झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्धन्द्ध व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । सोमबार अपरान्ह बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्ने बनेको समितिको प्रतिवदेन बुझ्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले राष्ट्रिय सुरक्षाको सवैभन्दा बलियो किल्ला जनता नै हो भन्दै राष्ट्र एकिकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु¥याउदै आएको कुरा प्रसंसनीय रहेको बताउनुभयो । उक्त अवसरमा समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ को प्रतिवेदन बुझाउनु भयो ।…

Read More

काठमाडौं, २१ फागुन । मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ । सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, पक्राउ गर्न आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो । स्रोतका अनुसार विप्लव समूहका प्रायः…

Read More

बिर्तामोड, २१ फागुन । आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सुखानी आउने भएका छन् । २०२९ सालमा जेलको बहानामा इलाम र झापाको सीमाना सुखानीको जंगलमा लगी तत्कालिन सरकारले हत्या गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल तथा नारायण श्रेष्णलाई श्रद्धाञ्जली दिन उनीहरु झापा आउन लागेका हुन् । नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले सुखानीमा सहिदको सम्मान र श्रद्धाञ्जलि कार्यक्रम हुने जानकारी दिए । निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्था विरुद्ध उठेको किसान आन्दोलनमा तत्कालिन सरकारले ती पाँच जनालाई सुखानीको जंगलमा लगी हत्या गरेको थियो । आजै दिवंगत मन्त्री रविन्द्र अधिकारी…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, २१ फागुन ।‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको…

Read More

भद्रपुर, २१ फागुन । झापाको काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवको आज अन्तिम दिन पत्रकारिता, राजनीति र लैङगिक सवालमा बहस गरिएको छ । पत्रकारिताका विकृतिका बारेमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले खुला रुपले चिरफार गर्नुभएको छ । गाउँलेसँग सुविना श्रेष्ठ र सङ्गीत स्रोता बहसमा सहभागी रहनुभएको थियो । सहजकर्ता नारायण कँडरियाले झुठा समाचार र खरीद समाचारले नेपाली पत्रकारितामा पारेको प्रभाव बारेमा राखेको प्रश्नको उत्तर दिँदै पत्रकार गाउँलेले ‘फेक न्यूज र पेड न्यूज’को शृङ्खलामा एकजना मात्र दोषी नरहेको बताउनुभयो । उहाँले ‘समाचारमा धेरैको स्वार्थ रहेको हुँदा फेक र पेड न्यूज सञ्चारमाध्यममा बढी हाबी हुने गरेको बताउनुभयो ।…

Read More

सतपाल जी महाराजले मोरङको लेटाङ आश्रम समेत उद्घाटन गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यामको ध्यान धुलावारीमा केन्द्रित विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले प्रत्यक्ष प्रसारण गर्ने ५०० थान शौचालय निर्माण गरियो देश भित्र र वाहिरबाट २ लाख बढी अतिथीलाई सत्कार गरिने विराट सत्संग स्थ्लमा ६० एम वि पि यस को इन्टरनेट जडान सान नेपालधुलाबारी, २० फागुन । नेपाल मानव धर्म सेवा समितिले अन्तराष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह’ आयोजना अन्तिम चरणमा पुगेको छ । मेची नगर ४ स्थित नन्दा नदीको किनारमा रहेको नव निर्मित आश्रम परिसरमा यही फाल्गुण २३ र २४ गते विराट सत्संग समारोहको सम्पुर्ण तयारी पुरा भएको आयोजकले…

Read More

बिर्तामोड, २० फागुन । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को जीतका लागि कप्तान कर्ण लिम्बूले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बूले झापालाई अग्रता दिलाएका हुन् । बाहिरका ७ जनासहित हङकङ मैदानमा उत्रेको थियो । प्रतियोगिता अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेलको ८औं मिनेटमा सञ्जोग राईको क्रस पासमा कर्ण लिम्बूले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । त्यसको एक मिनेटपछि झापाका…

Read More

सुरुङ्गा, २० फागुन । छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी तथा दाहाल साविक चारपाने र राजवंशी ज्यामिरगढीका बासिन्दा हुनुहुन्थ्यो । तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो । मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ परी कारागार लगिएका पाँच योद्धालाई झापाको चन्द्रगढीबाट इलामको कारागार सार्ने बहानामा २०२९ फागुन २१ गते…

Read More

काठमाडौँ, २० फागुन । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात ९पिडिओ० रहेको…

Read More

भक्तपुर, २० फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । सभापति देउवाले भन्नुभयो,“सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन ।” सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताउनुभयो । विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मनु भई विसं २०११ बाट नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा शुरु गर्नुभएका…

Read More