
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सोलुखुम्बु, १२ फागुन । प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ श्ययाका अस्पताल निर्माण हुने भएका छन् । बिहीबार सम्पन्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीस्तरीय बैठकले देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुसार प्रदेश नं १ मा ३६ वटा अस्पताल निर्माण हुने भएका हुन् । देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा बढी झापा र मोरङमा पाँच÷पाँच तथा सबैभन्दा कम उदयपुर…
सन्तोष शर्माझापा, १२ फागुन । झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएको हो । समारोहमा नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विभिन्न मुलुकका एक सयभन्दा बढी सन्तमहात्मा आउनुका साथै झापामा एक लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याइने नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो । सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिबृद्धिका लागि समितिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम…
कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् । अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’ एजेन्सी
गुवाहाटी, १२ फागुन थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि सुरु भएको थियो । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो ।…
काठमाण्डौ, १२ फागुन । ३२ वर्षीय उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई गुटबीच कुटाकुट भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कुन्दनराज काफ्ले समूहले ३२ वर्षीय उमेर हद लागू हुनुपर्ने माग राख्दै नाराबाजी गरिरहेको अवस्थामा अर्को समूह पनि पुगेको थियो । दुई पक्षबीच ढुंगा हानाहान र मुक्कामुक्की भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । थप झडप हुन नदिन प्रहरीले नेविसंघका कुनै पनि कार्यकर्तालाई कांग्रेस केन्द्रीय कार्यालयमा छिर्न दिएको छैन । ‘झडपपछि सबै कार्यकर्तालाई गेट बाहिर पठाएका छौँ, घाइतेको विवरण आएको छैन, हामी विवाद मिलाउने प्रयासमा छौँ’ पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले भन्नुभयो ।
निर्देशक मिलन चाम्सले आफू निर्मित चलचित्र ‘विर विक्रम २’को प्रदर्शन मिति घोषणा गरेका छन् । यो बर्ष नै रिलिज हुन्छ भनेर चर्चामा रहेको चलचित्र ‘विर विक्रम २’ यो बर्ष नआउने भएको छ । यो चलचित्रलाई आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । नायक पल शाहको जन्मदिनको अवसरमा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा पहिले नै नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘प्रेमदिवस’को प्रदर्शन मिति तय भैसकेको छ । चलचित्र ‘विर विक्रम २’मा नायक पल शाह, नाजिर हुसेन र नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका छ ।
सान नेपाल गौरादह, १२ फागुन । नेपाल मानव धर्म सेवा समितिले झापाको धुलावारीमा –२ दिवसिय विराट सत्संग समारोहको आयोजना गर्दैछ । यही फाल्गुण २३ र २४ गते हुने विराट सत्संग समारोहमा मानव धर्म सेवा समितिका गुरुमहाराज श्री सतपालजी महाराजको दिव्य आगमन हुँदैछ । वहाँ पिताजी श्री हंसजी महाराजले प्रतिपादन गर्नु भएको आध्यात्मिक सिद्धान्तलाई प्रचार प्रसारमा नै जीवन समर्पण गर्दै आउनु भएको छ । हरेक वर्ष नेपाल मानव धर्म सेवा समितिले नेपालमा विराट सत्संग आयोजना गर्दै आएको छ । गत वर्ष पश्चिम नेपालको अत्तरियामा विराट सत्संग सम्पन्न भएको थियो । यस पटकको सत्संग झापाको धुलावारीमा हुने निस्चित भएको छ । जोर…
विराटनगर, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिनुभयो । खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उहाँका चर्चित कृतिहरु रहेका छन् । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९०…
मङ्गलबारे, १२ फागुन । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम ९मन्दिर० सम्म जाने मोटरबाटो निर्माणका लागि रु दुई लाख प्रदान गर्नुभएको छ । स्व बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श्रेष्ठको सम्झनामा अध्यक्ष श्रेष्ठले उक्त खर्चमा मोटरबाट निर्माण गरिदिनुभएको हो । मन्दिरसम्म पुग्नका लागि मोटरबाटो अभाव भइरहेका बेला गाउँपालिका अध्यक्ष श्रेष्ठले रु दुई लाख लगानीमा मोटरबाट निर्माण गरिदिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । मोटरबाटो निर्माणका लागि दुर्गा विष्ट र यामकुमार बुढाथोकीले जग्गा दिनुभएको थियो । पर्यटकीयस्थलको रूपमा चिनिएको यस मन्दिरमा पूजाआजा गर्न…
काठमाडौँ, १२ फागुन । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र…