
उत्तम गिरी एउटा आध्यात्मिक क्षेत्रको चर्चित नाम हो । नेपाल मानव धर्म सेवा समितिको भातृ संगठनको रुपमा स्थापित युवा संगठनको केन्द्रीय संयोजकसमेत रहेका गिरी एक आध्यात्मिक अभियन्ता हुन् । प्रस्तुत छ, झापाको धुलाबारीमा आयोजना हुन लागेको विराट सत्संग समारोहको सन्दर्भ पारेर उनीसँग पत्रकार सान नेपालले गरेको कुराकानी –
विराट सत्संग आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
यहाँको पर्यटनको विकास गर्नु छ । नेपाललाई आध्यात्मिक गन्तव्यस्थल बनाउनु छ । हामीले हाम्रै पालोमा केही गरेर देखाउनु छ । हामी सगरमाथाको देशमा बस्छौँ, बुद्ध जन्मिएको देश हो नेपाल, सीता र भृकुटीले मातृत्वको सन्देश दिएको देश हो नेपाल । सबै जातजाति, भाषा, धर्म संस्कृति, परम्परा, रीतिरिवाज अटेको फराकिलो देश नेपालका हामी नेपालीहरुमा अनेकतामा एकता छ भन्ने सन्देश विराट सत्संगबाट दिन चाहन्छौँ । समाजमा सद्भावना, भाइचारा, मौलिक संस्कृतिहरुको संरक्षण, युवाहरुलाई आध्यात्मिक मार्गदर्शन गदैर् नेपाललाई समृद्ध देश निर्माण गनेर् अभियानमा साथ दिनु नै विराट सत्संगको मुख्य उद्देश्य हो ।

युवाहरुलाई अध्यात्मको आवश्यकता किन छ ?
प्रत्येक मानिसमा एउटा क्षमता छ । भगवान बुद्धले आफू भित्रको पोटेन्सियालिटीको खोजी गरेकै कारणबाट बुद्ध बन्न सक्नु भएको हो । हामी युवाहरु बुद्ध बन्न सक्छन् । आफू भित्रको अलौकिक क्षमतालाई चिन्न सक्छन् । कुनै पनि नसालु पदार्थको सेवन गरेर बिग्रिएको युवालाई सामाजिक रुपमा बहिस्कार गनेर् होइन नि, उसलाई त आध्यात्मिक ध्यान र साधना रुपी हतियार दिएर बुद्ध बनाइदिनु प¥यो, भगवान राम बनाइदिनु प¥यो, भगवान कृष्ण बनाइदिनु प¥यो र वास्तविक अर्थमा सच्चा मानव बनाइदिनु प¥यो । मैले भन्न खोजेको कुरालाई ध्यान पूर्वक मनन् गनेर् हो भने अवस्य पनि एउटा कुलतमा परेको युवालाई आध्यात्मिक सन्देशको माध्यामबाट सच्चा मानव बनाउ सकिन्छ । त्यसैले आमयुवालाई आध्यात्मिक शिक्षाको अत्यन्तै आवश्यकता छ ।
अझ म त के भन्छु भने स–साना बच्चाहरुलाई सन्तमहात्माको शरणमा लैजानुहोस् । सन्तमहात्माबाट उसले भौतिक संसार सँगसँँगै आफू भित्रको पोटेन्सियालिटीलाई सजिलै चिन्न सक्छ । आज हरेक युवाहरुले मेडिटेशनको उचित तालिम खोजिरहेको हुन्छ, तर पनि पाउन सकेको हुँदैन । परपेmक्ट मेडिटेशनको माध्यमबाट युवाको चञ्चल मनलाई एकाग्र गराइदिन सकिन्छ र त्यही एकाग्रता भित्रबाट एउटा युवाले आफू हिँड्ने सही बाटो देख्न सक्छ ।
मानव धर्मले भगवानको तेस्रो आँखाको बारेमा चर्चा गनेर् गरेको पाइन्छ ? तेस्रो आँखा के हो ? कहाँ हुन्छ ? कसरी खोल्न सकिन्छ ?
तेस्रो आँखा हुन्छ र यो प्राक्टिकल गनेर्हरुको लागि सास्वत सत्य कुरा हो । तेस्रो आँखा खुलेपछि मनुष्य जीवन सफल हुन्छ । हाम्रा ऋषि महर्षिहरुले तेस्रो आँखा खोल्न जानेका थिए । उनीहरुले ध्यान साधनाको माध्यामबाट पवनलाई शिरमा राख्न सक्ने क्षमता थियो । उनीहरु भित्र कति पोटेन्सियालिटी थियो भन्ने कुरा धर्म शास्त्रहरुमा अनेकाँै उदाहरण हामी पाउछौँ । थर्ड आई खोल्नको लागि सन्तमहात्मा र महापुरुषको सानिध्यता प्राप्त हुनुपर्छ । समय समयमा यस धराधाममा आउने महापुरुषहरुबाट यो सत्य ज्ञानलाई पाउन सकिन्छ । जसलाई आत्मज्ञान भनिन्छ । आत्मज्ञानको माध्यामबाट कुनै पनि मानिसले तेस्रो आँखा खोल्न सक्छ । महत्वपूर्ण कुरा त के भने मानिसको जीवन देव दुर्लभ मानिन्छ । अर्थात देवताहरु मानिस भएर जन्मन चाहन्छन् तर उनीहरुको लागि यो सम्भव छैन । मानव जीवन मात्र यस्तो जीवन हो, जसबाट शिवजीले तेस्रो आँखा खोलेजस्तो हामीले पनि खोल्न सक्छौँ । तेस्रो आँखा खोलेर देख्न सकिने संसार यो भौतिका संसार भन्दा अलग छ र अलौकिक छ ।
के हिन्दु धर्म र मानव धर्म फरक कुरा हो ?
कुनै पनि धर्म शास्त्रमा हिन्दु भन्ने शब्द नै भेटिँदैन । हाम्रो सभ्यता सिन्दुघाटीबाट सुरु भएको हो । र यही सिन्दु शब्दबाट हिन्दु शब्द उत्पत्ति भएको हो । हाम्रो प्राचीन सभ्यता भनेको आर्य सभ्यता नै हो । जसलाई धर्म शास्त्रहरुमा सनातन धर्म वा मानव धर्मको रुपले जानिन्छ । मानव मात्रको धर्म नै मानव धर्म हो । सनातन धर्मभन्दा माथि कुनै धर्म नै छैन जसलाई हाम्रो सद्गुरुदेव श्री सतपालजी महाराजले सबैले बुभ्mन सक्ने भाषामा विश्वभर प्रचार–प्रसार गर्न आप्mनो अनमोल जीवन समर्पण गर्नु भएको हो ।
सनातन धर्मको संरक्षण गर्न सकेमा वेद, गीता, उपनिषद, महापुराण जस्ता अलौकिक ग्रन्थहरुको संरक्षण हुन सक्छ, मानवताको रक्षा हुन सक्छ यही नै मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको दिव्य सन्देश पनि हो । उहाँबाट प्रष्फुटित भएका विचारहरुबाट सिंगो मानव मात्रको लागि शान्ति र परम् आनन्दको मार्ग निर्धारण गरेको छ ।
विज्ञान ठूलो कि आध्यात्म ?
विज्ञान र आध्यात्मको आ–आप्mनो सिद्धान्त छ । तर पनि विज्ञानबाट सम्भव हुन नसकेको कुराहरु आध्यात्मबाट सम्भव हुन्छ । वैज्ञानिकहरुले यो ब्रम्हाण्ड चलाउने अदृष्य शक्ति छ भन्ने विश्वास गरे । उनीहरुले इन्भेन्सन गरेर पत्ता लगाएको न्युट्रोन, प्रोटोन र इलेक्ट्रोनको प्रयोगबाट आणविक क्षेप्यास्त्र बनेको छ तर त्यही इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेको हाम्रो शरीर कति शक्तिशाली होला सोचनीय कुरा हो । उनीहरुले यसै पृथ्वीबाट अनुसन्धान गरेर पेmलापारेको अद्भुत वस्तुको नाम गड पार्टिकल (इश्वरीय तत्व) किन राखे होलान् । थर्ड आई भनेर जसलाई भनिन्छ, निधारको भागमा पैदा हुने ग्लाण्ड (ग्रन्थी) लाई रहस्यमय ग्रन्थी किन भनियो भन्ने कुराको जवाफ वेदमा भेट्न सकिन्छ, गीतामा भएको अर्जुन कृष्ण सम्वादबाट त्यो कुरा सहजै अनुमान लगाउन सकिन्छ । हजारौँ वर्ष पहिले ऋषिमुनीहरुले आयुवेर्दको अनुसन्धान गरे विज्ञानले पत्ता लगाउनुभन्दा कैयौँ वर्ष पहिले नै धर्म शास्त्रमा उल्लेख गरिएको तथ्य छ भने अब आपैmँ मनन् गर्न सकिन्छ नि !
त्यसो हो भने मन्दिरमा राखिएको मुर्तिमा भगवान छैन ?
सत्कर्ममा इश्वरको वास हुन्छ । तपाईं भित्रै इश्वर विराजमान हुनुहुन्छ भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटालाई नास्तिक मान्नु गलत कुरा हो । उहाँ नास्तिक हुँदै होइन । कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पुजा गछौर्, साथ कसरी लाने हो ? भन्ने कविताको भाव बुभ्mनको लागि आपैmँमा मनन् गर्नु प¥यो नि ! उहाँले मन्दिरमा भगवान छैन भन्नु भएन यदि तिमी भित्रको भगवानलाई पहिचान गर्न सक्यौ भने मदिर भित्रको भगवानसँँग प्रत्यक्ष संवाद गर्न सक्ने छौ । अरुलाई दुःख दिएर भरिया बनाएर टाढाको मन्दिरमा पूजा गर्न जानुभन्दा आफू भित्र विराजमान हुनुभएको इश्वरलाई चिन्नु भन्नुभएको हो नि ? यसलाई बुभ्mनका लागि मन्दिर शब्दलाइ विन्यास गरेर हेर्नु जरुरी हुन्छ । मन् भनेको तिम्रो आफ्नो र दिर भनेको द्वार । मनको द्वार खोल्न सक्यौ भने हृदयमा विराजमान परम्पिता परमात्मालाई चिन्न सकिन्छ ।
भगवानलाई भेट्न के गर्नुपर्छ ?
भगवानलाई भेट्नका लागि सर्वप्रथमत दृढ इच्छाशक्ति हुनु प¥यो र कुनै पनि धर्म शास्त्र भित्रको दर्शनलाई गहिरो मनन् गर्न सक्नु प¥यो । आपैmँभित्र इश्वरको वास छ भनेर हामीले मनन् गयौर्ँ भने ध्यान साधनाको माध्यामबाट इश्वरीय तत्वको दर्शन गर्न सकिन्छ । भगवानसँग वरदान माग्ने होइन, प्रत्यक्ष सम्वाद गर्न सकिन्छ । जुनकुरा हाम्रा पवित्र शास्त्रहरुमा प्रष्ट रुपमा सबैले बुभ्mने गरी उल्लेख गरिएको छ । अहिले कैयौँ मानिसहरु ध्यान साधनामा विश्वास गर्छन् । यो विश्वास नै भगवानसम्म पुग्ने पवित्र मार्ग हो । भगवान ज्योति स्वरुपमा हर मानवको घटघटमा बस्नुभएको छ । यस्ता घटघटवासी परम्पिता परमात्मालाई समयमै चिनेर उहाँको सानिध्यता प्राप्त गर्न सक्ने हो भने हाम्रो अनमोल जीवन धन्य र महान बन्न सक्छ ।
गुरु शब्दलाई कसरी विष्लेशण गर्नु हुन्छ ?
गुरु शब्द अनन्त प्रकाशमय शब्द हो, जसले अज्ञानतालाई नष्ट गरेर मनुष्यलाई ज्ञानवान बनाउनु हुन्छ उहाँ नै गुरु हो । वास्तवमा गुरुले नै इश्वरीय शक्तिलाई चिनाइदिनु हुन्छ । अन्धकारबाट प्रकाशतर्पm डो¥याउने गुरु आफू जलेर अरुलाई प्रकाशित गर्नु हुन्छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
नेपाल मानव धर्म सेवा समितिले झापाको सुन्दर नगरी धुलाबारीमा फागुन २३ र २४ गते विराट सत्संग समारोहको आयोजना गदैर्छ । नन्दा गंगाको पवित्र भूमिमा आयोजना हुन गइरहेको महान आध्यात्मिक अनुष्ठानमा सम्पूर्ण सामाजिक, राजनीतिक, विद्वान–विदुषीहरु, शिक्षक पत्रकार सबैमा हार्दिक निमन्त्रणा गर्दछु । मैले माथि उठाउन खोजेको कुराहरुकै बारेमा विराट सत्संगमा विस्तृतमा चर्चा हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
