झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ७ फागुन । आजदेखि भारतको गुहावटीमा शुरु भएको डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार पहिलो खेल भारतको मेघालयसँग प्रतिष्पर्धा गर्ने भएको छ । सोमबार त्यसतर्फ गएको नेपाल यू–२१ टोलीले आज अभ्याससमेत गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपाली टोलीले गुहावटीको नेहरु मैदानमा आज बिहान ९ देखि ११ बजेसम्म अभ्यास गरेको थियो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालसँँगै समूह ‘बी’मा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । दोस्रो खेलमा नेपालले त्रिपुरासँग यही फागुन ९ गते खेल्नेछ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले यही फागुन ११ गते मनिपुरसँग खेल्नेछ…

Read More

ताप्लेजुङ, ७ फाल्गुन । १ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र खोटाङमा मंगलवार भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो सवा ३ बजे मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो । दुर्घटनामा मोटरसाईकल चालक ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने २५ वर्षका अमिर बर्देवा र पछाडी सवार इलाम देउमाईन गरपालिका–१ चमैता घर भई फुङलिङ नगरपालिका–४ मा डेरागरी जिल्ला…

Read More

सुनसरी, ७ फाल्गुन । सुनसरीको धरान उप–महानगरपालिका–१२ गिता मन्दिरबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र ईटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले २ किलो गाँजासहित धनकुटानगरपालिका–१बस्ने ५८ वर्षका डीक बहादुर राई र धरान उप–महानगरपालिका–४बस्ने ४५वर्षका माधव प्रसाद घिमिरेलाई दिउँसो साढे १ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, ७ फागुन । सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ । सापकोटाले भन्नुभयो, “नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।” मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताउनुभयो…

Read More

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न सबैमा आग्रह गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण जनान्दोलन र राष्ट्रिय आवश्यकताबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लान सबैको भूमिका आवश्यक रहेकामा जोड दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसमक्ष राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थासहित सबै दल अटाउने गोलमेच सम्मेलन गर्न र हिन्दू राष्ट्र स्थापनालगायत २२ बुँदे माग पेश गर्नुभएको थियो । राप्रपाले आज सबै प्रदेश र जिल्लामा सो मागपत्र बुझाउने कार्यक्रम…

Read More

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याउँनुभयो । ‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गर्नुभयो ।…

Read More

भद्रपुर, ७ फागुन । आर्थिक अवस्था कमजोर भएका गरिब व्यक्ति मात्र उपचारका लागि आइपुग्ने मेची अञ्चलकै एक मात्र सुविधा सम्पन्न मेची अस्पतालले नेपालका कुनै पनि अस्पतालमै नभएको पार्किङ शुल्क असुल्न थालेपछि नेपाली कांग्रेस झापा क्षेत्र नं ३ ले आपत्ति जनाउँदै रकम असुली बन्द गर्न अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएको छ । संघ मातहतमा रहेको अस्पताल प्रदेश सरकारको जिम्मामा आएपछि जिल्ला समन्वयसमिति प्रमुख व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा आए लगत्तै बसेको सञ्चालन समितिको निर्णयले अस्पताल हाताबाट सवारी शुल्क असुल्ने निर्णय भएको भन्दै ठेक्का स्वीकृतिविनै केही व्यक्तिले पार्किङ शुल्क असुल्न थालेपछि काँग्रेस झापा क्षेत्र नं ३ ले रकम असुली बन्दको माग राखी…

Read More

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमाथि प्रहरी नजर परेको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ । कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ । परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।

Read More

माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुुनुवाइमा नै उहाँले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उहाँले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ । उहाँलाई पक्राउ गर्न आदेश दिने अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शक्ति र पदको दुरुपयोग गरेर यमिनले सम्पत्ति शुद्धिकरणसम्बन्धी अवैध काम परेको प्रमाण र आधारहरु पेस भएका छन् ।” राजधानी नजिकै रहेको धुनिधु कारागारमा…

Read More

काठमाडौँ, ७ फागुन । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ । स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । प्रदेश…

Read More