–८ को घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । सोही मोटरसाईकलमा रहेका सोही स्थान बस्ने २१ बर्षीय प्रकाश राजवंशीलाई समेत चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध फेला परेको थियो । लागु औषध सहित पक्राउ परेका दुवैजनालाई…

Read More

पोखरा, १९ फागुन । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराउनुभएको छ । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ । –––

Read More

उत्तम गिर‌ी एउटा आध्यात्मिक क्षे‌त्रको‌ चर्चित नाम हो‌ । ने‌पाल मानव धर्म से‌वा समितिको‌ भातृ संगठनको‌ रुपमा स्थापित युवा संगठनको‌ के‌न्द्रीय संयो‌जकसमे‌त र‌हे‌का गिर‌ी एक आध्यात्मिक अभियन्ता हुन् । प्रस्तुत छ, झापाको‌ धुलाबार‌ीमा आयो‌जना हुन लागे‌को‌ विर‌ाट सत्संग समार‌ो‌हको‌ सन्दर्भ पार‌े‌र‌ उनीसँग पत्रकार‌ सान ने‌पालले‌ गर‌े‌को‌ कुर‌ाकानी – विर‌ाट सत्संग आयो‌जना गर्नुको‌ मुख्य उद्दे‌श्य के‌ हो‌ ? यहाँको‌ पर्यटनको‌ विकास गर्नु छ । ने‌पाललाई आध्यात्मिक गन्तव्यस्थल बनाउनु छ । हामीले‌ हाम्रै‌ पालो‌मा के‌ही गर‌े‌र‌ दे‌खाउनु छ । हामी सगर‌माथाको‌ दे‌शमा बस्छौ‌ँ, बुद्ध जन्मिएको‌ दे‌श हो‌ ने‌पाल, सीता र‌ भृकुटीले‌ मातृत्वको‌ सन्दे‌श दिएको‌ दे‌श हो‌ ने‌पाल । सबै‌ जातजाति, भाषा, धर्म संस्कृति, पर‌म्पर‌ा, र‌ीतिरि‌वाज अटे‌को‌ फर‌ाकिलो‌ दे‌श…

Read More

सर्लाही, १९ फागुन । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिनुभयो । मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उहाँले…

Read More

काठमाडौँ, १९ फागुन । उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ । अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

Read More

सुमन घिमिरे उर्लाबारी, १९ फागुन । शनिबार राति निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता हुनुहुन्थ्यो । उहाँ मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । विसं २०४८ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता अधिकारीले नेपाली काङ्ग्रेसका जगत्मान आङदेम्बेलाई हराउनुभएको थियो । यसैगरी विसं २०५१ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन र २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता अधिकारी सोही निर्वाचन क्षेत्रबाट काङ्ग्रेसकै बसन्त भट्टराईलाई हराउँदै निर्वाचित हुनुभएको थियो । विसं २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने उहाँ तत्कालीन नेकपा (माओवादी) का लालबहादुर सुस्लिङ मगरसँग पराजित हुनुभएको थियो…

Read More

ताप्लेजुङ, १९ फागुन । २०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लोे शिखर कञ्जनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हरिक महोत्वको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए , तत्कालीन विकास समिति सभापति रवीन्द्र अधिकारी । अहिले प्रतिनिधिसभाका सदस्य रहेका योगेशकुमार भट्टराईले ताप्लेजुङमा विकासका सम्भावना र चाल्नुपर्ने पाइलाबारे कार्यक्रम प्रस्तुत गरे । मुख्य वक्ताका रुपमा अधिकारीले भनेका थिए, ‘मेरो मन ताप्लेजुङमै छ । ताप्लेजुङको विकासका लागि मेरो तर्फबाट महत्वपूर्ण योगदान रहनेछ ।’ विकास समितिको सभापतिको नाताले ताप्लेजुङको सुकेटारबाट ओलाङ्चुङगोला हुँदै टिपताला भन्ज्याङसम्मको निर्माणाधीन लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा…

Read More

तेह्रथुम, १९ फागुन । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा नेपाली, कसैकोमा र कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम भएको छ । आफूहरुको जात सार्की भए पनि प्रशासनका कर्मचारीले नेपाली बनाएर दिएको स्थानीय टंकबहादुर सार्कीले बताए । २०४० पुस ८ मा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत नूतननारायाण चापागाईले हस्ताक्षर गरेका छन् । आफूहरुको नागरिकता दमाई जातिको हुँदा…

Read More

बुधबारे, १९ फागुन । झापा बुद्धशान्ति–१ का २२ बर्षिय विकास न्यौपानेको दुवै मृगौला खराव भएपछि तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगारका शिलशिलामा २१ महिना अघि मलेशिया गएका उनी त्यहाँ अस्वस्थ भएपछि स्वदेश फर्किएका छन् । वीर अस्पताल, मेरेडियम हस्पिटल, शिक्षण अस्पतालमा उपचारका लागि गएका उनको मृगौला खराव भएको रिर्पोट आएपछि उनी र उनको परिवार यतिवेला चिन्तित बनेको छ । आर्थिक अवस्था कमजोर हुँदा आफूहरुसँग छोराको उपचार गर्ने खर्च नभएको भन्दै उनका बुवा पदमबहादुरले सबैसँग सहयोगको अपिल गरेका छन् । यता विरामी विकासले पनि आफू बाँच्न चाहेको र भविश्यमा केहिगर्ने सपना रहेको भन्दै जिवन बचाईदिन सबैसँग अपिल गरेका…

Read More

काठमाडौँ, १९ फागुन । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी गराए । बोर्डले गएको सोमबार बोर्डका अध्यक्ष एवं मन्त्रीलाई पत्र पठाएको हो ।…

Read More