
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।” सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेकोे थियो । समितिका अन्य सदस्यमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा…
भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ। शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ। अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्। अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसामा साँझ संक्रमित भएको भन्दा १० गुणा बढी भाइरसको मात्रा देखिएको थियो। ‘यो निकै ठूलो अन्तर हो,’ अध्ययन टोली सदस्य अखिलेश रेड्डीले भने । ‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ। नत्र भने ऊ गतिशिल…
काठमाडौँ, १० मङ्सिर । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान दिन थालेको हो । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले उक्त प्रणाली व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताउनुभयो । त्रिविले भौतिक पूर्वाधारविना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो । स्नातकोत्तर तहमा विसं २०७१ बाट केन्द्रीय क्याम्पसमा र विसं २०७२ बाट उपत्यकाका आङ्गिक क्याम्पसमा उक्त प्रणाली शुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागू गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक…
मुम्बइ। मुम्बइमा १० वर्षअघि भएको आतंकवादी आक्रमणमा संलग्न आतंकवादीको बारेमा जानकारी दिनेलाई अमेरिका सरकारले ५० लाख डलर पुरस्कार दिने भएको छ । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले आइतबार यसको घोषणा गरेका हुन् । जो कोहीले पनि यो आक्रमणको षड्यन्त्र बनाउने वा यसमा मद्दत गर्नेहरुको जानकारी दिनेछ उसलाई पुरस्कार दिइनेछ । यो आतंकवादी आक्रमणमा ६ जना अमेरिकी नागरिक पनि मारिएका थिए । आक्रमणको १० वर्ष पुगेको अवसरमा विदेशमन्त्री पोम्पियोले भने ‘अमेरिकी सरकार र सबै नागरिकको तर्फबाट म भारत र मुम्बइ शहरप्रति सहानुभूति जनाउँछु । हामी आतंकवादी आक्रमणमा आफन्त गुमाउने परिवार र उनीहरुका साथीहरुसँग उभिएका छौं ।’ पोम्पियोले अमानवीय हमलामा जिम्मेवार लश्कर…
बलिउड अभिनेत्री प्रियंका चोपडा जसरी पनि आफ्नो बिहेलाई चर्चित बनाउन चाहन्छिन् । हालै मात्रै आफ्नी प्रतिस्पर्धी दीपिका पादूकोणको बिहेको जति चर्चा भयो, त्यसलाई उछिन्ने उनको एक मात्र ध्येय छ । दीपिका र प्रियंकाको बिहेमा केही फरकपन हुनेछन् । दीपिकाले इटली पुगेर लगनगाँठो कसेकी थिइन् भने प्रियंका भारतकै जोधपुरमा बिहे गर्दैछिन् । दीपिकाका दुलाहा बलिउडकै हिरो थिए भने प्रियंकाले अमेरिकी दुलाहा रोजेकी छिन् । आफ्नो बिहेलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउनका लागि प्रियंकाले नयाँ उपाय निकालेकी छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् । मोदीलाई निम्तो कार्ड दिन प्रियंका हुनेवाला दुलाहा निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् । उनीहरुले…
चितवन, १० मङ्सिर । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ चितवन शाखाले आज आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताउनुभयो । चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उहाँले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।” कार्यक्रममा नेपाली…
कालिका खड्का काठमाडौँ, १० मङ्सिर । गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकारनै गुमाउन पुगेका छन् । बलात्कृत बालिकाको संरक्षण गर्दै आएको रक्षा नेपालमा दैनिक बलात्कारसम्बन्धी तीनदेखि पाँच घटना आउँछन् । त्यसमा छ वर्षदेखि आठ वर्षका बालिका छन् । पठाउने शिक्षक वा सँगै कोठामा बस्ने छिमेकी यस्तै यस्तैबाट बालिका बलात्कृत हुने…
दमक, १० मंसिर । झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डट कम डिजिटल न्यूजपोर्टल र साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रमको माध्यमबाट सहकारी अभियानको प्रवद्र्धृन गरेको ठहर गरी यसको प्रकाशन संस्था प्रशंसित र पुरस्कृत भएको छ । कमल गाउँपालिका ३ केरखामा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले साझामञ्चलाई वर्ष उत्कृष्ट सञ्चारगृहको रुपमा नगद ५ हजार रुपैयाँ पुरस्कारसहित प्रशंशापत्रले सम्मान गरेको हो । आज दमकमा आयोजना गरिएको संस्थाको २०औं वार्षिक साधारणसभाको उद्घाटनको अवसरमा उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि पोर्तेलसहित संस्थाका अध्यक्ष दिलिपकुमार सापकोटा, उपाध्यक्ष…
बिर्तामोड, १० मंसिर । सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तरगत पहिलो चरणको कार्यक्रको आय–व्यय सार्वजनिक गरिउको छ । प्रदेश नम्बर १ मा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी गत मंसिर ४ गते झापाको बिर्तामोडबाट सडक दुर्घटना महाअभियानको शुभाराम्भ गरिएको थियो । बहुचर्चित नेपथ्य ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुत गर्दै प्रदेश १ मा सडक दुर्घटना महाअभियानको शुभाराम्भ गरेको कार्यक्रको आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत अभियानका संयोजक महेन्द्र गिरीले आय–व्यय सार्वजनिक गरेका हुन् । संयोजक गिरीले ७७ लाख ४७ हजार रुपैयाँ आम्दामी र ५६ लाख ८४ हजार ४ सय ६२ रुपैयाँ खर्चको विवरण प्रस्तुत गरेका छन् । ५ हजार १ सय ८६ जनालाई १ हजार…
झापा, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ । आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो । आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव…