झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उहाँले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताउनुभयो । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उहाँले औँलाउनुभयो । संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको उहाँले औँलाउनुभयो । अल्पसङ्ख्यक वा बहुसङ्ख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै हुने उहाँले औँल्याउनुभयो । “भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन”, उहाँले भन्नुभयो, “भाषा…

Read More

काठमाडौँ, ९ फागुन । भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत आजको खेलमा नेपाल विजयी भएको छ । उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले आजको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे । प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१आँै मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २–० को अग्रता दिलाएका थिए । खेलको ५२आँै मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३–० को स्थितिमा पु¥याएका…

Read More

सुरुङ्गा ९ फागुन । झापा कनकाई नगरपालिकाका २० युवालाई विभिन्न पेशा व्यावसाय गर्नका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत तालिमको आयोजना पछि सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । कनकाई नगरपालिकाले युवा स्वारोजगार कोषमा जम्मा गरेको २८ लाख रुपैँया रमक तालिमपछि जनही १ लाख देखि १ लाख ५० हजारसम्म रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्राप्त ऋण सहयोगबाट युवालाई स्वदेशमै स्वरोजगार बन्न उत्प्रेरित गर्न मद्धत गर्ने बताउनुभयो । सहभागिले आफुले पाएको रकमबाट बाख्रा पालन , कुखुरा पालन , बंगुर पालन र व्यावसायीक अचार उद्योग लगायातका काम गर्ने बताउनुभयो । स्थानीय सरकारले आफ्नै कोष खडा…

Read More

धनगढी, ९ फागुन । महेन्द्रनगर युनाइटेड यहाँ जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर आज भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई एक रनले हराएको हो । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ । शुक्रबार हुने खेलको विजेताले शनिबार हुने फाइनलमा सिवाइसी अत्तरियाको सामना गर्नेछ । आजको पराजयसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर…

Read More

काठमाडौँ, ९ फागुन । राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराउनुभयो । सांसद विजय सुब्बाले गैर आवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न…

Read More

रमेश लम्साल काठमाडौँ, ९ फागुन । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत शुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित बनाउने लक्ष्यका साथ सरकारले उक्त…

Read More

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा पर्नुभएको हो । उहाँलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । सैन्य अदालतले नै उहाँलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्…

Read More

ढाका, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ । ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो ।…

Read More

आईसीसी टी–२० र एकदिवसीय विश्वकपअन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका लागि ओपनर नाइमुइ चेइवइ ३२, बोचाथम १२ रन, चनीदा सुथिरुंगाले ३५ रन बनाइन् । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन् । अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन् । उनी बाहेक बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर दुई–दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन् । जवाफमा नेपाल…

Read More

बलिउड स्टार सलमान खानले भर्खरै मात्र चलचित्र ‘भारत’को छायांकन सकाएका छन् । सलमानले ‘भारत’को लागि निकै मिहिनेत गरेको बताइन्छ । किनकी, लगातार २ वटा इदमा असफल चलचित्र दिएका सलमानलाई यसपटक चल्नैपर्ने दबाब छ । अर्कोतिर, अहिले बलिउडमा स्टार भन्दा पनि कथा बढी बिक्न थालेकाले पनि सलमानलाई राम्रो कथामा काम गर्न पनि आवश्यक छ । यो चलचित्रमा सलमानले नायिका कट्रिना कैफलाई जोडी बनाएका छन् । सलमान ‘भारत’ छायांकन सकिए लगतै ‘दबंग ३’को छायांकनको तयारीमा जुटेका छन् । सोनाक्षी सिंह र सलमानको मुख्य भूमिका रहने यस चलचित्रको पहिलो सेड्युल अप्रिल महिनाको पहिलो साताबाट सुरु हुने बताइएको छ । यो चलचित्रमा सलमानले आफूलाई…

Read More