झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १० फागुन । टासी घलेलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नाममा आदेश जारी छ । गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उहाँलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताउनुभयो । गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । कार्यसमितिले गत वैशाखमा भएको निर्वाचन लगत्तै उहाँलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो ।…

Read More

धनगढी, १० फागुन । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ । भारतीय खेलाडी अङ्कित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेड विरुद्धको क्वालिफायर्स खेल बहिष्कार गरेको हो । काठमाडौंले धनगढीको फाप्ला क्रिकेट मैदानमा आज महेन्द्रनगर युनाईटेडसंँग प्रतिस्पर्धा गर्ने तालिका थियो । बलिङ शंकास्पद रहेको दावी सहित बिहीवार दबासलाई प्रतिबन्ध लगाएको थियो । काठमाडौं गोल्डेन्सल खेलेको दुई फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको प्राविधिक टोलीको दाबी छ । काठमाडौँका टिम व्यवस्थापक संजय श्रेष्ठले भारतका विभिन्न खेल खेलेका खेलाडीलाई बिना कारण कारबाही गरेकोले खेल नखेलेको बताउनुभयो । उहाँले आईसिसीको…

Read More

गलकोट, १० फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताउनुभएको छ । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उहाँले देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताउनुभयो । उहाँले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । देशमा समृद्धि आएमा मात्र शहीदको सपना पूरा हुन्छ भन्दै अध्यक्ष दाहालले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने बताउनुभयो । दाहालले भन्नुभयो, “पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।” उहाँले नेपाली जनताले आर्थिक अभावमा…

Read More

काठमाडौँ, १० फागुन । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदानपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा…

Read More

पशुपतिनगर, १० फागुन । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेमा प्रदेश नं १ बाट इलामका तीन खेलाडी छनोट गरिएका छन् । विराटनगर कभर्ड हलमा यही फागुन ७ गतेदेखि जारी प्रदेश स्तरिय छनोट प्रतियोगितामा इलामकी प्रिति बस्नेतले ५० केजी तौल समुहमा स्वर्ण पदक जित्दै आठौँ राष्ट्रिय खेलकुदका लागि स्थान सुरक्षित गरेकी छन् । त्यसैगरी ८४ केजीमा भेषराज राई र ६७ केजी मुनी तौल समुहमा समिक्षा लेप्चाले रजत पदक जित्दै प्रदेशको टिमबाट नेपालगञ्जमा हुने प्रतियोगितामा आफनो सहभागीता सुनिश्चित गरेको जिल्ला कराँते संघका अध्यक्ष एवम प्रशिक्षक योगेश चाम्लिङ राईले जानकारी दिनुभयो । प्रदेश स्तरिय छनौटमा इलामबाट सहभागी २१ मध्ये आठले पदक प्राप्त गरेका…

Read More

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताउनुभयो । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गर्नुभयो । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताउनुभयो । सैद्धान्तिक छलफललका क्रममा सांसद डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोल्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री बाँस्कोटाले…

Read More

गोलधाप, १० फागुन । झापाको गोलधापमा शुक्रबार एकदिने निःशुल्क होमियोप्याथी स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजना तथा हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालयको सह–आयोजनामा शिविर सम्पन्न भएको हो । हल्दिबारी–१ स्थित जनजागृती माविमा भएको स्वास्थ्य शिविरमा होमियोपेथी पद्धतीबाट छाला, पेट, पायल्स, नशा, प्रेसर, मधुमेह लयागत रोगको उपचार गरिएको थियो । ५ सय २२ जनाले सेवा लिएको शिविरमा स्वास्थ्य निर्देशनालय धनकुटा मातहतका ५ जना डाक्टरले सेवा दिएको हल्दिबारी–१ स्थित सिंहवाहिनी टोल विकास संस्थाकी अध्यक्ष समिरा शिवाकोटीले जानकारी दिइन् । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक भोगेन्द्रराज डोटेलको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३…

Read More

मोरङ, १० फाल्गुन। ईलाका प्रहरी कार्यालय बेलवारी मोरङले एक व्यतिको हत्या गरी फरार भएका प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । मिति २०६५ साल चैत्र ३१ गते मोरङको भाउन्ने चोक नजिककैको खाली चौरमा झापाको साबिक अर्जुनधारा गाबिस–२ हालको शनि–अर्जुन नगरपालिका–४ का २७ बर्षीय दिपक पाण्डे मृत अवस्थामा फेला परेका थिए । घाँटीमा धारिलो हतियारले काटी मृत अबस्थामा रहेका पाँण्डेको हत्यामा संग्लग्नको पहिचान गरी खोजतलास गर्ने क्रममा झापाकै शनि–अर्जुन नगरपालिका–२ का ४३ बर्षीय शरण भट्टराईको संग्लग्नता देखिएपछि निजलाई पक्राउ गरिएको थियो । पक्राउ परेका भट्टराईले आथिैक प्रलोभनका कारण उक्त घटना…

Read More

काठमाडौँ, १० फागुन । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । उहाँका अनुसार यसको प्रभाव आज मात्र कायम रहने छ । भोलिबाट मौसम पूर्ण सफा हुनेछ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भु–भागका केही स्थानमा आंशिक बदली रही बाँकी…

Read More

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले गरेको साङ्गठनिक एकताको कामका लागि धन्यवाद दिँदै एकताको बाँकी काम सचिवालयले गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । गत पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय साङ्गठनिक एकीकरण गर्न कार्यदल गठन गरेकोे थियो । उक्त कार्यदललाई पुस मसान्तभित्र साङ्गठनिक एकीरणको प्रतिवेदन बुझाउने भने तापनि फागुन ६ गते अपूरो प्रतिवेदन बुझाएको थियो । कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि सचिवालय बैठकले आफैँ साङ्गठनिक…

Read More